माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
बिएल संवाददाता
नेपालले माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ।
मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा शुक्रबार सम्पन्न खेलमा आयोजक तथा साविक विजेता माल्दिभ्सलाई १-० गोलले पराजित गर्दै नेपालले सुखद् सुरुवात गरेको हो।
नेपाललाई जित दिलाउन मनिष डाँगीले निर्णायक गोल गरे।
खेलमा दुवै टोलीले सुरुवातदेखि नै गोलका लागि निरन्तर प्रयास गरेका थिए। तर, निर्धारित ९० मिनेटको खेल सकिन ३ मिनेट बाँकी रहँदा नेपालका मनिषले गरेको गोल खेलको निर्णायक बन्यो।
मनिष खेलको ८० औं मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका थिए।
यस जितसँगै नेपालले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ। माल्दिभ्सले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ।
जारी प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेलमा सोमबार राति ९:४५ बजे श्रीलंकाको सामना गर्नेछ।

माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया