माधवकाे कथन

ओरिजिनल एमाले म हुँ, मुल लिडरसिप बोकेर १५ वर्ष पार्टी चलाएको हुँ: माधव नेपाल

‘ओलीले पद प्राप्तिका लागि प्रचण्ड र मलाई भर्‍याङ बनाउनु भो’

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा (प्रचण्ड) अध्यक्ष माधव नेपालले आफूहरु नै वास्तविक एमाले भएकाे जिकिर गरेका छन्।

आफू निकट पत्रकारहरुको भेलालाई मंगलबार सम्बोधन गर्दै नेता नेपालले भने भने,‘ओरिजिनल एमाले त म माधव नेपाल हो, केपी ओली होइन। मैले मुल लिडरसिप बोकेर १५ वर्ष पार्टी चलाएको हो।  पछि आएका हुन् ओली।अब त्यता फर्किने बेला होइन।’

ओलीले पद प्राप्तिका लागि प्रचण्ड र आफूलाई भर्‍याङ बनाएको समेत उनले आराेप लगाए। 

‘ओलीले प्रचण्ड र मलाई भर्‍याङ बनाउनु भो। उहाँ एकै दिन एउटा पद तीन जनालाई दिन सक्ने मान्छे। उहाँ झुठको पुलिन्दा हो। मैले प्रधानमन्त्रीमा कस्तो मान्छेलाई प्रस्ताव गरेँ भन्ने लागि रहेको छ ,’ उनले भने। 

उनले प्रचण्डसँग ४० वर्षदेखि संगत रहेकाे बताउँदै आफ्नाे सहकार्य लामाे समयसम्म जाने समेत दावी गरे। ‘तपाईहरु ढुक्क हुनुुस्, ओलीजस्ताे हाम्राे सहकार्य हाेइन याे सहकार्य लामो समयसम्म जान्छ,’ उनले भने।

यस्तै प्रतिनिधि सभा विघटन गर्ने ओली प्रधानमन्त्री पदमा बस्न नमिल्ने पनि उनले बताए। यद्यपी आफूहरूले प्रतिनिधि सभा विघटन भइसकेको नमान्ने उनको जिकीर थियो।

नेपालले भने, ‘आफैंले संसद विघटन गरेपछि संसद रहेन, संसद नरहेपछि प्रधानमन्त्री पनि रहँदैन। त्यसैले उहाँले कि पद छोड्नुपर्छ कि कामचलाउ भएको स्वीकार्नुपर्छ। तर, केपी ओलीले पद छाड्दैनन्, हिक्कहिक्क भइञ्जेल बसिराख्छन्, यो पदको लोलुपता हो।’

ओलीले नेताहरुलाई जालसाझी गरेर झुक्याउने गरेको नेपालको भनाइ छ। ‘तपाईंहरू खोजी पत्रकारिता गर्नु हुन्छ। केपी ओलीको झुठो कुरामाथि पनि खोजी गर्नुहोस् ‘, उनले भने, ‘ ओलिका सबै गलत फेहरिस्त ल्याउनुहोस्।’

यता नेपालले  ओली गणतन्त्र विरोधी भएको बताए। ‘उहाँ गणतन्त्र विरोधी हुनुहुन्छ। गणतन्त्र आउन सक्दैन भनेर तत्काली नेकपा एमाले पार्टी बैठकमा ओलीले फरक मतसमेत राखेका थिए,’ उनले भने।

प्रकाशित मिति: : 2021-01-19 16:00:00

प्रतिकृया दिनुहोस्

    एमालेलाई भाले न पोथी बनाउने समुहको नाइके हो तपाई । अब नारानकाजिलाई बनाइदिनुस , नत्र यिन्ले बारावाद पार्न सक्छन 😀😀

    • 3 बर्ष अगाडि
    • CP