नेपालको ऐतिहासिक क्रिकेट यात्रामा सन्दीप लामिछाने पनि सँगै होलान् ? 

फाइल तस्विर
फाइल तस्विर

नेपाली क्रिकेट इतिहासमा पहिलोपटक नेपाली राष्ट्रिय क्रिकेट टोली भारत र पाकिस्तानजस्ता बलियो टोलीविरुद्ध मैदानमा उत्रिँदैछ।

एसिया कपअन्तर्गतको खेलमा भारत र पाकिस्तानको समूहमा रहेर नेपाल खेल्दैछ। गत वैशाखमा घरेलु मैदानमा भएको एसियन क्रिकेट काउन्सिल (एसीसी) कपको उपाधि नेपालले जितेपछि नेपालले एसीसी प्रिमियर कप खेल्ने मौका पाएको हो।

पाकिस्तान र श्रीलङ्कामा हुने सो प्रतियोगिता आगामी अगस्ट ३० मा नेपालले आफ्नाे पहिलो खेल पाकिस्तानसँग खेल्नेछ।

एसीसी कप नजिकएसँगै खेलाडी मात्र नभई क्रिकेटप्रेमीहरूमा समेत उत्तिकै उत्साह छ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले पनि भारत र पाकिस्तानसँग खेल्न निकै उत्साहित भइरहेको बताएका थिए।

नेपाल क्रिकेट संघ (क्यान)ले रोहितको कप्तानीमा १७ जना सदस्यीय टोलीको घोषण गरेको छ। तर, ती १७ क्रिकेटरमध्ये नेपाली क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेको खेल भने दोधारमा परेको छ।

गत वर्ष १७ वर्षीय नाबालिकालाई बलात्कार गरेको आरोपमा उनिमाथि मुद्दा चलिरहेको छ। एक वर्ष बित्न लागिसक्दा पनि मुद्दाको टुङ्गो लागेको छैन।

यही सिलसिलमा उनको मुद्दाका अन्तिम पेशी बिहीबार ताेकिएकाे छ।

यता, क्यानले भने अदालतको फैसलाबिना नै उनको नाम टोलीमा समावेश गरिसकेको छ। पटक-पटक मुद्दा स्थगित भइरहँदा उनले बाहिर जनाको लागि अदालतबाट अनुमति लिइरहेका छन्।

ऐतिहासिक यात्रामा धर्माएको सन्दीपका पाइला

९९ दिन जेल बसेर आएका उनलाई गत वर्षको पुस २८ गते २० लाख धरौटीमा पाटन उच्च अदालतले रिहा गरेको थियो। सोही रिहाकै समयमा उनलाई अदालतले केही शर्तहरु लागू गरेको थियो।

जसअन्तर्गत उनी काठमाडौँबाट कतै बाहिर जना पर्दा अदालतको आदेश लिएर मात्र जानु पर्ने र्शत थियो। सोही सिलसिलमा एसीसी प्रिमियर कप खेल्न जानको लागि पनि सन्दीपले अदालतको आदेश लिनपर्छ। काठमाडौँको सिनामंगलस्थित एक होटलमा लगेर नाबलिबालाई बलात्कार गरेको भन्दै उनलाई त्रिभुवन विमानस्थलबाट नै पक्राउ गरेको थियो।

डेढ महिना प्रहरीको हिरासतमा बसेपछि उनलाई गत कात्तिकमा पुर्पक्षकाे लागि सुन्धारास्थित केन्द्रीय कारगारमा लगिएको थियो। बयानको क्रममा सन्दीपले ती युवतीलाई बलात्कार नगरेको र आफूमाथि लागिएको बलात्कार आरोप झुटो रहेको बताएका थिए भने ती नाबालिकाले आफूमाथि दुई पटक बलात्कार भएको भन्दै उजुरी दर्ता गराएकी थिइन्।

बारम्बार मुद्दाको फैसला स्थगित भइरहँदा खेलको लागि उनको पाइलहरु धर्माराइरहेका छन्। तर, साउन ३२ अर्थात् भोलि हुने सुनुवाइलाई काठमाडौँ जिल्ला अदालतले अन्तिम फैसला भनि रहेको छ। उनको यही इजलासले उनी जेल चलान हुने कि निर्दोष सावित हुने अदालतले फैसला सुनाउनेछ।

गत वर्ष बलात्कारको मुद्दा लाग्दा सन्दीप राष्ट्रिय क्रिकेट टोलीका कप्तान थिए।

तर, बलात्कारको मुद्दापछि उनलाई कप्तानबाट निलम्बन गरियो। उनी सोही आरोपमा जेल बसे यता अदालतले उनलाई केही र्शतमा रिहा गरेपछि क्यानले उनलाई पुन: टोलीमा समावेश गर्‍यो।

यो सँगै उनी ५ महिनापछि राष्ट्रिय टोलीमा फर्किए। गत फागुनमा घरेलु मैदानमा भएको एकदिवसीय क्रिकेट प्रतियोगिताबट उनी कमब्याक भए। उनी सो खेलमा कमब्याक मात्र भएनन्, ९९ दिन जेल बसेपछि उत्कृष्ट कमब्याक गरे। सोही प्रतियोगितमा उनले ४ खेल खेलिरहँदा १३ विकेट लिएका थिए।

उनको उत्कृष्ट प्रदर्शनी भइरहँदा उनी बीच-बीचमा अदालत पनि धाइरहेका थिए।

विश्वकप लिग टुका केही खेल नेपालमा भएपनि ४ खेल युएईमा भएको थियो। सो खेलको लागि पनि अन्य टोलीहरु उनीभन्दा केहीअघि युएई गएका थिए भने सन्दीप अदालतको अनुमतिपछि मात्र युएईका लागि प्रस्थान गरे। उनले त्यहाँ एक खेल खेल्न छुटाए। यो खेलमा उनले नेपालका लागि ब्याटिङ समेत धानिदिएका थिए।

सोही क्रम जारी रहँदै उनले उतकृष्ट प्रदर्शनी दिन थाले। यता, गत वैशाखमा घरेलु मैदानमा भएको खेलमा त उनले विश्व रेकर्ड नै बनाए। सन्दीप एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट (ओडिआइ)मा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडी समेत बनेका थिए।

यीबाहेक उनी केही दिनअघि मात्र क्यानडमा टि- २० खेलेर स्वदेश फर्किएका छन्।

क्यानडको ग्लोबल टि– २० मा पनि उनले आफ्नाे उत्कृष्ट प्रदर्शनी दिए। उनी अधिकांस खेलमा म्यान अफ दि म्याच घोषित भएका थिए।

भारत र पाकिस्तानजस्तो बलियो टोलीसँग खेल्न हरेक खेलाडीको रहर हुन्छ तर नेपालको सन्दर्भमा यी टोलीसँग खेल्दा एउटा ऐतिहासिक यात्रा पनि हुनेछ। एसियन कप नेपाली क्रिकेटको लागि निकै नै ठुलो प्रतियोगिता हो। यही कपको लागि नेपाली टोली रातदिन मेहनत गरिरहेको छ।

एसियन कप खेल्नुअघि टोली श्रीलङ्का गएर अभ्यास गर्ने क्यानले बताएको छ। तर, अभ्यासको लागि सन्दीप उपस्थिति हुन्छ वा हुन्न त्यो पनि अनिश्चित छ।

नेपाली क्रिकेटको प्रमुख बलर हुन्, सन्दीप लामिछाने। उनीसँगै धेरै राम्रो ब्याटरहरुसँग खेलेको अनुभव छ। उनी भारतमा त आइपिएल खेलेर नै चचर्ति छन्।

र, बिहीबार उनको मुद्दामात्रै होइन, सन्दीपको क्रिकेट जीवनको भविष्य पनि तय गर्नेछ।

प्रकाशित मिति: : 2023-08-16 21:20:00

प्रतिकृया दिनुहोस्