राजु पाण्डे निलम्बन, अख्तियारले दुःख दिएकाे मन्त्रीकाे गुनासाे (भिडियाे समाचार)

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको आह्वानमा सार्वजनिक यातायातमा भएको हडतालविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। 

मङ्गलबार अधिवक्ता विवेक पोखरेलले गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र महासङ्घसमेतलाई विपक्षी बनाउँदै रिट दर्ता गरेका हुन्। 

रिटमाथि बुधबार पेसी तोकिएको छ। 

भिडियो-

000

गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीको प्रधान कार्यालय, नक्साल पुगेर विपद् व्यवस्थापनको पूर्वतयारीबारे ब्रिफिङ लिएका छन्।

अन्य वर्षभन्दा एक साताअघि मनसुन भित्रिएका बेला उत्पन्न हुनसक्ने परिस्थितिलाई ध्यानमा राखेर गृहमन्त्री लेखक प्रहरी हेडक्वार्टर पुगेका हुन्।

यसअघि हिजोमात्रै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बलको हेडक्वार्टर पुगेर ब्रिफिङ लिएका थिए।

000

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन्।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन्।

यसअघि आफूलाई कार्यालय प्रवेश गर्न अवरोध पुर्‍याएको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधेका थिए। उक्त स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पाण्डेलाई निलम्बन गरिएको हाे। 

000

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आकस्मिक समयमा काम गर्नसक्ने कानुन भएपनि अख्तियारले पत्र काटेर दुःख दिँदा समस्या भएको बताएका छन्।

मंगलबार बसेको पूर्वधार विकास समितिको बैठकमा उनले खराब नियत भएका मान्छेका कारण काम गर्दा प्रश्न उठ्ने गरेको बताएका हुन्।

000

कराँते–१ प्रिमियर लिगमा नेपाललाई ऐतिहासिक काँस्य पदक दिलाएकी एरिका गुरुङ मंगलबार स्वदेश फर्किएकी छिन्। 

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजासहित भव्य स्वागत गरिएको थियो। 

आइतबार राति मोरक्कोको रवातमा सम्पन्न महिला असठ्ठी केजी माथिको तौल समूह अन्तर्गत काँस्य पदकका लागि भएको खेलमा एरिकाले फ्रान्सकी पिए क्लेमेन्सलाई ६ सय ९२ ले पराजित गरेकी थिइन्।  

000

‘नक्कली प्रचण्ड’ का रूपमा चिनिएका कलाकार घनश्याम गौतमको निधन भएको छ।

लामो समयदेखि भक्तपुरको क्यान्सर अस्पतालमा उपचार गराइरहेका गौतमको सोमबार राति निधन भएको हो। 

‘मेरी बास्सै’ टेलिश्रृंखलामा उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को व्यंग्यात्मक भूमिका निर्वाह गरी चर्चामा आएका थिए।

000

आइसीसी विश्वकप लिग २ क्रिकेट अन्तर्गतको सिरिजको पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई पराजित गरेको छ।

स्कटल्याण्डले २ सय ९७ रनको लक्ष्य दिएकोमा नेपालले ४९ ओभर ५ बलमा ९ विकेट गुमाएर पूरा गरी रोमाञ्चक जित हासिल गरेको हो। 

स्कटल्याण्ड, नेपाल र नेदरल्याण्ड्सबीचको सिरिज अन्तर्गत नेपालले दोस्रो खेल बुधबार नेदरल्याण्ड्ससँग खेल्नेछ।

प्रकाशित मिति: : 2025-06-03 20:21:00

प्रतिकृया दिनुहोस्