प्रधानमन्त्री ‘प्रचण्ड’लाई प्रश्न सोध्दै सांसदहरू

प्रतिनिधिसभा बैठकमा बिरलै भेटिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार सदस्यहरूको सामना गर्दैछन्।

संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेशनको छैटौँ बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरूले सोधेको प्रश्नकाे जवाफ दिने कार्यक्रम रहेको छ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीले सांसदहरूसँग प्रश्नोत्तर गर्ने उल्लेख गरिएकाे छ।

स्रोतका अनुसार आजको बैठकमा १५ जना प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न सोध्ने छन्। र, ती प्रश्नकाे जवाफ प्रधानमन्त्रीले पालैपालाे एकएक गरी दिनेछन्।

प्रकाशित मिति: : 2023-05-18 10:09:00

प्रतिकृया दिनुहोस्