सिंहदरबारमा संवैधानिक परिषद्को बैठक जारी 

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक जारी छ।

परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा सिंहदरबारमा बैठक बसिरहेको हो। बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने सम्भावना छ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना, उपसभामुख इन्दिरा राना र कानुनमन्त्री धनराज गुरुङ बैठकमा सहभागी छन्।

प्रकाशित मिति: : 2023-05-08 18:38:00

प्रतिकृया दिनुहोस्