यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
उमेश थापा
नेपालमा पछिल्लो समय डेंगुको प्रकोप बढ्दै गइरहेको छ। जसकारण डेंगुका बिरामीहरुको सङख्या पनि दिन प्रतिदिन बढिरहेको छ। डेंगुको आतंकले अस्पताल भरिभाउ मात्र होइन बिरामीहरुको मृत्यु पनि भइरहेको छ। डेंग ग्रसित बिरामीहरुले ज्यान गुमाइरहँदा स्वास्थ्य मन्त्रालय के गरिरहेको छ त? यही सन्दर्भमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संजय कुमार ठाकुरसँग बिएल नेपाली सेवाका लागि उमेश थापाले सोधेका तीन प्रश्न।
नेपालमा अहिले डेंगुको प्रकोप बढिरहेको छ? स्वास्थ्य मन्त्रालयले यसलाई रोक्न कस्तो योजना अगाडि सारेको छ?
डेंगुले अझैसम्म महामारीको रुप लिएको छैन। यो रोगले तुरुन्तै मानिसको ज्यान लिने पनि होइन। वर्षमा एकपटक फैलिने यो रोगलाई रोकथाम गर्न मन्त्रालयले हरेक वर्ष डेंगु रोकथामको लागी जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ। यो वर्ष यसको सङख्या स्वाट्टै बढेको हुनाले केही हदसम्म रोक्न ग्राहो भएको हो। यस रोगको न खोप छ न त कुनै औषधि नै। यो रोग नलाग्नको लागी मानिसहरुले सर्तकता अपनाउन जरुरी छ। काठमाडौंमा मात्र धेरै बढ्नुको कारण सहजीकरण, ग्यारेज, भाडामा पानी थापेर राख्नु, पानी झम्नु र अन्य धेरै कारणहरु हुन्।
अस्पतालहरुले डेंगु परिक्षण शुल्क मनलाग्दी उठाइरहेका छन्, त्यस्ता अस्पतालहरुलाई कारबाही कहिले गर्नुहुन्छ?
यो कुरा हाम्रो स्वास्थ्य मन्त्रालयममा आइसकेको छ। हामीले सोमबारदेखि यस विषयबारे बैठक सुरु गरिसकेका छौं। योबारे हामीले समिति गठन, राष्ट्रिय केन्द्रिय प्रयोगशाला र अन्य निकायसँग छलफल गरिरहेका छौं। मलाई लाग्छ मूल्य सिफारिस आज भोलि नै आउँछ। विशेष गरेर डेंगु परिक्षण गर्ने कीट फरक–फरक हुन्छ। त्यसलाई मध्यनजर राखेर स्वास्थ्य मन्त्रालयले जनताहरुलाई भार नहुने गरी मूल्य निर्धारण गर्नेछ।
डेंगु बिरामीलाई डाक्टरले सिटामोल सेवन गर्न लगाउँछन् तर बजारमा त सिटामोलकै अभाव छ नी?
सुरुदेखि नै हामीले बजारमा चाहिने जति सिटामोल उपलब्ध गराएका छौं। हामीले सिटामोलकाे अभाव हुन नदिन छलफल पनि चलायौँ। तर डेंगु स्वाट्टै बढेको हुनाले सिटामोलको माग बढेको हो। सिटामोलको माग धेरै नभएको प्रदेशमा सिटामोल धेरै छ र माग धेरै भएको प्रदेशमा सिटामोलको अभाव छ। त्यसैले हामी माग कम भएको प्रदेशबाट सिटामोल ल्याउने तयारीमा छौँ। मानिसले चाहिने जति मात्र सिटामोल किनेर राख्नुपर्छ। धेरै किनेर राख्नाले यो खेर जान्छ, प्रयोगविहिन हुन्छ। धेरै सिटामोल किनेर खाएर डेंगु निको हुने होइन। त्यसैले सबै जनाले आवश्यक परेअनुसार सिटामोल किन्ने गर्यौँ। यसले सिटामोलको अभाव हुन दिँदैन।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया