कविता

यी कस्ता अफिस

निडर चाणक्य

रुकुम (पश्चिम)
Break n Links
Break n Links

अफिसमा छु
म एउटा अफिसमा छु
सानो काम थियो
कुरो फरक छ
हात्ती हात्ती भन्छन 
हाकिम सापले
कर्मचारीले नास्ता भन्छन्
पिउनले चिया भन्छ
मेरा कुरा सुन्दैन्न
म भन्छु के हो
हात्ती त निकुञ्जमा छन्
चिडियाखाना छन्
फेरि हाकिम साप भन्छन् 
तपाईंले बुझ्नु भएन
म पनि कस्तो उल्लु 
उसले भनेको त
हात्ती हात्ती भनेको गाडी रहेछ
कर्मचारीले नास्ता भनेको
वियर भाेट्का रहेछ
होटलको महंगा बेड रहेछ
साथमा सुन्दरी रहेछ
बिल भुक्तानी गर्ने 
पैसाको व्यवस्था व्यवस्था मिलाउने
म पाे रहेछु थुक्क
पिउनले कोट्याउँछ र भन्छ
म जान्छु अब
म भन्छु कहाँ जाने
ऊ भन्छ घर जान्छु
म हुन्छ भन्छु
ऊ एकछिन अक्मकिन्छ
फेरि भन्छ सुन्नोस् 
घर जाने भाडा चाइयो
कस्तो देश हो मेरो
कस्ता अफिस हुन
हाकिमलाई हात्ती चाइने
कर्मचारीलाई तरुनी 
पिउनलाई गाडी भाडा
होटललाई बिल भुक्तानी 
म थकित भएँ सक्दिनँ
तिमीलाई सबथोक पुर्‍याउन
खल्ती खाली भयो अब
बिन्ती छ, हजुर सक्दिनँ

प्रकाशित मिति: : 2024-08-17 18:26:00

प्रतिकृया दिनुहोस्