‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
एकदिवसीय अन्तर्राष्ट्रिय विश्वकप क्रिकेटकाे विजेता बन्न अस्ट्रेलियाले भारतद्वारा २४१ रनकाे लक्ष्य पाएकाे छ। आइतबार अहमदाबदस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको भारत अन्तिम ओभरमा २४० रन बनाएर अलआउट भयाे।
भारतका लागि के एल राहुलले सर्वाधिक ६६ रन बनाए।
भारतले पहिलो विकेटको रुपमा ओपनर शुभमन गिललाई गुमाएका थियाे। उनी ४ रन बनाएर पेभिलियन फर्किए। गिल पाँचौं ओभरमा अस्ट्रेलियाका मिचेल स्टार्कको बलमा एडम जाम्पाबाट क्याच आउट हुन पुगे।
भारतका कप्तान रोहित शर्मा दशौँ ओभरको चौथौं बलमा ४७ रन बनाएर आउट भए। रोहितले ३१ बलमा चार चौका र तीन छक्का प्रहार गरेका थिए। उनी ग्लेन म्याक्सवेलको बलबाट त्रविस हेडबाट क्याच आउट हुन पुगे।
भारतले तेस्रो विकेटको रुपमा श्रेयष अय्यरलाई गुमायो। उनी जम्मा ४ रन बनाएर पेभिलियन फर्किन पर्याे। उनलाई अस्ट्रेलियाार्का प्याट कमिन्सले आउट गरेका हुन्।
त्यस्तै भारतका लागि अर्धशतक पारी खेलका विराट कोहली ६३ बलमा ५४ रन बनाएर आउट भए। उनलाई अस्ट्रेलियाका प्याट कमिन्सले आउट बनाए।
त्यस्तै रवीन्द्र जडेजा ९, मोहम्मद शामी ६, जसप्रित बुमहराह १, सूर्यकुमार यादव १८ रन बनाएर आउट भए।
अस्ट्रेलियाका लागि मिचेल स्टार्कले तीन विकेट लिए। प्याट कमिन्स रजोस हजलेउड, दुई विकेट तथा ग्लेन म्याक्सवेल, एडम जाम्पा एक विकेट लिए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया