दिपा राना
तिमीलाई मेसेज पठाछु बहिनी आमालाई सुनाउनु
पोतेको धन्सार हेर्नलाई मन छ एक सेल्फी पठाउनु
उसलाई नि लिएर आउँछु म भेट्न
बेल बजारसम्म आउनु
गाउँमा त छिर्न दिन्न रे अब
बेल बजारसम्म आउनु।
जन्मेको घर छोडेपछि त
अरुको थर जोडेपछि त
भई सक्छ उसकाे सक्किसक्छ बिहे
जात-जगत, धन-धर्म तोडेपछि त।
न्यास्रो लाग्यो, याद आयो
सबलाई भेट्न मन छ,
सक्दिनँ पो
नत्र जातको छाया मेट्न मन छ
मान्छेलाई मान्छे नमान्ने
चलन कस्तो हो यो,
सक्दिनँ पो एउटै मन्दिरमा
सबलाई समेट्न मन छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया