मेस्सीको विश्वकप चुम्ने सपना !

Photo - REUTERS
Photo - REUTERS

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले आफ्नो दोस्रो र सम्भवतः अन्तिम विश्वकपको फाइनलमा खेल खेल्दै छन्। दुई पटकको विश्व विजेता अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा उपाधि हात पारेयता विश्वकप जित्न सकेको छैन्।

लियोलन मेस्सीका लागि आइतबार कतारको लुसेल स्टेडियममा फ्रान्सविरुद्ध हुने फाइनल खेल विश्वकपको ट्रफी हात पार्ने अन्तिम मौका हो। जुन ट्रफी उनको करियरबाटै टाढै रहको छ।

मेस्सीले आफ्नो टिमलाई विश्व विजेता बनाए भने उनी यो पुस्ताको महान खेलाडी बन्ने छन्। किनकी क्रिस्टियानो रोनाल्डो र मेस्सीबीचमा लामो समयदेखि महान खेलाडीका बारेमा प्रतिस्पर्धा चलिरहेको छ। रोनाल्डोले आफ्नो देशलाई कहिल्यै फाइनलमा पुर्‍याएका छैनन्। मेस्सीले भने दुई पटक फाइनलमा पुर्‍याएका छन्।


अर्जेन्टिना र फ्रान्सबीच विश्वकप उपाधि भिडन्त: पूरा होला त मेस्सीको सपना ?


३७ वर्षीय रोनाल्डो जारी विश्वकपको क्वार्टरफाइनलमा मोरक्कोसँगको खेलको पहिलो हाफमा पोर्चुगलको बेन्चमा थिए। दोस्रो हाफमा मैदान प्रवेश गरे पनि खेल जिताउन सकेनन्। विश्वकपको ट्रफी उचाल्ने आफ्नो अन्तिम मौका समाप्त भएकाले उनी मैदानबाट आँसु झार्दै बाहिरिए। तर, मेस्सीले अर्जेन्टिनाको जर्सीमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई फाइनलमा पुर्‍याएका छन्।

अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनी भन्छन्, ‘जब हामीले उसलाई खेलेको देख्छौं, उसले हामीलाई र खेलाडीहरूलाई केही विशेष महसुस गराउँछन्, उसको बारेमा केही छ, जुन विश्वका मानिसहरूले मन पराउँछन्।’

डिएगो म्याराडोनासँगै अर्जेन्टिनाका दुई सबैभन्दा प्रतिष्ठित फुटबल स्टारका रूपमा मेस्सीको स्थान केही समयदेखि सुरक्षित छ। तर, उनले आफ्नो राष्ट्रिय टोलीलाई विश्वकपको उपाधि दिलाएर म्याराडोनाको सबैभन्दा ठुलो उपलब्धिको अनुकरण गर्न सकेका छैनन्।

सन २०१० मा दक्षिण अफ्रिकामा म्याराडोना प्रशिक्षक र स्टार खेलाडीको रूपमा मेस्सीको सम्भावित ‘सपना टोली’ थियो। तर, अर्जेन्टिना जर्मनीसँग ४–० ले पराजित हुँदै क्वार्टरफाइनलबाट बाहिरिएको थियो।

सन २०१४ मा ब्राजिलमा भएको विश्वकपमा मेस्सीले अर्जेन्टिनालाई फाइनलमा पुर्‍याए। फाइनलमा फेरि जर्मनीसँग भिड्यो। निर्धारित समय गोलरहीत बराबरीमा सकिएपछि मेस्सीको अर्जेन्टिना अतिरिक्त समयमा १–० ले पराजित भयो। र, मेस्सीको विश्वकप जित्ने सपना अधुरै रह्यो।

तर, ३५ वर्षीय मेस्सी फेरि एक पटक विश्वकप विजेता बन्ने अन्तिम मौका आएको छ। जारी विश्वकपमा पाँच गोल र तीन असिस्टसहित उनी गोल्डेन बुटको प्रमुख दाबेदार पनि छन्। फ्रान्सका फरवार्ड किलियन एमबाप्पेले गोल्डेन बुटका लागि मेस्सीलाई पछ्याइरहेका छन्। एम्बाप्पेले पाँच गोल र दुई असिस्ट गरेका छन्।

यस्तै जुलियन अल्भारेजलाई स्थापित गराउन पनि मेस्सीको भूमिका महत्वपूर्ण छ। चार गोलसहीत अल्भारेजको उदय अर्जेन्टिनाको प्रगतिको लागि महत्त्वपूर्ण छ।


फुटबल इतिहासमा अर्जेन्टिना भर्सेस फ्रान्स !


चार च्याम्पियन्स लिग उपाधि र विश्वका उत्कृष्ट खेलाडीका लागि सात बालोन डीओर अवार्ड जितिसकेका मेस्सीले आफ्नो व्यक्तिगत ट्रफीको संग्रह पूरा गर्ने लक्ष्य राख्दै गर्दा अर्जेन्टिनाले तेस्रो विश्वकपको लागि लामो प्रतीक्षा अन्त्य गर्न खोजिरहेको छ।

यदि मेस्सीले विश्वकप नजितेर सन्यास लिए भने अर्जेन्टिनाले अझै विश्वकपका लागि कति कुर्नुपर्ने हो ? प्रश्न खडा भएको छ।

कतारको सडकमा मार्चपास गर्दै प्रतियोगितालाई उज्यालो पारेका अर्जेन्टिनाका फ्यानहरूमा प्रतीक्षाको भावना बढ्दै गएको छ। मेस्सीले यो विश्वासलाई कायम राख्न खोजिरहेका छन्।


गोल्डेन बुट दौडमा मेस्सीले उछिने एम्बाप्पेलाई !

Photo: aljazeera/agency  

प्रकाशित मिति: : 2022-12-16 18:12:00

प्रतिकृया दिनुहोस्