राजाको उत्पति
नेपाल संसारको सबैभन्दा पुरानो नामाङ्गित देश हो। कलियुग अगाडि करिब ३ हजार १३७ वर्ष अगाडि नेपाल देश रहेको र यलम्वरको राज्य रहेको शास्त्रीय मान्यता छ। नेपालको राजन इतिहास लामो छ तर खोजको अभाव छ। यसको इतिहास पृथ्वीको आगमन र इतिहासका सबै युगमा जीवित रहेको तथ्य प्रथम लिखित वेदमन्त्रले प्रमाणित गरेको छ।
ऋग्वेद पहिलो लिखित दस्तवेज हो। ऋग्वेदमा भाषामा इन्डो-इरानी विशेषता छन्। जुन अन्य वैदिक ग्रन्थभन्दा फरक छ। ऋग्वेदिक अवधि र स्थान एकिन गर्न सकिएको छैन। यसताकाका राजाले जनजातिहरूको मुलीको प्रतिनिधित्व गरेका थिए। यस कालका राजा प्रारम्भिक व्यवहारिक चालमा थिए।
स्वर्गइच्छाको पार्थिव प्रतिनिधि, देवताको वंशज र देवता अवतारको रूपमा परिभाषित गरिएको थियो। सृष्टिको रचना ब्राह्मले गरेको, रचनाको पहिलो मानिस मनु भएको, पहिलो राजा अयोनिज पृथ्वीका पति पृथु रहेको र पहिलो राज्य गङ्गा र जमुनाबीचको दोभानमा रहेको मानिन्छ। पृथुलाई पहिलो पवित्र राजाको रूपमा मानी उनकी श्रीमतीलाई पृथ्वी भनिएको विश्वास गरिन्छ। पृथु पछि श्रीमती पृथ्वीबाट भागेर गाई, अन्न र वनस्पति बनेको मिथक रहेको छ। उनले सारा पृथ्वीको राजा भई जातिमाथि राज्य गरेको मानिन्छ।
सभ्यताको अध्यनले मानव सभ्यताको बिकासमा राजा सामान्यतया सबैभन्दा बलियो मानिस वा उत्कृष्ट शिकारीबाट विकसित भई जनजातिका नेता र समयसँगै कुल र पछि राष्ट्रहरूको धारणा बनेको भन्ने मान्यता सभ्यताको अध्यायनबाट देखाउछ। ब्रह्माण्डको राजाको उपाधि प्रयोग गर्ने पहिलो शासक अक्काडका अक्काडियन सार्गन थिए। उनलाई 'ब्रह्माण्डको राजा' भनेर मानिन्छ। राजालाई राजाहरूको राजा भनिन्थो। भारतवर्ष, मेसोपोटामिया अश्शूर र बेबिलोन, हेलेनिक, आर्मेनिया, जर्जिया, पाल्माइरा, इथियोपिया, चम्पा राज्यका राजाले पनि आफू राजाको राजा भएको दावी गरेको पाइन्छ।
स्त्री लिंगी राजाले राजाहरूको राजाको उपाधिबाट सम्मानित थिए। अलुपा राजवंशकी महिला राजा बल्लमहादेवीले मर्दाना उपाधि महाराजाधिराज प्रयोग गरेकी थिइन्। भौमा-कारा वंशमा महिला सम्राटहरू त्रिभुवन महादेवी, डंडी महादेवी वा धर्म महादेवीले स्त्री उपाधि परमेस्वरीको साथ महाराजाधिराजको उपाधि प्रयोग गरेकी थिइन्। इजिप्टमा हत्शेपसुट र यहूदामा अथालियाह हत्शेपसुटले चित्रण गरेझैं धेरै उपाधि पाएकी थिइन्। उनले झूटो दाह्री र नाङ्गो छाती सहित मिश्रका राजाहरूको पोशाक लगाएर राज्य गरेको थिइन्।
प्राचीन राजतन्त्र वंशानुगत र वंशवादी थियो। प्राचीन राजा आकारमा भिन्न थिए। कतिपयले सहर-राज्य कसैले विशाल साम्राज्यमा शासन गरेका थिए। राजाबीच पदानुक्रम थियो। विजयी राजाले आफूले जितेका राजालाई बसमा राख्न र विजेताप्रति दायित्व राखेका थिए। सम्राटलाई भूमिको मालिक मानिन्थ्यो। राज्यमा व्यवस्थामा सबै नागरिकको लागि न्याय सुनिश्चित गर्ने अपेक्षा गरिएको थियो। हाम्मुराबीको प्रख्यात संहिता राम्रो उदाहरण हो। राजाहरूलाई सेनाका नेता भनेर बुझिन्थ्यो।
राजसंस्था
राजा राजसंस्थाको रुपमा सर्वप्रथम चीनमा शाङ राज्यको स्थापनासँगै विकसित भएको मानिन्छ। ओरेकल-बोन शिलालेखअनुसार शाङ जनताले शाङ्दी र राजाबीचको रगतको सम्बन्धमा विश्वास गरेको देखिन्छ। डेभिड एन केइटलीका अनुसार स्वर्गको जनादेशको सिद्धान्त बमोजिम झोउ राजवंशको सृष्टि गरेको मानिन्छ। सार्वभौमसत्ताको शास्त्रीय अवधारणा किनहान कालमा आकार लिएको मानिन्छ। सार्वभौमले सर्वोच्च शक्ति ह्वाङ्दी (सम्राट) को उपाधि ग्रहण गरेका थिए।
पुरातन कोरियामा धेरै राज्यहरूले राजनीतिक सर्वोच्चताको लागि एकअर्कासँग प्रतिस्पर्धा गरी सिला राज्यमा एकताबद्ध भएका थिए। जापानी राजतन्त्रको उदय पनि यसैगरी भएको थियो। सार्वभौमसत्ताको शास्त्रीय जापानी अवधारणाले राजालाई राष्ट्रिय देवतासँग विशेष सम्बन्ध रहेको स्थापित गराएको थियो। इजिप्टमा, राजा फारोलाई पनि ईश्वरीय राजा मानिन्थ्यो। व्यवस्था कायम राख्ने राजाको कार्यले देवताहरूको तुष्टीकरण गरेको थियो।
राजाले पनि देवताका मन्दिर निर्माण र मर्मत गर्ने अपेक्षा गरिएको थियो। राजाको शिर देवताको पूजामा विशेष भूमिका थियो। राष्ट्रिय देवताको रुपमा इजरायलको यहोवालाई लिइएको थियो। राजतन्त्रको जिम्मामा शाही निवास वा दरबार, मुकुट, सिंहासन, राजदण्ड र फ्लाइल समावेश थियो। मूर्तिहरू, राहत, शिलालेख र अन्य कागजात सँगसँगै यी चीजहरू उपयोगी प्रचार थिए। राजाका उपलब्धिलाई उच्च पार्ने र देवताद्वारा उहाँको चुनाव र अनुग्रहको चित्रण गर्ने गरेका थिए।
राजन काल
प्रमाणिक ऋग्वेदले पूर्ववैदिक कालमा राजाको उत्पति भएको बताएको छ। राजन प्रणालीमा परिवारको नेतृत्व जेठो पुरुष सदस्यलाई राजा मानेको थियो। घरका सबै सदस्यलाई कडा अनुशासन कायम राख्थ्यो। उनलाई सबै अधिकारीले राजा स्वीकर गरेका थिए। राजन प्रणालीमा पुरोहित, सेनानी र ग्रामिना प्रमुख थिए। पुरोहितको पद उच्च सम्मान र सम्मानका साथ राखिएको थियो।
परवहिताको स्थिति परिवारमार्फत पारित गरिएको थियो। पुरोहितले राजाको मुख्य सल्लाहकार र अस्थायी गुरु आध्यात्मिक प्रशिक्षकको रूपमा सेवा गरेका थिए। वैदिक कालमा विश्वामित्र र वसिष्ठ ऋषि ऋग्वेदमा उल्लेखित दुई महत्वपूर्ण पुरोहिता थिए। लोकप्रिय सभाको रुपमा राजासँग अथाह क्षमता थियो। दुई लोकप्रिय सभा र समितिले उनको शक्ति सीमित गरेका थिए।
पौराणिक कथाअनुसार इन्द्र, अग्नि, सोम, यम र वरुवालाई 'राजा' भनेर सम्बोधन गरिएको छ। वेदमा राजपरिवारलाई शासकको रूपमा काम गर्ने देवताहरूको प्रतिनिधित्व गरेको मनिन्थो। शासकको सार्वभौमसत्ता पूर्ण रूपमा स्थापित भइसकेको थियो। धर्मशास्त्रहरूले आफ्नो प्रजाको रक्षा, दण्ड र धर्मको संरक्षण गर्नु राजाको जिम्मेवारी हो भनिएको छ। राजाको आदेशहरूको पछाडि कानुनको बल मात्र छ।
कानुनी निर्णयहरू शास्त्रहरूमा लेखिएका कुराहरूमा मात्र आधारित हुनुपर्छ व्यक्तिगत इच्छा र अधिकारमा होइन। 'राजा' शब्द ऋग्वेदमा कुनै पनि देवतासँग सम्बन्धित छैन। राजाले राज्यको लागि कुनै सार्वजनिक त्याग गरेको देखिँदैन। वैदिक राजा भिटपाटिसको परिषदको वंशानुगत प्रमुख भएको देखिन्छ।
उनको हैसियत मूलत उनको सैन्य नेतृत्व क्षमतामा आधारित थियो। राजालाई जनताको रक्षकको रूपमा चिनिन्छ। उनको कार्य विवरणमा निर्णय समावेश छैन। सभा र समिति मुख्यतया विवाद समाधानमा चिन्तित थिए। सिभिल र फौजदारी दुवै मुद्दाहरूमा, आत्म-सहायताको धारणा धेरै प्रयोग भएको थियो।
ऋग्वैदिक कालमा पनि महिलाहरू सभामा उपस्थित हुन्थ्यो। 'सभा' र 'समिति' विशेष स्थान र बैठक को नाम थियो। समितिको बैठक नियमित रुपमा बस्ने र प्रशासनिक विषयमा खुलेर छलफल हुने गरेको थियो। 'समिति' सबै जनजातिका बासिन्दाहरूको बैठक (विशा) थियो। त्यहाँ मानिसहरू विभिन्न समस्या र समस्याहरू सम्बोधन गर्न, खेल्न, खाने र पिउन भेला हुन्थ्यो।
अर्कोतर्फ, 'सभा' संवेदनशील मुद्दाहरूलाई सम्बोधन गर्ने व्यक्तिहरूको चयन गरिएको समूहबाट बनेको थियो। युद्धमा जाने वा सन्धि गर्ने, तौल-मापसम्बन्धी कानुन बनाउने, न्यायिक मामिलामा राजालाई सहयोग गर्ने आदि जस्ता निर्णयहरू कार्यान्वयन गर्ने निर्णयहरू यहाँ भएका थिए। राजालाई सभा र समिति दुवैले चुनेको हुनाले दुवै सभाको राजामाथि अधिकार थियो।
अन्य सभाहरूमा विधाता (युद्ध लूट वितरणको लागि) र गण (सर्वोच्च सल्लाहकार निकाय) समावेश थिए। शासन सुनिश्चित गर्न राजालाई मन्त्री वा मन्त्रीहरूले समर्थन गरेका थिए। मन्त्रालयमा पुरोहित (पुजारी) राजाको सबैभन्दा भरपर्दो सल्लाहकार हुनुहुन्थ्यो। उनलाई राजालाई राजनीतिक र धार्मिक सल्लाह दिने जिम्मा दिइएको थियो।
सेनापति (कमाण्डर) सेनाका कमाण्डर थिए। डुटा (जासूस) जासूसहरूलाई ज्ञान सुचारु रूपमा प्रवाह भएको सुनिश्चित गर्न काम दिइएको थियो। ग्रामिणी (गाउँ-प्रमुख) राजाको प्रतिबन्धित नियन्त्रण क्षेत्रलाई ध्यानमा राख्दै, ग्रामिणीलाई राजाको सेवकाईमा पनि नियुक्त गरियो। न्यायपालिका राजाले आफ्नो मन्त्रालय र समितिको सहयोगमा न्यायिक मामिलाहरू हल गर्थे। कानुन वैदिक साहित्य, अभ्यास, र अनुभवबाट लिइएको थियो। लुटपाट, लुटपाट, जालसाजी, गाईवस्तु उठाउने, र ऋण लिने अपराधहरूमा गम्भीर मृत्युदण्डको सजाय दिइन्थो।
राजा काल
ल्याटिनको रेक्सले शासक, संस्कृतको राजनले राजा, आयरिश राईले राजा र डचको रिज्कले राजा बुझ्ने गरिएको छ। राजा अङ्ग्रेजी शब्द जर्मनिक मूलको हो। जर्मनिक राजतन्त्र जर्मनिक पुरातनताबाट विरासतमा प्राप्त गरेको राजन विधिको पवित्र राजतन्त्रको धारणा थियो। प्रारम्भिक मध्य युग पूर्व पश्चिमी रोमन साम्राज्यको बर्बर राज्यहरूमा विभाजनबाट सुरु पछि पश्चिमी यूरोपमा, फ्रान्कहरूको राज्यमा क्यारोलिङ्गियन साम्राज्यमा विकसित भयो। एङ्ग्लो-स्याक्सन इङ्गल्याण्डका राज्यहरू इङ्गल्याण्डमा राज्यमा एकीकृत भएका थिए।
राजा भन्ने शब्द पुरानो एङ्ग्लो-स्याक्सनको साइनिङ शब्दबाट आएको हो। साइनिङ शब्द सामान्य जर्मनिक कुनिंगाजबाट आएको शब्द हो। कुनिंगाज सामान्य जर्मनिक शब्दको प्रारम्भिक एस्टोनियाई र फिनिशबाट लिएको शब्द हो। पुरानो अंग्रेजीमा यसको शाब्दिक अर्थ 'महान आफन्तहरूको वंशज' वा 'एक महान जन्मको छोरा वा वंशज' भनिन्छ।
इतिहासमा पहिलो राजाको रुपमा पौराणिक मेसोपोटामियाली शासक सुमेरियन सामाज्यका अलुलिमलाई परिभाषित गरिएको छ। शार्लेमेन वा चार्ल्स द ग्रेट फ्रान्कका राजा, लोम्बार्ड्सका राजा र पहिलो पवित्र रोमन सम्राट थिए। उनको सैन्य उपलब्धि र विजयहरूको कारणले 'युरोपको पिता' भनिन्छ।
राजाले सरकारको शक्तिलाइ बिना नियन्त्रण सार्वभौमसत्ता राख्छ। शक्ति निश्चित कानुनद्वारा रोकिएको छ भने उ सीमित राजा हो। राजाले विधायिका, न्यायिक र कार्यकारी शक्ति राख्छ। प्रागैतिहासिक, पुरातनता र समकालीन आदिवासी जनजातिहरूको सन्दर्भमा आदिवासी राजतन्त्रलाई जनाउन सक्छ। जर्मनिक राजतन्त्र आदिवासी शासनको इन्डो-युरोपियन परम्परासँग परिचित छ।
शास्त्रीय पुरातनताको सन्दर्भमा राजाले ल्याटिनमा रेक्स, ग्रीकमा आर्कोन र बेसिलियसको रूपमा रहने गरेको पाइन्छ। युरोपेली सामन्तवादमा राजाको उपाधिलाई सामन्ती व्यवस्थामा उच्चतम पदको रूपमा बुझिन्छ। पश्चिममा, सम्राट, महान् राजकुमार, राजकुमार, आर्चड्यूक, ड्यूक वा ग्रान्ड ड्यूक र इस्लामिक संसारमा, मलिक, सुल्तान, अमीर वा हाकिम, आदि भन्ने गरिन्छ। एजटेक साम्राज्यका सहर-राज्यहरू प्रत्येकमा त्लाटोनी थिए। पूर्व-हिस्पानिक मेसोअमेरिकाका राजाहरू थिए। राजा शब्दले राजा पत्नीलाई पनि जनाउन सक्छ।
आज पनि पश्चिमी परिभाषित राजाहरुको शासन छ। हाल १७ देशमा राजाको सार्वभौम राज्यहरू छन्। अधिकांश राजालाई संवैधानिक राजतन्त्रका रुपमा परिभाषित गरिएको छ। निरपेक्ष राजतन्त्रमा साउदी अरेबियाका राजा, बहराइनका राजा र इस्वातिनीका राजालाई भन्ने गरिएको छ। मोनाको, नर्वे, स्वीडेन, स्पेन, नेदरल्याण्ड्स, बेल्जियम, साउदी अरेबिया, जोर्डन, मोरक्को, बहराइन, थाइल्याण्ड, भुटान, कम्बोडिया, टोङ्गा, लेसोथो, मस्थासो, युनाइटेड किंगडम, डेनमार्क पश्यमी अधिनस्थ राजा छन्।
अन्त्य,
नेपालमा राजा थिएन र होइन तर राजन हो। ग्रिस तथा रोमन सम्राज्यका राजाहरु पूर्वीय राजन प्रणालीका पथमा थिए। त्यसैले किर्सियानिटीको घोषणासाथ राजा समाप्त गरिएको थियो। नेपालको राजा रोमन साम्राज्यको अन्तपछि युरोपियन ठालुतन्त्रको समान्तवादले स्थापित गरेको राजा होइन। नेपालको राजा युरोपियन अबधारणा बमोजिमको राजा थिएन र नेपालीले चाहेको पनि होइन।
नेपालको राजा पूर्वीय सभ्यताको राजन प्रणालीअन्तर्गतको स्वर्गको प्रतिनिधिको रुपमा काम गर्ने, देवताको प्राथिव शरीरका रुपमा देखिने, जनपथको सुरक्षा गर्ने र जनजातिको एकता कायम गरी शासन नगर्ने र राज्य गर्ने राजा हो। यसको प्रमाणित श्री ५ ज्ञानेन्द्र शाहको देशभक्ति नागरिकतन्त्रीय र विवेकशीलताले प्रमाणित गरेको छ।
समय समयमा टोरी, टपरी, मनोरोगीले विवादमा ल्याउने र ग्रहणीय शिक्षित र दलालीय दीक्षित शून्यवादी दलालले विवादमा ल्याउने प्रयास गर्दा पनि हारिरहेको अवस्था पुष्टि भइसकेको छ। शासन नगर्ने र राज्य गर्ने राजा सदैव सार्वभौमसत्ता सम्पन्न हुन्छन्। राजन कहिल्यै पनि संवैधानिक, निरपेक्ष, सेरोमोनियल भन्ने हुँदैन भन्ने तथ्य बेलायतको म्यग्नाकार्टा १२१५, निवेदनको अधिकारपत्र १६२७ र अधिकारको घोषणापत्र १६८८ ले पनि प्रमाणित गर्दछ।
यद्यपि एवंम तथापि नेपालको राजन तथा राजसंस्थालाई अन्त्य गर्न साम्राज्यवादी, विस्तारवादी र पुँजीपतिका दलालहरुले संवैधानिक राजतन्त्रको शब्दवलि घोकाइएको मन्त्र थियो। पहिला संवैधानिक राजसंस्थापछि निरङ्कुशतन्त्रमा परिभाषित गरी नेपालबाट राजन प्रणाली जसरी अन्त गरियो, दलालहरुको अपराधतन्त्र स्थापित गरी कथित लोकतन्त्रलाई दुर्जन प्रजातन्त्र, आयतित लोकतन्त्र र आतंकवादी गणतन्त्रमा आपराधिक सुशासन मच्चाइरहेका छन्। त्यसको अन्त्य र राजन प्रणाली स्थापना आजको आवश्यकता हो।