संवैधानिक परिषद्को बैठक बस्दै

संवैधानिक परिषद्को बैठक आज साँझ बस्दैछ। प्रधानन्यायाधीश नियुक्तिलगायतको विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक बस्न लागेको उपसभामुख इन्दिरा राना मगरले जनाइन्।

संवैधानिक परिषद्सम्बन्धी कानुनको केही बुँदा संशोधन हुनुपर्ने प्रमुख प्रतिपक्ष दल एमालेको अडान र परिषद्को अहिले रहेका पदाधिकारीको पूर्ववत् दलीय आबद्ध लगायतले गर्दा तत्काल ठोस निर्णय हुनेमा कमै सम्भावना रहेको बुझिएको छ।

संवैधानिक परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार परिषद् सदस्य प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफलपछि आजको बैठक तय गरिएको थियो। नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश नियुक्ति गर्न लगातार दबाब दिँदै आएको सन्दर्भमा प्रधानन्यायाधीश नियुक्तिमा प्रधानमन्त्री प्रचण्डको सक्रियता देखिएको थियो।

आज हुने बैठक दोस्रोपटक बोलाइएको हो। यसअघि वैशाख ६ गते बोलाइएको बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष ओलीले कानुन बनाएर विधिसम्मत सिफारिस गनुपर्ने अडान लिएपछि प्रधानन्यायाधीश नियुक्तिको विषयमा निर्णय हुन नसकेको हो।



संवैधानिक परिषद्को बैठक सोमबार बस्ने

प्रकाशित मिति: : 2023-05-08 07:53:00

प्रतिकृया दिनुहोस्