कैद भुक्तानी गरिरहेका मोरङ कारागारका एक कैदीको मृत्य

symbolic picture
symbolic picture

जिल्ला कारागार मोरङमा कैद भुक्तानी गरिरहेका एक कैदीको मृत्यु भएको छ। कारागार स्रोतका अनुसार धनकुटा सहिदभूमि गाउँपालिकाका ४९ वर्षीय कुलबहादुर सार्कीको बुधबार मृत्यु भएको हो।

सार्की लागुऔषध मुद्धामा कारागार चलान भएका थिए। उनको स्वास्थ्यमा केहीदिनयता ज्वरो आउने, मुटुको धड्कनमा तीव्रता हुने समस्या देखिँदै आएको थियो।

स्वास्थ्यमा समस्या देखिएपछि सार्कीलाई मंगलबार कोसी अस्पताल विराटनगरमा भर्ना गरिएको थियो। कोसी अस्पतालमा उपचाररत उनको बुधबार बिहान मृत्यु भएको हो।

जिल्ला अदालत मोरङले सार्कीलाई २०७६ साल भदौ ८ गते एक वर्ष ६ महिना र २० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। अदालतको फैसला आए पनि फरार रहेका सार्कीे दुई वर्षपछि पक्राउ परेका थिए।

प्रकाशित मिति: : 2022-09-21 19:04:00

प्रतिकृया दिनुहोस्