विश्वकप फुटबल

विश्वकप उपाधिकाे लागि अर्जेन्टिना र फ्रान्स भिड्दै, पूरा होला त मेस्सीको सपना ?

फुटबल इतिहासमा अर्जेन्टिना भर्सेस फ्रान्स

clutchpoints
clutchpoints

कतारमा जारी फिफा विश्वकप– २०२२ काे अन्तिम दिन आज (आइतबार) उपाधिकाे लागि साविक बिजेता फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुँदैछ।

यसअघि दुई–दुई पटक विश्वकप जितेका दुबै राष्ट्र तेस्राे पटक च्याम्पियन बन्ने लक्ष्यसहित राति ८:४५ बजे लुसिल स्टेडियममा प्रतिस्पर्धाकाे लागि उत्रिने छन्। पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३-० ले हराएर फाइनलमा पुगेकाे हाे भने दोस्रो सेमिफाइनलमा फ्रान्सले मोरक्कोलाई २-० ले हराएर फाइनलमा अर्जेन्टिनासँग भेट पक्का गरेकाे थियाे।

|REUTERS

अर्जेन्टिनाले सन १९७८ र १९८६ मा विश्वकप जितेकाे थियाे भने फ्रान्सले सन १९९८ र २०१८ मा विश्वकप ट्रफी चुमेको थियो। त्यसैले दुबै राष्ट्र तेस्राे पटक विश्वकप ट्रफी उचाल्ने लक्ष्यमा छन्।

लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनल पुगेको हो। मिस्सीले याे विश्वकप आफ्नाे लागि अन्तिम भएकाे घाेषणा गरिसकेकाे छन्। यसअघि निरन्तर जादुमय खेल खेलेर आफ्नाे टिमलाई अधिकांश प्रतिस्पर्धाकाे उपाधि जिताइसकेका मेस्सीकाे लागि भएपनि अर्जेन्टिनालाई विश्वकप जित्नै पर्ने दबाब छ। मेस्सीले विश्वकपमाे ट्रफी उचाल्नु आफ्नाे सपना रहेकाे बताउँदै आएका छन्।

यता ह्युगो लोरिसको कप्तानीमा रहेको फ्रान्स लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो। साविक विजेतासमेत रहेको फ्रान्स लगातार दोस्रो पटक विश्वकप उचाल्ने अभियानमा रहेको छ। फ्रान्सका चम्किला खेलाडी केलियन एम्बाप्पे पनि याे विश्वकप जितेर आफूलाई महान खेलाडीकाे रुपमा उभ्याउन चाहन्छन्।

|GETTY IMAGES

आज हुने फाइनल खेल पोल्याण्डका रेफ्री सायमन मार्चिनियाकले खेलाउने छन्।

फुटबल इतिहासमा अर्जेन्टिना भर्सेस फ्रान्स

विश्वकप फुटबलमा अर्जेन्टिना र फ्रान्सबीच तीन पटक प्रतिस्पर्धा भएकाे छ। जसमध्ये अर्जेन्टिना २ र फ्रान्स १ पटक विजयी भएका छन्।

सन १९३० मा पहिलाे पटक आयाेजित विश्वकपमा फ्रान्स र अर्जेन्टिना दुबैले खेल्ने मौका पाएका थिए। सोही विश्वकप अन्तर्गत नकआउट चरणको खेलमा अर्जेन्टिनाले फ्रान्सलाई १-० ले हराएको थियो। र, फ्रान्स विश्वकपको नकआउट चरणबाट बाहिरीएको थियो।

त्यस्तै सन १९७८ मा पनि अर्जेन्टिनाले फ्रान्सलाई २-१ गाेल अन्तरले हराएर विजय भएको थियो। अर्जेन्टिना सोही वर्ष विश्वकपकाे उपविजेता बनेकाे थियाे।

|clutchpoints

त्यसैगरी ४ वर्षअघि सन २०१८ मा रसियाले आयोजना गरेको विश्वकपमा फ्रान्सले अर्जेन्टिनालाई नकआउट चरणमा ३-४ ले पराजित गरेको थियो। फ्रान्स सन २०१८ को विश्वकप विजेत हो।

त्यस्तै अर्जेन्टिना र फ्रान्सबीच हालसम्म १२ वटा पुरुष फुटबलमा मैन्त्रीपूर्ण प्रतिस्पर्धा भएकाे छन, जसमध्ये फ्रान्सले ३ र अर्जेन्टिनाले ६ खेलमा विजयी हुँदा ३ खेल बराबरीमा राेकिएका छन्।

मेस्सीको विश्वकप चुम्ने सपना !

विश्वकप फुटबल: कसले जित्ला गाेल्डेन ग्लोभ्स ?

प्रकाशित मिति: : 2022-12-18 20:40:00

प्रतिकृया दिनुहोस्