नेपाली गद्य कवितामा नौलो नाम होईन- श्रवण मुकारुङ।
०४० साल देखि आजसम्म उनको सक्रिय लेखन रोकिएको छैन। यो विचमा बरु उनले 'देश खोज्दै जादा' (कविता सङ्ग्रह), 'जिवनको लय'(कविता सङ्ग्रह), 'हिउँको दरबार' (गीती सङ्ग्रह) , 'यलम्बर' (नाटक), 'बिसे नगर्चीको बयान' (कविता सङ्ग्रह) लगायत 'फुलको आवाज', 'निष्कर्ष' जन्माए। 'तिमी तारे भिर म त लहरा', 'माथि माथि सैलुङ्गेमा' जस्ता चर्चित गीतहरु जन्माए।
उनी बेलाबेला आफ्नो लेखनबाट सत्तालाई सचेतपनि गराईरहन्छन्।
०६२/६३ सालको जन आन्दोलनताका उनले एउटा कविता लेखे- 'बिसे नगर्चीको बयान'। जुन कविताका एक एक लाईनलाई 'पम्प्लेट्' बनाएर प्रयोग गरे- जनताहरुले सडकमा। यसो भनौ की, 'बिसे नगर्चीको बयान' शिर्षकको उनको कविताले केन्द्रिय सत्ता र राजनितीलाई समेत गतिलै प्रभाव पार्यो।
उनी भन्छन्, 'लेखक भनेको सत्ताको निगरानीकर्ता हो। अघोषित सासंद जस्तो हो। लेखन सधै न्यायको पक्षमा, समानताको पक्षमा, स्वतन्त्राको पक्षमा, मुक्तिको पक्षमा, र उज्यालोको पक्षमा हुनुपर्छ।'
०६२/६३ सालपछि नेपालमा लेखनको राम्रो वातावरण बनेको उनको ठम्याई छ। समयसँगै पछिल्लो समयको लेखनमा भुइँमान्छेका कथाहरु र दबिएका कथाहरु आउदा उनलाई खुशी लाग्छ। पहिलेको लेखनीय वातावरण र हिजो आजको समयलाई तुलना गर्दै उनी भन्छन्, 'पछिल्लो समयको लेखनमा विस्तारै उत्पिडीत वर्गका कथाहरु र किनाराकृत कथाहरु आउन थालेको छ। जुन सुन्दर पक्ष हो।'
लेखक र कविहरुले समय चेतलाई पक्रेर लेख्नुपर्ने धारणा राख्दै उनी परिभाषीत गर्छन्, 'सत्ता भनेकै शक्तीको कुञ्ज हो। त्यो एउटा रेडिमेड भुगोल हो। जनताको विचारलाई त्यहाँ स्थान दिईयो भने त्यो सबै भन्दा सुन्दर कुरा हो। तर त्यहाँ वैयक्तिक विचारहरुले हस्तक्षेप गर्यो भने जो पनि निरकुशं बन्दै जान्छ। तानाशाही बन्दै जान्छ।'
हिजोआज उनी श्रष्टा आन्दोलन र कार्यक्रमहरुमा व्यस्त छन्।
प्राय कविहरु विस्तारै आख्यान लेखनतिर प्रवेश गर्छन, तपाईमा योे कहिल्यै खयाल आएन ? भन्ने प्रश्नमा उनी भन्छन्, 'एउटा राम्रो कविले राम्रो उपन्यास लेख्न सक्छ । र एउटा राम्रो उपन्यासकारले राम्रो कविता लेख्न सक्छ।' हाँस्दै उनी थप्छन्, 'संयोग मिलेमा जहिलेपनि जुर्न सक्छ।'
उनीसगँ गरिएको विस्तृत कुराकानी भिडियोमा हेर्न सकिन्छ: