कोशी प्रदेशका सभामुखद्वारा बागमती प्रदेशसभाको अवलोकन

File photo
File photo

कोशी प्रदेशका सभामुख बाबुराम गौतम तथा उपसभामुख श्रीजना दनुवारले आज बागमती प्रदेशसभाको अवलोकन गरेका छन्।

उनीहरुलाई बागमती प्रदेशका सभामुख भुवन पाठक तथा उपसभामुख अप्सरा चापागाईं खत्रीले स्वागत गरेका थिए। 

बागमती प्रदेशसभाका सभामुख तथा उपसभामुख र कोशी प्रदेशसभाका सभामुख तथा उपसभामुखबीच प्रदेशसभा सचिवालयमा प्रदेशको संसदीय गतिविधिहरुको अनुभव, आन्तरिक व्यवस्थापन, भौतिक पूर्वाधार, जनशक्ति परिचालनको विषयमा छलफल भएको थियो। कोशी प्रदेशका सभामुख र उपसभामुखले प्रदेशसभा भवनको विभिन्न कार्यकक्षहरु, भौतिक पूर्वाधारहरु, सभा सञ्चालन हुने कक्षको अवलोकन गरेका थिए। 

कोशी प्रदेशका सभामुख गौतम र उपसभामुख दनुवारले आजै प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलसँग भेट गरेर प्रदेश संसदीय अभ्यासका विषयमा छलफल गरेका थिए।

प्रकाशित मिति: : 2023-05-07 19:15:00

प्रतिकृया दिनुहोस्