पहिलो पटक संसदमा बोल्दै स्वर्णिमले भने- पुरातात्त्विक संरचनाको सही व्यवस्थापन हुन सकेन (भिडियाे)

BreaknLinks
BreaknLinks

राष्ट्रिय स्वतन्त्र पार्टीबाट नवनिर्वाचित सांसद स्वर्णिम वाग्ले पहिलो पटक संसदमा बोलेका छन्। वैशाख १० गतेको उपनिर्वाचनमा तनहुँ १ बाट भारी मतका साथ विजयी भएका वाग्लेले आज (शुक्रबार) मात्र सपथ ग्रहण गरेका थिए।

शपथ ग्रहण गरेकै दिन संसद बैठकमा उनी बोल्न पाएका छन्। संसदमा बोल्दै वाग्लेले तनहुँ हुँदै पोखरा पुग्ने पृथ्वी राजमार्ग विस्तारका समयमा पुरातात्विक संरचनाको सहि व्यवस्थापन हुन नसकेको बताए।

उनले ऐतिहासिक तथा पुरातात्विक संरचनाको उचित व्यवस्थापन गर्न पनि सुझाएका छन्। उनले भने, ‘तनहुँ हुँदै पोखरा पुग्ने पृथ्वी लोकमार्गको विस्तार भइरहेका छ। यो आवश्यक छ तर यसले सर्वसाधारण जनताको दैनिकीमा असुविधा पनि ल्याएको छ। जनस्वास्थ्यका दृष्टिले धुलाम्य सडक र राइट अफ वे स्थापित (बाटो निर्माण गर्दा केही नहेर्ने) गर्दा घाँसीकुवालगायत ऐतिहासिक तथा पुरातात्विक संरचनाको उचित व्यवस्थापन गर्ने म देख्दछु।’

प्रकाशित मिति: : 2023-04-28 14:26:00

प्रतिकृया दिनुहोस्