यस्तो छ अवरोधको श्रृङ्खला

सिटौलाको ग्रेटवाल विश्वप्रकाशले तोडे

Breaknlinks
Breaknlinks

झापाका विश्वप्रकाश शर्मा नेपाली कांग्रेसको १४ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भए। १३ औं महाधिवेशनबाट पार्टी प्रवक्ताको जिम्मेवारी पाएका शर्माले राजनीति सक्रियतासँगै कार्यकारी जिम्मेवारी हात पारे। अनेक अवरोधलाई हटाउदै अघि बढेका शर्मालाई कार्यकताले जिताउरै छाडे। उनको जीतसँगै पूर्व महामन्त्री कृष्ण सिटौलाको राजनीतिक अभियानमा धक्का पुगेको छ।

नेपाल विधार्थी संघको सभापतिमा निर्वाचित हुँदा विश्वप्रकाश गिरिजा प्रसाद कोइरालको नजिकका कार्यकर्ता थिए। त्यहि बेलादेखि सिटौलाले शर्मालाई राजनीतिक यात्रामा ‘खुट्टा तान्न’ पटक–पटक अवरोध गर्दै आएको झापाका कांग्रेसजनको भनाई छ। पूर्वको राजनीतिमा सिटौलाका लागि भारी हुन सक्ने संभावना देखेर सिटौलाले शर्मालाई अनेक ठाउँहरु रोक्दै छेक्दै आएको शर्मा निकट कार्यकर्ता बताउँछन्। १४ औं महाधिवेशनसम्म आइपुग्दा शर्मालाई रोक्न सिटौलाले आफ्नो तेस्रो धारको विलय गरेर देउवासँग मिल्न पुगे। सिटौलाले १३ औं महाधिवेशन ताका सभापतिमा पराजित भएपछि नयाँ धार शुरु गरेका थिए।

झापाको कांग्रेस राजनीतिमा सिटौलाभन्दा शर्मा नरम रुपमा प्रस्तुत हुने गरेका छन्। शर्मा नरम प्रस्तुत हुनुको कारण सिटौलासँग मिलेरै अघि बढ्ने सोच हो, शर्मा निकट कार्यकर्ता भन्छन्– ‘सिटौलाले विश्वप्रकाशलाई रोक्न ग्रेटवाल नै खडा गरेका थिए। तर, विश्वप्रकाशले गे्रटवाल तोडेका छन्।’

पूर्वको राजनीतिमा शर्मालाई रोक्न सिटौलाको राजनीतिक दाउपेच देखिने गरि कै छ। १२ औं महाधिवेशनमा झापामा उद्धव थापा र विश्वप्रकाश जिल्ला सभापतिको उम्मेद्वार थिए। त्यो बेला सिटौला समूहले थापालाई जिताएको थियो। १३ औं महाधिवेशन आइपुग्दा शर्माले थापालाई नै सर्वसम्मत सभापति बनाइदिए। त्यसको एउटै कारण भनेको सिटौलासँग भिडेर नजाने भन्ने शर्माको मनासय थियो। सिटौलाकै उम्मेद्वारलाई शर्माले पनि सर्वसम्मत बनाइदिए। त्यै पनि सिटौला शर्माप्रति उदार नभएको बुझिन्छ।

त्यसपछि देश दौडाहामा सक्रिय भए भएका शर्मालाई १४ औं महाधिवेशनसम्म आइपुग्दा झापामा फेरि अवरोध नै भयो। सिटौलाले प्रिय मानेका राम कट्टेललाई छोडेर देउमान थेवेलाई सभापति बनाउन सामदाम प्रयोग गरे। कट्टेललाई शर्माले सहयोग गरेको सुईको पाएपछि सिटौलाले प्रियमध्येका देउमान रोजे र उनैलाई जिताए। प्रदेशमा पनि बागमती प्रदेश र १ नं. प्रदेशमा हिसाव मिलाएर सिटौला समूह नै सभापतिमा आसिन भयो।

दुई पटक संसदीय निर्वाचनमा पराजय व्यहोरेका शर्मालाई देउवाले प्रवक्ता बनाए। देउवा सभापति भएकै बेला देशभर चुनाव हारेपछि उनको सर्वत्र आलोचना भएको थियो। तर, शर्माले देउवाको रक्षा गर्दैगर्दै अघि बढे। जसका कारण प्रवक्तामा गगन थापाको नाम काटेर विश्वप्रकाश लेखियो। कार्यकर्ताको माहोलले शर्मालाई महामन्त्रीको रुपमा उम्मेद्वार बनाएकै थियो। देउवा टिमबाट शर्मा आउट गर्न सिटौलाको तेस्रो धार नै विलय भयो। त्यसबेला स्वतन्त्र उम्मेद्वारीको तयारी गरेका शर्मालाई प्रकाशमान सिंहले आग्रह गरेरै महामन्त्रीमा उम्मेद्वार बनाएको उनका निकट कार्यकर्ताको दावी गर्छन्।

यसरी सिटौलाको सारा प्रयासहरु असफल हुँदै गर्दा झापाका केहि कांग्रेसी अगुवाहरु भन्छन्– सिटौलाको राजनीतिक धरातल अब झनझन कमजोर भयो। सूचनाका ति स्रोत भन्छन्, महाधिवेशन भन्दा अघि भर्खरै स्थापित गरिएका नेतालाई क्षेत्र नं. १ बाट संसदीय निर्वाचनमा उठाउने आन्तरिक तयारी थियो। अब, महामन्त्री नै निर्वाचित भइसकेपछि उहाँले उम्मेद्वार बन्नैपर्ने बाध्यता आइपर्न सक्छ।
यता, विश्वप्रकाशले गाऊँ टोल देखि वडासम्म गुटवन्दी गरेर हस्तक्षेप गर्ने गरेको कृष्ण सिटौला पक्षधरको मुख्य आरोप छ।

प्रकाशित मिति: : 2021-12-19 19:35:00

प्रतिकृया दिनुहोस्