कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
बिएल संवाददाता
नेपालले माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ।
मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा शुक्रबार सम्पन्न खेलमा आयोजक तथा साविक विजेता माल्दिभ्सलाई १-० गोलले पराजित गर्दै नेपालले सुखद् सुरुवात गरेको हो।
नेपाललाई जित दिलाउन मनिष डाँगीले निर्णायक गोल गरे।
खेलमा दुवै टोलीले सुरुवातदेखि नै गोलका लागि निरन्तर प्रयास गरेका थिए। तर, निर्धारित ९० मिनेटको खेल सकिन ३ मिनेट बाँकी रहँदा नेपालका मनिषले गरेको गोल खेलको निर्णायक बन्यो।
मनिष खेलको ८० औं मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका थिए।
यस जितसँगै नेपालले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ। माल्दिभ्सले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ।
जारी प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेलमा सोमबार राति ९:४५ बजे श्रीलंकाको सामना गर्नेछ।

कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया