रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
बिएल संवाददाता
अष्ट्रेलिया र न्युजिल्याण्डको संयुक्त आयोजनामा हुन लागेको फिफा महिला फुटबलको दोस्रो खेलमा सहआयोजक अस्ट्रेलिया र आयरल्याण्ड आम्नेसाम्ने हुदैछन् ।
समूह बी अन्तर्गतको यो पहिलो खेलमा अस्ट्रेलिया स्टार खेलाडी साम केर बिना नै मैदानमा उत्रने छ । चोटका कारण केर खेल्न असमर्थ भएकी हुन् । अस्ट्रेलियाका लागि निश्चित पनि यो सुखद् खबर हैन । यद्यपि, फिफा बरियतामा २२औं स्थानमा रहेको आयरल्याण्डभन्दा १०औं स्थानमा रहेको अस्ट्रेलिया सम्भावित जितको नजिक देखिन्छ ।
यसअघि न्युजिल्याण्डको अकल्याण्डमा सहआयोजक न्युजिल्याण्ड र नर्वेबीच भएको खेलमा फिफा बरियतामा २६औं स्थानमा रहेको न्युजिल्या्णले १२औं स्थानमा रहेको नर्वेलाई १-० ले पराजित गरेको थियो ।
सहआयोजक न्युजिल्याण्डले जितेकोमा अस्ट्रेलियालाई राहत मिले पनि फिफा बरियतामा माथिल्लो स्थानमा रहेको नर्वेको हारले अस्ट्रेलियालाई आशंका जन्माइदिएको छ ।
महिला विश्वकपको यो नवौं संस्करण हो । ३२ राष्ट्रको सहभागिता रहेको यस संस्करणमा अष्ट्रेलियामा ३५ र न्युजिल्याण्डमा २९ गरी ६४ खेल हुनेछन् । फिफा महिला विश्वकपको पहिलो संस्करण सन् १९९१ मा चीनले आयोजना गरेको थियो ।
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया