विश्वकप फुटबल

विश्वकप फुटबल: कसले जित्ला गाेल्डेन ग्लोभ्स ?

कतारमा जारी फिफा विश्वकप- २०२२ को उपाधिकाे लागि आइतबार अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ। प्रतिस्पर्धामा विजयी राष्ट्रले ४ करोड १० लाख अमेरिकी डलर र २ करोड डलर पर्ने सुनको ट्रफी पुरस्कार पाउने छ। जुन विश्वकपकाे अहिलेसम्मकै सबैभन्दा ठुलाे पुरस्कार राशी हाे। यसकाे अलवा प्रतिस्पर्धामा सहभागी राष्ट्र र खेलाडीले अन्य विधामार्फत् पनि सम्मान र पुरस्कार पाउने छन्।

आफ्नाे राष्ट्रले विश्वकपकाे उपाधि नजिते पनि यस्ता अन्य विधागत पुरस्कार जित्ने खेलाडीहरुले ठुलै चर्चा र सम्मान पाउने गर्छन्। विश्वकप फुटबल प्रतियाेगितामा सहभागी खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरेवापत गाेल्डेन बुट, गाेल्डेन ग्लोभ्सजस्ता पुरस्कार प्राप्त गर्छन्।

विश्वकपमा सबैभन्दा बढी गाेल गर्ने खेलाडीले प्राप्त गर्ने गाेल्डेन बुटकाे लागि जारी विश्वकपमा अहिलेसम्म चार खेलाडी प्रतिस्पर्धामा छन्। जसकाे प्रमुख दाबेदारकाे रुपमा समान ५–५ गाेल गरेका अर्जेन्टिनाका लियाेनल मेस्सी र फ्रान्सका केलियन एम्बाप्पे रहेका छन्। समान गाेल गरेपनि असिस्टका आधारमा मेस्सी एम्बाप्पेभन्दा अगाडि छन्।

त्यस्तै फ्रान्सका ओलिभियर जिरुड र अर्जेन्टिनाका जुलियन अल्भारेज पनि गाेल्डेन बुटकाे दाबेदार हुन्। उनीहरु दुबैले पनि समान ४–४ गाेल गरेका छन्।

गाेल्डेन ग्लोभ्स

गाेल्डेन ग्लोभ्स विश्वकप प्रयाेगितामा सबैभन्दा उत्कृष्ट गाेल रक्षकलाई प्रदान गरिन्छ। गोल्डेन बुट खेलाडीले गर्ने गाेल संख्याका आधारमा प्रदान गरिन्छ भने उत्कृष्ट गाेल रक्षकलाई फिफाकाे प्राविधिक समितिकाे निर्णयअनुसार गाेल्डेन ग्लोभ्स दिइन्छ।

फिफाले सन १९९४ मा पहिलो पटक गोल्डेन ग्लोभ्स अवार्ड प्रदान गरेको थियो। सन १९९४ देखि २००६ सम्म गोल्डेन ग्लोभ्सलाई लेव याशिनको नामले चिनिन्थियो। सन १९९४ अघि फिफा विश्वकपमा गाेल रक्षकलाई कुनै आधिकारिक पुरस्कार प्रदान गरिँदैन्थ्याे।

यसपटक कसले जित्ला गोल्डेन ग्लोभ्स ?

यसपटक गोल्डेन ग्लोभ्सकाे लागि क्रोएसियाका डोमिनिक लिभाकोसी, अर्जेन्टिनका इमी मर्टिनोज, मोरक्ककोका यासिन बाउनाे र फ्रान्सका हुगो लोरिस प्रतिस्पर्धामा छन।

डोमिनिक लिभाकोसी (क्रोएसिया)

कतारमा जारी फिफा विश्वकप फुटबलमा गोल्डेन ग्लोभ्सका प्रमुख दाबेदार हुन्, क्रोएसियका गोल रक्षक डोमिनिक लिभाकोसी। २७ वर्षीय लिभाकोसी क्रोएसिया राष्ट्रिय फुटबल टोलीका गोल रक्षक हुन्। जारी विश्वकपमा लिभाकोसीले ६ खेलमा २३ गोल जोगाएका छन। उनले समूह चरणअन्तर्गत जापानसँग भएको खेलमा जापानकाे ३ गोल प्रयास रोकेका थिए।

GettyImages

त्यस्तै क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच भिडन्त भएकाे थियाे। सो खेलमा पनि लिभाकोसीले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए। जहाँ उनले ब्राजिलले गरेको पेनाल्टी सुट आउटसमेत राेकेर क्राेसियालाई सेमिफाइनलमा पुर्‍याउन सफल भएका थिए। उनले विश्वकपभर ६ खेलमा २३ वटा गोल रोक्न सफल भएका छन्।


खेल: ६ 
खेलेको मिनेट: ६००
क्लिन सिट: ३
गोल अकेन्सट: ६
सटअन गोल: २९
गोल सेभ: २३


इमी मार्टिनेज (अर्जेन्टिना)

डोमिनिक लिभाकोसीपछि गोल्डेन ग्लोभ्स जित्ने प्रवल सम्भावना अर्जेन्टिनका गोल रक्षक इमी मार्टिनेजको रहेकाे छ। ३० वर्षीय मार्टिनेज अर्जेन्टिनका राष्ट्रिय टोली तथा फुटबल क्लब एस्टन भिलाका गोल रक्षक हुन।

AP

मार्टिनेजको शिल्ड प्रहारले अर्जेन्टिनाको सेमिफाइनलसम्मको यात्रामा एकदम ठुलो भूमिका खेलेको हो। क्वाटरफाइनलमा नेदरल्याण्ड्सको पेनाल्टी सुटआउट रोकेका उनले अर्जेन्टिना टिमको लागि ठुलो योगदान रहेका छन्। मार्टिनेजले ६ खेलमा ५ गोल रोकेका छन।


खेल: ६
खेलेको मिनेट: ५७० 
क्लिन सिट: ३
गोल अगेन्सट: ५
सट अन गोल: १० 
गोल सेभ: ५


यासिन बाउनो (मोरक्कको)

कतारमा जारी विश्वकपमा सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्न देश हो, मोरक्काे। सोही देशका गोल रक्षक यासिन बाउनो यसपटक उत्कृष्ट गोल रक्षकमा पर्ने सम्भावना रहेकाे छ।

Getty Images

३१ वर्षीय बाउनो मोरक्को राष्ट्रिय टोली तथा फुटबल क्लब सेभिलाका गोल रक्षक हुन। यासिनले चोटका कारण बेल्जियममाथि २–० को जित निकाल्न नसकेपछि सेभियाका स्टार बाउनोउले समूह चरणका दुई खेलमा एक पटक मात्र गोल खाएका थिए।

उनले स्पेन र पोर्चुगलविरुद्ध ब्याक-टू-ब्याक क्लिन सिटहरू राखेका थिए। उनले ५ खेलमा ६ गोल सेभ गरेका थिए।


खेल: ५ 
खेलेको मिनेट: ८
क्लिन सिट: ३
गोल अगेन्सट: ३
सट अन गोल: ९ 
गोल सेभ: ६


हुगो लोरिस (फ्रान्स)

फ्रान्सका हुगो लोरिस पनि यस पटकको गोल्डेन ग्लोभ्सकाे दाबेदारमा छन।

EPA

३५ वर्षीय लोरिस फ्रान्सेली राष्ट्रि टोली तथा फुटबल क्लब टोटनह्याम हट्सपुका गोलरक्षक हुन। उनले अस्ट्रेलिया, डेनमार्क, पोल्याण्ड र इंग्ल्यान्डविरुद्ध गोल रोकन सकेका थिएन भने कतारमा एक पनि क्लिन सिट राख्न सकेनन्। उनले ४ खेलमा ८ गोल सेभ गर्न सफल भएका थिए।


खेल: ४
खेलेको मिनेट: ३६०
क्लिन सिट: ०
गोल अगेन्सट: ४ 
सट अन गोल: ४
गोल सेभ: ८


सन १९९४ देखि २०१८ सम्म को–कोले जिते गोल्डेन ल्गभ्स ?

सन १९९४ देखि २००६ सम्म गोल्डेन ल्गभ्सको नाम लेव याशिन थियाे।

यी हुन् लेव याशिन जित्ने गाेलरक्षकहरू:

१९९४– एनरिक बालेस्टेरो (उरुग्वे)
१९३४– रिकार्डो जामोरा (स्पेन)
१९३८– फ्राटिसेक प्लानिका (चेकोस्लोभाकिया)
१९५०– रोक मास्पोली (उरुग्वे)
१९५४– ग्यूला ग्रोसिक (हंगेरी)
१९५८– हैरी ग्रेग (उत्तरी आयरल्यण्ड)
१९६२– विलियम श्रोजफ (चेकोस्लोभाकिया)
१९६६– गॉर्डन बैंक्स (इंग्ल्याण्ड)
१९७०– लादिस्लाओ माजुरकीविक्ज (उरुग्वे)
१९७४– सेप मायर (पश्चिम जर्मनी)
१९७८– उबाल्डो फिलोल (अर्जेटिना)
१९८२– डिनो जाेफ (इटली)
१९८६– जीन– मैरी फाफ (बेल्जियम)
१९९०– लुइस गाबेलो कोनेजो (कोस्टा रिका), सर्जियो गोयकोचिया (अर्जेटिना)
१९९४– मिशेल प्रिडुहोमे (बेल्जियम)
१९९८– फैबियन बार्थेज़ (फ्रान्स)
२००२– ओलिवर कान (जर्मनी)
२००६– जियानलुइगी बुफोन (इटली)

२००६ पछि लेव याशिनकाे नाम गाेल्डेन ल्गभ्स राखियाे। त्यसपछि गाेल्डेन ग्लोभ्स जिन्ते खेलाडीहरु:

२०१०– इकर कैसिलस (स्पेन)
२०१४– मैनुअल नेउर (जर्मनी)
२०१८– थिबाउट कोर्टोइस (बेल्जियम)


मेस्सीको विश्वकप चुम्ने सपना !

फुटबल इतिहासमा अर्जेन्टिना भर्सेस फ्रान्स !

प्रकाशित मिति: : 2022-12-17 22:15:00

प्रतिकृया दिनुहोस्