रिंकु मृत्यु प्रकरण: तीन जनामाथि अनुसन्धान गर्न ५ दिन म्याद थप

सिराहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको शंकास्पद मृत्यु प्रकरणमा पक्राउ परेकामध्ये तीन जनाविरुद्ध म्याद थप भएको छ।

पक्राउ परेका चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेशकुमार दासमाथि अनुसन्धान गर्नका लागि जिल्ला अदालत सिराहाबाट सोमबार म्याद थप गरिएको हो।

सिरहा प्रहरीले आइतबार मात्रै घटना दबाउन पञ्चायती बसेको आरोपमा आठ जनालाई नियन्त्रणमा लिएको थियो। तीमध्ये ४ जनालाई प्रहरीले थुनामा राखिएको थियो। 

तर एक जनाकाे घटनामा संलग्न नदेखिएपछि तीन जनाविरूद्ध म्याद थप गरेर अनुसन्धान अघि बढाइएकाे हाे। 

 यस घटनामा मधेस प्रदेश प्रहरी कार्यालयबाट एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा पनि छानबिन भइरहेको छ।
 

प्रकाशित मिति: : 2025-02-25 11:38:00

प्रतिकृया दिनुहोस्