विवादमा नेपाली सेना, यस्तो छ इतिहास
ईश्वरी राई (इशु)
यतिबेला भक्तपुरको गुण्डु सयपत्री र मखमली फूलहरूले मगमगाइरहेको छ।
तिहारकाे रमझमसँगै गुण्डुका किसानहरूलाई फूल टिप्न भ्याइनभ्याइ छ। तर रीता गाइसी भने फूलकाे उन्नमा व्यस्त देखिन्छिन्।
आफ्नो बारीबाट टिपेर ल्याएको एक धोक्रो मखमलीलाई उनी व्यापारीहरूका लागि गाँसिरहेकी छिन्। ‘मसँग भएको सबै फूलहरू बुकिङ भइसकेको छ’, उनी भन्छिन्।
यस वर्ष पाँच आना जग्गामा रोपेको सयपत्री र मखमलीबाट उनले ४० हजार रुपैयाँ कमाइन्। तर कति वटा माला बनाइन्, त्याे भन्न सक्दिनन्।

‘यकिन छैन कति वटा माला बनाएँ तर ४० हजार रुपैयाँ पैसा कमाएँ’, बिएल नेपाली सेवासँग उनले भनिन्, ‘आफूले गरेको मेहनतले फल दिँदा खुसी लाग्ने रहिछ।’
रीताले अघिल्लो वर्ष फूल बेचेरै ५० हजार रुपैयाँ कमाएकी थिइन्। त्योबेला उनले एउटै मालाको २५ रुपैयाँदेखि २७ रुपैयाँसम्म बेचिन्। तर यसपटक फूलको मूल्यका साथै रीताको आम्दानी पनि घट्यो। तर पनि खुसी छिन् रीता।
छैन कुनै गुनासो।
‘विगतमा दिनमा थोरै बारीमा फूल रोपेको थिएँ। त्यहाँबाट मात्र ७ हजार रुपैयाँ कमाउँथें त्यहीपनि पुगेकै थियो’, एक दशकदेखि गुण्डुमा फूल रोप्दै आएकी उनले बताइन्, ‘आफूसँग जति छ त्यसैमा रमाउनुपर्छ।’

रीताले रोपेको फूल स्वदेशमा मात्र होइन, विदेशमा पनि पुग्ने गर्छ। दसैँ अगाडि लगाएका फूलहरू अमेरिका, अष्ट्रेलिया र जापान पुग्छ। तर दसैँपछि फुलेका फूलहरू काठमाडाैँ उपत्यकामै सीमित हुन्छ।
‘विदेशमा फूलहरू पठाइसकेकाे छु। अहिले मकहाँ काठमाडौँ र पोखराका व्यापारीहरू फूल किन्न आउँछन्’, उनी भन्छिन्, ‘दिनमै ३–४ जना व्यापारीहरू फूल खाेज्दै दैलाेमा आइपुग्छन्। हामी फूल बेच्न बजारसम्म पुग्नुपरेकै छैन।’
अहिले मखमली माला एउटाकै ५० रूपैयाँदेखि ६० रूपैयाँसम्म पर्छ। तर किसानहरूले भने दुई गुणा कमले बेचिरहेका छन्। तर पनि घाटा नभएकाे रीता बताउँछिन्।
उनका अनुसार धानबाली र गहुँबालीबाट नभएकाे आम्दानी फूल व्यवासयबाट हुन्छ। फूलमा घाटा नहुने बताउँदै उनले भनिन्, ‘सयपत्रीमा भन्दा धेरै मखमलीमा नाफा छ। सयपत्री ओइहाल्छ, मखमली कहिल्यै ओइलाउँदैन। त्यसैले फूल व्यवसाय राम्रो हो।’

याे पटक ५ सय वटा फूलकाे माला बेचिन् भवानी गाइसीले। त्यसबाट उनले १०–१२ हजार रूपैयाँ कमाइन्।
उनका अनुसार गुण्डुका किसानहरूले फूल बेचेरै लाखाैँ रूपैयाँसम्म कमाउँछन् तर आफूले त्यतिधेरै कमाउन नसक्ने भवानी बताउँछिन्।
‘मैले थाेरै बारीमा मात्र फूल राेपेकी थिएँ, त्याे सबै सक्कियाे। तर याे पटक पहिलेकाे भन्दा कम दाममा फूल बेच्नुपर्याे’, उनी गुनासाे गर्छिन्, ‘पहिलेभन्दा ५–७ रूपैयाँ कम पैसामा फूल बेच्न बाध्य भयाैँ।’
वर्ष दिनसम्म स्याहारेर हुर्काएकाे फूललाई व्यापारीले कम मूल्य दिएकाे उनले बताइन्। गुण्डुका किसानहरूले व्यापारीहरूलाई सस्ताेमा फूल बेचिरहेकाे भवानीकाे बुझाइ छ।

काठमाडाैँ उपत्यकाबाट फूल किन्न भक्तपुरकाे गल्ली–गल्ली चाहार्ने व्यापारीहरूले एक टिन सयपत्रीलाई ५ देखि ६ सय रूपैयाँ लगाउँछन् तर बजारमा एउटै मालालाई सय रूपैयाँ बढीमा बेच्छन्।
‘एक टिन फूलबाट ७–८ वटा मज्जाकाे माला बनाउन सकिन्छ। व्यापारीले नाफा खाएर ग्राहकलाई बेच्छन् तर हामीले राेपेकाे फूल चाहिँ खेर गएन।हाम्राे लागि खुसीकाे कुरा नै त्यही हाे’, फूलले सजिएकाे बगान देखाउँदै उनले बताइन्।




विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया