काठमाडाैं महानगरले उद्धार गर्‍याे ७३ जना बालबालिका

काठमाडौँ महानगरपालिकाले ७३ जना बालबालिकालाई जोखिमपूर्ण अवस्थाबाट उद्धार गरेको छ। 

महानगरले ४१ जना बालक र ३२ जना बालिकासहित ७३ जना बालबालिकालाई जोखिमपूर्ण अवस्थाबाट उद्धार गरेको हाे। जसमध्ये ३८ जना बाल संरक्षण गृहमा छन्। 

त्यसैगरी ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको महानगरले जनाएको छ।

उद्धारपछि ७ को मुद्दालाई न्यायिक प्रक्रिया अगाडि बढाइएको छ। जसमा ४ जनाको जबरजस्ती करणी, २ जना बालिकाको बाल यौन दुर्व्यवहार र १ जना बालिकाको कुटपिट तथा दास बनाएको विषय छ।

पछिल्ला २ घटनामा भने महानगरपालिकाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई नै जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको हो। 

प्रकाशित मिति: : 2025-02-25 11:20:00

प्रतिकृया दिनुहोस्