परराष्ट्रमन्त्रीको विवादास्पद अभिव्यक्ति, भन्छन्– ‘अखण्ड भारत’को नक्साबारे जानकारी छैन

परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदले भारतको नवनिर्मित संसद भवनमा राखिएको ‘अखण्ड भारत’को नक्साबारे नेपाललाई जानकारी नभएको बताएका छन्।

नेपालको लुम्बिनी, कपिलवस्तुसहितको जमिन समेटेर भारतले ‘अखण्ड भारत’को नक्सा संसद भवनमै राखेपछि यसको नेपालमा अधिकारकर्मीहरूले बिराेध गरिरहेका छन्।

तर, परराष्ट्रमन्त्री साउदले नै एक भारतीय टेनिभिजन च्यानलसँगको अन्तर्वार्तामा भारतको ‘अखण्ड नक्सा’बारे जानकारी नभएको विवादास्पद अभिव्यक्ति दिएका छन्, जसले गर्दा उनको अहिले चौतर्फी बिराेध भइरहेको छ।

शुक्रबार भारतीय टेलिभिजन च्यानलसँगको अन्तर्वार्तामा उनले भनेका छन्, ‘अखण्ड भारतको नक्सा बारेमा मलाई कुनै जानकारी छैन। जानकारी नभएको कुरामा प्रधानमन्त्रीले बोल्ने कुरा आएन।’ टेलिभिजन प्रस्तोताले अखण्ड भारतको विषयमा बिरोध भएको भन्दै नेपाली प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदी बीचमा कुनै वार्ता भएको छ कि छैन भन्ने कुरामा साउदले भने, ‘यो एक मुरल हो। यसमा नेपालले कुराकानी गर्न आवश्यक छैन।’

यद्यपि, उनले अखण्ड भारतको तस्बिर फेसबुकमा देखेको भने स्वीकार गरेका छन्। साथै अखण्ड भारत २५ सय वर्ष अगाडिको चित्र भएको भन्दै त्यसमा नेपालको सिमाको कुरा आवश्यक नभएको राउदको अभिव्यक्ति छ।

भिडियाे :

प्रकाशित मिति: : 2023-06-05 10:37:00

प्रतिकृया दिनुहोस्