नेसपाको केन्द्रीय समिति बैठक सुरु

File Photo
File Photo

नेपाल समाजवादी पार्टी, (नेसपा) को केन्द्रीय समिति बैठक भक्तपुरमा सुरु भएको छ।

बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम तय गर्ने  नेसपाका अध्यक्ष  डा बाबुराम भट्टराईले जानकारी दिए।

बैठकमा अध्यक्ष डा भट्टराईले राजनीतिक प्रतिवेदन पेस गर्ने जनाइएको छ। ‘अबको राष्ट्रको सङ्कल्प नयाँ समाजवादी विकल्प’ शीर्षकको २३ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा केन्द्रीय सदस्यले सुझाव दिनेछन्। यसका साथै साङ्गठनिक प्रस्ताव पनि बैठकमा पेस हुने जनाएको छ।  बैठक भोलिसम्म चल्ने सो पार्टीले जनाएको छ।

प्रकाशित मिति: : 2023-06-08 13:07:00

प्रतिकृया दिनुहोस्