दिलिप कुवँर
कुनै ढुंगाको देउता बन्नु छैन मलाई
र छैन कुनै स्वर्णिम नाम लेखाउने मोह पनि
निर्धनहरुको अपदस्थ इतिहास
उसका सन्तानहरुले सम्झिने कथामात्रै हुन्,
मञ्जुर छ, मलाई सबै मञ्जुर छ
तर एउटा सर्त स्वीकार्नु पर्छ तिमीले पनि
'बाँच्न जन्मिन्छन् रमेश क्षितिजहरू'
रमेश क्षितिज। २०४० को दशकपछि नेपाली साहित्यमा एक शशक्त कवि र गीतकार पनि।
उनका थुुप्रै गीत र कविताहरु चर्चित छन्। 'नमाग मसँग सहारा नमाग', 'तिर्खाएका काकाुल सरी' लगायतका गीतहरुले त स्राेताहरुलाई कायल नै बनायो। प्रेमको आदिम गुफाबाट बाहिर नआएका शब्दहरु दिए, उनले।
वि.सं २०२६ साल वैशाख १३ गते सल्यानमा जन्मिएका क्षितिजको अधिकाशं बाल्यकाल दाङमै बित्यो। दाङंबाटै उनले माध्यामिक तहसम्मको पढाई पुरा गरे। उच्च शिक्षाको बाटोले उनलाई ०४३ सालमा काठमाडौँ ल्यायो। काठमाडौँको नेपाल ल क्याम्पसबाट उच्च शिक्षाको अध्ययन सुुरु गरे। त्रिभुवन विश्व विद्यालयबाट एल एल एम सके।
२०५६ सालबाट सरकारीमा सेवामा प्रवेश गरेका क्षितिजले शब्दसँगकाे प्रेम मार्न सकिनन्। मुलतः १ वर्षपछि पहिलो कविता संग्रह 'अर्को साँझ पर्खेर साँझमा' प्रकाशित गरे। जसले नेपाली कविता नयाँ आयाम थप्यो।
रमेश क्षितिजको कविता- 'नयाँ सपना' :
उनलाई कविताहरुलेपनि प्रेम गर्न थाले। र फेरी २०६९ सालमा अर्को कविता संग्रह 'घर फर्किरहेको मानिस' प्रकाशित भयो। गाउँ, शहर र देशका विभिन्न सुुन्दर पक्षहरुलाई उनले कविता बिम्ब बनाएर प्रयोग गरे।
उनी भन्छन्, 'मनको शान्तिका लागि मैले गीत र कविता लेखेको हुँ। नलेखेको भए जीवन अपुर्ण हुन्थ्यो होला।'
उनका कविताहरु पढिरहदा यस्तो लाग्छ कि क्षितिजलाई साँझ, समुद्र, गाउँ, जंगल, खोला, पहाडसँग निकै लगाब छ।
रमेश क्षितिजको कविता- 'परिचय' :
उनीसँग गरिएको विस्तृत कुराकानी भिडियोमा हेर्न सकिन्छः
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
काठमाडौं नै नदेखेका सन्तबहादुरले केएमसीमा यसरी पाए निःशुल्क उपचार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया