काभ्रेमा बस पल्टियो, १७ जना घाइते

काभ्रेमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। 

घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

बागमती प्रदेश–३–०१–००५ ख ९९४२ नम्बरको बस मंगलबार धुलिखेल नगरपालिका–१० सारादा बतासेस्थित बिपी राजमार्गमा अनियन्त्रित भई सडकको नालीमा पल्टिएर दुर्घटना भएको हो।

काठमाण्डौँबाट रामेछापतर्फ जाँदै गरेको बस आफैं अनियन्त्रित भएर सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

उनीहरुलाई घटनास्थलबाट उद्धार गरेर धुलिखेल अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। घाइतेहरुको नाम, थर, वतन र अवस्था खुल्न बाँकी छ।

प्रकाशित मिति: : 2025-02-25 10:30:00

प्रतिकृया दिनुहोस्