राज पौड्याल
खै! के थियो?
म उमेरै नपुगी जवान भएको हुँ,
दिराम र रियलमा आफूलाई बेच्न।
हुन सक्छ,
जवान बन्नु मेरो रहर थियो
दिराम र रियलको महल मेरो सपना
तर खै! के थियो ?
जुङ्गाका रेखी नबस्दै
घर छोड्नुको रहस्य!
कोपिलाजस्तै दुलहीको सामिप्यबाट
दुलही फर्काउन नपाउँदै
बिछोडीनुको कारण!
होला,
मैले दुलहीको सिन्दुर बन्दकी राखेर
उसकाे पेटमा लुकामारी खेल्दै गरेकी
सन्तानको भविष्य किन्नु थियो होला!
होला!
मेरो परिवारको खुसी किनेर
त्यसकाे मूल्य
किस्ता–किस्ता गरेर चुकाउन
परदेशी बन्नु थियो होला!
तर खै! के थियो?
म चार वर्षमा घर फर्कदा
मेरी तीन कट्दै गरेकी छोरी
मेरो काखमा न उफ्रिनुको रहस्य!
खै! के थियो?
उसकाे तोते बोलीले
मलाई 'बाबा' भनेर
सम्बोधन नगर्नुको कारण!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया