ओलीले माधव नेपाललाई फसाएको प्रचण्डको आरोप, बाजुरामा भीषण आगलागी (भिडियो–समाचार)

प्रतिनिधि सभाको बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।

भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षबिच कुरा नमिलेपछि शुक्रबार बस्ने भनिएकाे बैठक आइतबारका लागि सूचना टाँसेर स्थगित गरिएको हो।

यसअघि पनि भिजिट भिसा प्रकरणमा प्रतिनिधिसभा बैठक स्थगित हुँदै आएकाे छ।  

000

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई प्रतिशोध राखेर मुद्दा दर्ता गरेको दाबी गरेका छन्।

शुक्रबार बसेको संघीय संसद् भवनमा बसेको प्रतिपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपालविरूद्ध मुद्दा दर्ता हुनुमा प्रधानमन्त्री ओलीको प्रतिशोधको गन्ध आएको आरोप लगाएका हुन्। 

000

सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई चलाइएको भष्ट्रचारको मुद्दामा सरकारले प्रतिशोध साँध्यो भन्नुको कुनै अर्थ नभएको बताएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वायत्त निकाय भएको भन्दै उनले मुद्दा चलाउने विषयमा सरकारसँग कुनै साइनो नभएको बताएका हुन।

सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई हस्तक्षेप गर्ने काम नगरेको बताउँदै  भ्रष्टाचारको फाइल खोल्ने–नखोल्ने आयोगको काम रहेकाे उनकाे ठहर थियाे।

000

सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टको निवेदन हेर्न नमिल्नेमा परेको छ।

उच्च अदालतका न्यायाधीशहरू डालकुमार खड्का र सूर्यप्रसाद पराजुलीको इजलासले हेर्न नमिल्नेमा राखेको हो।

महिमानसिंहले आफूलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्न दिएको आदेश र रेशम चौधरीले उनीविरूद्ध दिएको निवेदन पनि खारेज गर्न माग गरेका थिए। 

000

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्वतन्त्र र निष्पक्ष रूपमा अनुसन्धान गर्न दिनुपर्ने बताएका छन्। 

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले हाल गृहमन्त्री रमेश लेखकसम्बन्धी उठिरहेको विषयमा प्रत्यक्ष राजनीतिक हस्तक्षेप गर्न नहुने बताएका हुन्।

यस प्रकरणले कानुनी सुधारको खाँचो औंल्याएको भन्दै भविष्यमा अख्तियार र अन्य अनुसन्धान निकायको संरचना, भूमिका र प्रक्रियामा व्यापक सुधार आवश्यक रहेको उनकाे भनाइ थियाे। 

000

बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा रहेको बाम्का बजारमा भीषण आगलागी भएको छ।

एउटा खाजा पसलमा ग्यास सिलिन्डर बिष्फोट भएर फैलिएको आगोले अहिलेसम्म ३ दर्जनभन्दा धेरै पसलहरू खरानी भएका छन्। 

टिन र बारले बेरिएका पसलहरूलाई आगोले एकछिनमा खरानी बनाएको स्थानीयले बताएका छन्। 

प्रहरीका अनुसार अहिलेसम्म कुनै मानवीय क्षति नभए पनि पसलका सरसामानहरू जलेर नस्ट भएका छन्।

000

प्रकाशित मिति: : 2025-06-06 20:00:00

प्रतिकृया दिनुहोस्