असीम सागर
भान्सा घरको आलमारीमा
सजाई राखिएको छ धोई पखाली
केही गिलास र कटोराहरु
प्रत्येक गिलास र कटोराभित्र
प्रतिबन्ध अँध्यारोलाई
बाहिरको सत्तासिन उज्यालोले भनिरहेथ्यो
खबरदार !
बाहिर कोही निस्कियो भने
यति खबरदार त
पृथ्वीको एक भाग जमीनलाई
तीनभाग पानीको सुनामीले पनि गरेन होला
सडकमा लडिरहेको रक्तमुछेल लासमाथि
लडिबुडी गर्दै लाम्टा चुसिरहेथ्यो एउटा भोको बालक
जसलाई यतिसम्म थाहा थिएन
यी आमा होइनन् , आमाको लास हो
फेरि यसरी
आतंकित आँधीको कठोर यातनाले गुँड भत्किएर
फेरि विस्थापित हुन रहर छैन पंक्षीहरुलाई
अनाथ हुनु छैन बचेराहरुलाई
भर्खर त बिर्सेका छन्
पहाडहरुले बमको आतंक
भात छ कि भनेर एउटा अनाथ भोक
ह्याल चुहाउदै बडो आसले खोल्न लागेको
लावारिस प्रेसरकुक्कर देखेर लाग्छ
फेरिपनि
भाग् , भाग् , भाग् नानी भाग्
त्यहाँ भात होइन
बारुद छ पड्किन्छ भाग्
खबरदार !
भोलि फेरि दोहोर्याएर पढाउन नपरोस्
हामीले हाम्रा नानीहरुलाई
कुक्करमा बारुद भर्ने कला र युद्ध
भर्खर त डरको बादल फाटेर
बडो मुश्किलले छिरेको छ गिलासभित्र उज्यालो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया