नवरात्री महिमा

दशैंको चौंथो दिनकी देवी– कूष्माण्डा

Breaknlinks
Breaknlinks

नवरात्र व्रतको चौंथो दिन माता कूष्माण्डा देवीको पूजन–अर्चन हुन्छ। कुत्सितः उष्मा कूष्मा–त्रिविधतापयुतः संसारः, स अण्डे मांसपेश्यामुदररूपायां यस्याः सा कूष्माण्डा। अर्थात् त्रिविध ताययुक्त संसार जसको उदरमा स्थित छ ती भगवतीलाई कूष्माण्डा भन्दछन्।

नवरात्र व्रतमा विधि, आस्था र भक्तिपूर्वक जसले कूष्माण्डा देवीको पूजन–अर्चन गर्दछ त्यस्तो भक्तमाथि तुरन्तै प्रसन्न भएर कूष्माण्डादेवीले मनोवाञ्छा पूर्ण गर्दछिन्। आयुष्य, ऐश्वर्य, आरोग्य, बल तथा विद्या जस्ता इहलौकिक सिद्धि भक्तजनले सजिलै प्राप्त गर्न सक्दछन्।

शक्तिपूजा भनेकै पूर्ण समर्र्पणका साथ भगवतीको पाउमा आफूलाई सुम्पिदिनु हो। आत्र्त भई शुद्ध हृदयले भगवतीलाई पुकारा गरिदिएपछि निश्चयतः भगवती प्रशत्र भएर भक्तहरुको मनोकांक्षा पूर्ण गरी दिन्छिन्।

नवरात्र व्रतमा चौथो दिन देवी कूष्माण्डा भगवतीको पूजन–अर्चनको विधान रहे पनि दुर्गासप्तशतीको पाठ भने जारी नै रहन्छ। सप्तशतीको पाठ गर्ने केही धार्मिक नियमहरु पनि छन्। पाठको संकल्प गरेपछि कवच, कीलक र अर्गला नामक तीनवटा उपाङ्गहरुको पाठ हुनुपर्दछ।

त्यसपछि नवार्ण विधिद्वारा विभिन्न खाले न्यास गरेर पाठको सुरू तथा अन्त दुबै बेला भगवतीको बीजमन्त्रको कम्तिमा एक माला(१०८) जाप गर्नुपर्दछ नवार्ण मन्त्र जसलाई बीजमन्त्र पनि भन्दछन् यस प्रकारको छ–‘ॐ ऐं हृीं क्लीं चामुण्डायै विच्चे’। 

अनि वल्ल सप्तशतीको पहिलो अध्यायबाट पाठको शुरूवात हुन्छ तथा तेर्‍यहौं अध्यायपछि पाठ समाप्त हुन्छ। सप्तशतीमा भगवतीको तीनवटा चरित्रका कथाहरु छन्। प्रथम चरित्रमा मधु–कैटभ–वधको कथा छ तथा यो चरित्रको पाठ श्रीमहाकालीको प्रीत्यर्थे गर्नुपर्दछ। प्रथम चरित्रको कथा केवल प्रथम अध्यायमा नै समाप्त हुन्छ।

त्यसपछि मध्यम चरित्रको पाठ गर्नुपर्दछ। मध्यम चरित्रमा तीनवटा अध्यायहरु छन् तथा यसको पाठ श्रीमहालक्ष्मी प्रीत्यर्थे गर्नुपर्दछ। यसमा देउताहरुको तेजबाट देवीको प्रादुर्भाव र महिषासुरको सेनाको वध, महिषासुरको वध तथा इन्द्रादि देउताहरुद्वारा देवीको स्तुतिको कथा वर्णित छ। 

यस प्रकार पाँचौ अध्याय देखि तेर्‍यहौ अध्यायसम्मको कथालाई उत्तरचरित्र भन्दछन् तथा यसको पाठ श्रीमहासरस्वती प्रीत्यर्थे गर्नु पर्दछ। यसमा चण्ड–मुण्ड, धूम्रलोचन, रत्तबीज, निशुम्भ, शुम्भ जस्ता आततायी राक्षसहरुको वध तथा देउताहरुद्वारा देवीको स्तुति र देवीद्वारा देउताहरुलाई वरदान प्रदान गर्ने प्रसङ्गका कथाहरु वर्णित छ। यस प्रकारले सप्तशतीको पाठ गर्दा श्रीमहाकालीबाट शक्ति, श्रीमहालक्ष्मीबाट धन, सम्पति र समृद्धि तथा श्रीमहासरस्वतीबाट विद्या–बुद्धिको प्राप्ति हुन्छ। 

यस प्रकार १३ अध्यायको पाठ समाप्त भइसकेपछि प्राधानिक, वैकृतिक र मूर्तिरहस्य नामक तीनवटा उपाङ्ग पाठ गर्नु पर्दछ। तन्त्रोत्त र वेदोक्त देवी सूक्तको पाठ पनि सप्तशती पाठकै अङ्गहरु हुन्। पाठ पछि भगवतीसित क्षमा प्रार्थना गरेर पाठको समाप्ति हुन्छ।

१३ अध्याय सप्तशती पाठमा विभिन्न खाले कथाहरु रहेको भए पनि देव्या अपराध क्षमाप्रार्थना गर्दा पाठको वास्तविक सन्तोष प्राप्त हुन्छ। यसका मन्त्रहरु मनोमुग्धकारी रूपमा रहेका छन्, यथा–अपराधसहस्त्राणि क्रियन्तेऽहर्निशं मया।, दासोऽमिति मां मत्वा क्षमस्व परमेश्वरि।। आवाहनं न जानामि न जानामि विसर्जनम्। पूजां चैव न जानामि क्षम्यतां परमेश्वरि।। मन्त्रहीनं क्रियाहीनं भक्तिहीनं सुरेश्वरि। यत्पूजितं मया देवी परिपूर्णं तदस्तु मे।

यस मन्त्रहरुमा भगवती प्रति सच्चा समर्पणको भाव दृष्टिगोचर हुन्छ जुन भक्तहरुलाई प्रर्याप्त संतोष प्रदान गर्दछ। भगवती मातासित यस पंक्तिकारको पनि प्रार्थना छ–मत्समः पातकी नास्ति पापघ्नी त्वत्समा न हि। एवं ज्ञात्वा महादेवी यथायोग्यं तथा कुरू।।

(स्वर्गीय उमाशङ्कर द्विवेदी ‘दधीचि’ लेखेकाे याे लेख आर्काइभबाट तानिएको हो।)

प्रकाशित मिति: : 2022-10-18 20:00:00

प्रतिकृया दिनुहोस्