प्रचण्डसँग मिलेर विधेयक ल्याएको ओलीको खुलासा, देश र जनताको चिन्ता नगरेको नेपालको ठोकुवा

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रसँग मिलेरै आफूहरूले सामाजिक सञ्जाल विधेयक तयार पारेको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विधेयकको मस्यौदा माओवादीसँगै मिलेर तयार पारेको बताएका हुन्। 

अहिले सामाजिक सञ्जाल विधेयकको विरोध गरेर उफ्रिएपनि सहमतिमै उक्त विधेयक ल्याएको ओलीको भनाइ थियो। 

000

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिको जलहरी प्रकरणमा विशेष अदालतले त्रुटीपूर्ण फैसला सुनाएको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

पशुपतिको जलहरी निर्माणको भ्रष्टाचारका आरोपितहरुलाई विशेष अदालतले त्रुटीपूर्ण सफाइ दिएको दाबी गर्दै अख्तियारले शुक्रबार सर्वोच्च पुनरावेदन गरेको हो। 

विशेष अदालतको फैसला उल्ट्याएर कोषका तत्कालीन कोषाध्यक्ष डा। मिलन थापा, सदस्य सचिव प्रदीप ढकाल र विशेष नाइके स्टोरकिपर अरुण कुमार श्रेष्ठलाई दोषी ठहर गर्नुपर्ने माग अख्तियारको माग छ। 

000

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ सालको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेलाई गठबन्धन गरेर चुनाव लड्न चुनौती दिएका छन्।

शुक्रबार पोखरामा आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन गर्दै प्रचण्डले माओवादी एक्लै जनताकोमा जान चाहेको जिकिर गर्दै एमाले–कांग्रेसलाई गठबन्धन गरेर चुनाव लड्न चुनौती दिएका हुन्।

त्यसैगरी प्रचण्डले आफू उत्पीडित वर्ग र जातिको पक्षमा रहेको समेत उल्लख गरेकाे थिए। 

000

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई देश र जनताको समस्याप्रति कुनै चिन्ता नभएको जिकिर गरेका छन्। 

शुक्रबार ललितपुरमा सुरू भएको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले सरकारले साना र विरोधी पार्टीलाई समाप्त पार्ने षड्यन्त्र मात्र गरिरहेकाे जिकिर गरेका हुन्। 

त्यसैगरी उनले माओवादी केन्द्रसँग एकता गर्ने भन्ने कुरा भ्रम रहेकाे पनि स्पष्ट पारेका थिए। 

000

संसद्‌को राज्‍यव्‍यवस्था समितिले निजामती सेवा विधेयकमाथि छलफल गर्न ११ सदस्यीय संसदीय उपसमिति गठन गरेको छ। 

नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुको नेतृत्वमा निजामती सेवा विधेयकमाथि छलफल गर्न ११ सदस्यीय संसदीय उपसमिति गठन गरिएको हो।

उपसमितिको सदस्‍यहरूमा सांसदहरू अशोक कुमार राई, इश्वरीदेवी न्यौपाने, चन्दा कार्की भण्डारी, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्र पाण्डे, लिलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ला र हितराज पाण्डे रहेका छन्।

000

भारतको ओडिसास्थित कालिङ्गा ईन्सिटच्युट आफ ईन्डष्ट्रियल टेक्नोलोजी  विश्वविद्यालयमा अध्यनरत नेपाली विद्यार्थीहरुले आफूहरूमाथि कुटपिट भएको बताएका छन्। 

 सुरक्षालाई मध्यनजर राख्दै अनुहार छोपेर शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेका उनीहरूले आफूहरूमाथि प्रहरी र सुरक्षा गार्डले अमानवीय व्यवहार गरेको बताएका हुन्। 

प्रकृति लम्सालको मृत्युबारे सत्यतथ्य छानविन हुनुपर्ने र पीडित विद्यार्थीहरूले न्याय पाउनुपर्ने उनीहरूकाे माग थियाे। 

000

राष्ट्रिय प्रजातन्त्र पार्टीले कास्कीको पोखरामा शुक्रबार विरोध सभा गरेको छ।

बेथिती भण्डाफोर गर्न र पार्टीका एजेन्डाका पक्षमा जनमत सिर्जना गर्न पोखराको चिप्लेढुंगामा बृहत जागरण सभा गरिएको हाे। 

सभामा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शम्शेर राणालगायतका नेताहरू सहभागी थिए। 

त्यसैगरी राप्रपाले लुम्बिनी प्रदेशमा फागुन १७, सुदूरपश्चिम प्रदेशमा फागुन १८, मधेसमा फागुन २१, बागमतीमा फागुन २५, कर्णालीमा फागुन २७ गते यस्तै सभा गर्ने भएको छ।

000

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचनको तालिका सार्वजनिक गरेको छ।

त्रिविले आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको तालिका सार्वजनिक गरेको हो।

निर्वाचन तालिका अनुसार संघ संगठन, समूह दर्ता गर्ने अन्तिम समय फागुन १९ गते दिइएको छ। 

२१ गते मतदाता सूची प्रकाशन गरिनेछ ।त्यस्तै २७ गते उम्मेदवारी दर्ता गर्न सकिने जनाइएकाे छ।

000

थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले म्यानमारको मेवाडीबाट पाँच नेपालीको उद्धार गरिएको जानकारी दिएको छ। 

दूतावासले जर्बजस्ती अनलाइन स्क्यामिङ कार्यमा लगाइएका पाँच नेपालीको उद्धार गरी शुक्रबार नेपाल फर्काएको जनाएको हो।  

उद्धार गरी नेपाल फर्काइएका पाँच जनामा चार पुरुष र एक महिला छन्। 

बैंककस्थित नेपाली दूतावासले नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अनुरोध गरेको छ।

000 

फिफा विश्वकप विजेता इटालीका गोलकिपर जियानलुजी बुफोन नेपाल आउने भएका छन्।

इटलीका पूर्वकप्तान तथा विश्वकै उत्कृष्ट गोलकिपरमध्ये एक मानिने उनी केपी ओली कप फुटबल प्रतियोगिता हेर्न नेपाल आउन लागेका हुन्। 

केपी ओली कपको तेस्रो संस्करण यही फागुन ११ देखि १९ गतेसम्म हुनेछ। 

फाइनलका दौरान बुफोन दशरथ रङ्गशालामा उपस्थित रहने आयोजक राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले जानकारी दिए। 

प्रकाशित मिति: : 2025-02-21 20:25:00

प्रतिकृया दिनुहोस्