नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश

सर्वोच्च अदालतले नागरिकतासम्बन्धी ऐन प्रमाणीकरणलाई तत्कालका लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ। न्यायाधीश डा.मनोजकुमार शर्माको एकल इजलासले आज उक्त ऐन तत्काल लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको हो।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले तत्काल राष्ट्रपतिले गरेको प्रमाणीकरणलाई कार्यान्वयन नगर्न आदेश गरेको छ। अदालतले दुवै पक्षसँग छलफल गरी बोलाएर आदेश गर्नेछ।

दुबै सदनबाट पारित भई राष्ट्रपति कार्यालय पुगेकाे नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नियमविपरीत ‘हाेल्ड’ गरेकी थिइन्, जसलाई राष्ट्रपति पाैडेलले गत बुधबार प्रमाणीकरण गरेका थिए।

प्रकाशित मिति: : 2023-06-04 20:35:00

प्रतिकृया दिनुहोस्