भूपिन
मेरो हातमा
हजारौं हातहरूको फोहोर टाँसिएको
कागजको एक नोट छ,
म त्यसको जीवनी पढिरहेछु।
यो नोटको जन्मको बारेमा
म बिल्कुल अनभिज्ञ छु।
तर थाहा छ मलाई-
कुनै बैंकको सफा कुनाबाट
यो नोटको फोहोर यात्रा सुरू भयो।
एक क्यासियरले
जिब्रोको थुकमा बुढी औंला चोबेर
गन्यो यो नोट
र पहिलोपटक थमायो ग्राहकको हातमा।
बैंकबाट बाहिर निस्किएपछि
नोट पुग्यो मासु पसलमा,
नोटमा बगरेको हातको आलो रगत टाँसियो।
त्यसपछि पुग्यो नोट
रूघाग्रस्त साहुको हातमा
नोटमा साहुको सिंगान टाँसियो।
त्यसपछि पुग्यो नोट
कुनै आसामीको हातमा
जो भर्खरै पिसाब फेरेको हातले
नोट गन्दै थियो।
पुग्यो नोट
भर्खरै वाथरुममा सेफ्टी प्याड निकालेर
बाहिर निस्किएकी मालिक्नीको हातमा
नोटमा टाँसियो
मासिक श्रावको रगत।
पुग्यो नोट
यौन कर्मीको हातमा
जसमा टाँसियो चिप्लो यौनरस।
भ्रष्ट, तस्कर, दलाल
पण्डा, नेता, हिपोक्रेट
सबैको हातहातसम्म
नोटको यात्रा जारी रह्यो।
एकपटक बडाे मुस्किलले
गरीबको हातमा पनि पुग्यो नोट
जसमा उसको आँसु
र पसिना पनि मिसियो।
तर भोलीपल्ट नै नोट पुग्यो
वेरोजगारीले किलकिले अँठाएर
कुलतमा फसेको
कुनै युवकको हातमा
त्यसमा गाँजाको गन्ध टाँसियो,
अफिमको वासना टाँसियो।
लामो यात्रापछि
अन्तमा पुग्यो नोट
एक भक्तको हातमा
भक्तले चढायो भगवानलाई
त्यही नोट।
म पढिरहेछु
एउटा नोटको रोमांचक जीवनी।
तर बुझिरहेको छैन
कि किन चढाउँछ भक्तले देउतालाई
यो फोहोर नोट?
किन सबैभन्दा सफा लाग्छ मानिसलाई
यो फोहोर नोट?
मेरो हातमा
हजारौं हातहरूको फोहोर टाँसिएको
कागजको एक नोट छ,
म त्यसको जीवनी पढिरहेछु।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया