अर्जेन्टिना र फ्रान्सबीच विश्वकप उपाधि भिडन्त: पूरा होला त मेस्सीको सपना ?

clutchpoints
clutchpoints

कतारमा जारी फिफा विश्वकप फुटबल- २०२२ काे उपाधिकाे लागि अर्जेन्टिना र फ्रान्सबीच भिडन्त हुने भएकाे छ।

बुधबार राति भएकाे दाेस्राे सेमिफाइनलमा माेरक्काेकाे चुनाैती २-० गाेलअन्तरले पन्छ्याउँदै साविक विजेता फ्रान्स फाइनलमा पुगेकाे हाे।अर्जेन्टिना यसअघि नै सेमिफाइनलमा क्रोएसियालाई ३-० गाेलले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेकाे थियाे। अब आइतबार लुसिल स्टेडियममा हुने फाइनल खेलमा अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ।

यसै पनि विश्वकप फुटबलकाे फाइनल प्रतिस्पर्धा सबैभन्दा महत्वपूर्ण हुन्छ नै त्यसमाथि यसपटककाे विश्वकपकाे फाइनल प्रतिस्पर्धालाई विशेष रुपमा लिइएकाे छ। विशेष, यस अर्थमा छ कि अर्जेन्टिनी स्टार खेलाडी लियाेनल मिस्सीले याे विश्वकप आफ्नाे लागि अन्तिम भएकाे घाेषणा गरिसकेकाे छन्। त्यसैले यसअघि आफ्नाे टिमलाई अधिकांश प्रतिस्पर्धाकाे उपाधि जिताइसकेका उनले विश्वकपकाे उपाधि पनि चुम्न सकुन् भन्ने चाहना उनकाे कराेडाैँ समर्थककाे रहेकाे छ।

विश्वका सबै प्रतियाेगितामा चमत्कार गरेर अनेकाैँ उपाधि चुमिसकेकाे मिस्सीकाे विश्वकपकाे उपाधि जित्ने सपना रहेकाे छ। सबै खेलमा जादु गरे पनि आफ्नाे देशकाे लागि विश्वकप जिताउन नसकेकाे भन्दै उनीमाथि बेला-बेलामा आलाेचना भइरहन्छ। त्यसैले पनि मेस्सीले यसपटक जुनसुनै हालतमा विश्वकप जित्ने सपनाका साथ मैदानमा उत्रिएका छन्। हेराैँ उनकाे याे सपना पूरा हुन्छ या हुँदैन।

कतार विश्वकप उपाधिका लागि आइतबार फ्रान्स र अर्जेन्टिना आम्नेसाम्ने हुदैँछन्।अन्तिम विश्वकप खेलिरहेका मेस्सीको सपना पूरा हुन्छ वा एम्बाप्पेको जादुले त्यसलाई छेक्छ, विश्वभरका फुटबलप्रेमीहरू अबका केही दिन यसैको प्रतीक्षामामा हुनेछन्।

त्यस्तै सानै उमेरमै विश्वकप फुटबलमा जादु गरेर सबैकाे मन जित्न सफल फ्रान्सका केलियन एम्बाप्पेले याे विश्वकपमा पनि जादु गरेर फ्रान्सलाई लगातार दाेस्राे पटक उपाधि जिताउन चाहन्छन्। अहिलेका सबैभन्दा चर्चित र महंगा खेलाडी एम्बाप्पेले याे विश्वकप जितेर फुटबल जगतमा आफ्नाे नामलाई विशिष्ठ स्थानमा सुरक्षित गर्न चाहन्छन्।

फिफा वरियतामा फ्रान्सभन्दा माथि (फिफा वरियता ३) रहेकाे अर्जेन्टिना दुई पटककाे विश्वकप विजेता राष्ट्र हाे। अर्जेन्टिना ३६ वर्षपछि विश्वकप जित्ने याेजनसहित उत्कृष्ट प्रदर्शन गरिरहेकाे छ। अर्जेन्टिना सन् २०१४ काे विश्वकपमा पनि फाइनलमा पुगेका थियाे तर जर्मनीसँग पराजित भयाे। त्यसकाे ८ वर्षपछि अर्जेन्टिना फाइनल पुगेकाे हाे।

साविक विजेताकाे रुपमा फ्रान्सले याे विश्वकपमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेकाे छ। फ्रान्स सन् २०१८ काे विश्वकप विजेता टाेली हाे। फ्रान्सले यसपटक अर्जेन्टिनालाई पराजित गर्दै लगातार दाेस्राे पटक विश्वकप जित्न चाहन्छ।

प्रकाशित मिति: : 2022-12-15 08:20:00

प्रतिकृया दिनुहोस्