एमाले केन्द्रीय कमिटी बैठक सुरु, मिसन ग्रासरुट अभियानकाे समीक्षा हुने

नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सुरु भएकाे छ। तीन दिनसम्म चल्ने बैठक पार्टी मुख्यालय च्यासलमा आज (बिहीबार) बिहान साढे ११ बजेबाट सुरु भएकाे हाे।

बैठकमा विशेषगरी ‘मिसन ग्रासरुट’ अभियानबारे छलफल र समीक्षा हुने पार्टी महासचिव तथा प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। एमालेले गत फागुन ५ गतेदेखि दुई महिनासम्म देशभर ‘मिसन ग्रासरुट’ अभियान चलाएको थियो। सो क्रममा तयार भए प्रतिवेदन बैठकमा प्रस्तुत गरिने गुरुङले जनाए।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायहरुको प्रतिवेदन, ‘मिसन ग्रासरुट’को प्रतिवेदन, प्रदेशहरुको कार्य योजना, केन्द्रीय सदस्यहरुको कार्य विभाजन, पार्टी प्रवेशीहरुको व्यवस्थापनलगायतका १० वटा कार्यसूची रहेका छन्।

प्रकाशित मिति: : 2023-05-11 11:43:00

प्रतिकृया दिनुहोस्