मिटरब्याज पीडितले बनाए १९ सदस्यीय वार्ता टोली

File Photo
File Photo

मिटरब्याज पीडितको दोस्रो टोलीले १९ सदस्यीय वार्ता टोली गठन गरेका छन्।

न्याय माग्न काठमाडौँ आएका मिटरब्याज पीडितले सरकारसँग वार्ता गर्न टोली गठन गरेका हुन्।

काठमाडौंमा जारी मिटरब्याज पीडित आन्दोलनकाे नेतृत्व गर्दै आएका अवधेश कुशवाहको संयोजकत्वमा १९ सदस्यीय वार्ता टोली गठन भएकाे हाे।

टाेलीले आजै सरकारसंग वार्ता गर्ने तयारी गरेकाे छ। उनीहरूले गृहमन्त्रीसँग नै वार्ता गर्ने बताएका छन्।

मिटरब्याज पीडितका दुई गुट: स्वार्थ समूह हाबी हुँदा धरापमा पर्दै आन्दोलन

मिटरब्याज पीडितको जग्गा फिर्ता गर्न कठिन छ: सहसचिव भुसाल

‘श्रीमान जेलमा हुनुहुन्छ, जमिन फिर्ता र तमसुक खारेज नभइ घर फर्किँदैनौँ’ (भिडियाेसहित)

मिटरब्याज पीडितहरू भन्छन्– सरकारले न्याय नदिए फेरि आन्दोलन गर्छौं (भिडियोसहित)

प्रकाशित मिति: : 2023-04-09 11:46:00

प्रतिकृया दिनुहोस्