राजनीतिक दल: टोरी कि टपरी

Break n Links
Break n Links

प्रारम्भ र विकास

सरकारी नीतिहरूलाई प्रभाव पार्ने र सत्तालाई नियन्तण गर्ने संगठित समूहका रूपमा राजनीतिक दलहरूको उत्पत्ति भएको हो। राजनीतिक शास्त्रको नवीन मान्यताको आधारमा विश्वको सबैभन्दा पुरानो राजनीतिक पार्टीको रुपमा संयुक्त राज्य अमेरिकामा डेमोक्रेटिक पार्टीलाई मानिन्छ। यो १८२८ मा स्थापित भएको थियो।

संयुक्त अधिराज्यको हालको कन्जरभेटिभ पार्टीको विकास टोरीको जराबाट १७औँ शताब्दीको अन्त्यतिर भएको थियो। प्रारम्भमा राजनीतिक दल प्रतिनिधि सरकार, लोकतान्त्रिक संस्था र राजनीतिक विचारधाराको बृहत्तर विकासको एक भागको रूपमा जन्मेका थिए। प्राचीन ग्रीस र रोममा पार्टी संरचना हेर्दा आधुनिक राजनीतिक दलहरू पुरातन ग्रीस र रोममा अवस्थित थिएनन्। त्यहाँ राजनीतिक गुटहरू र समूहहरू थिए, जसले शक्ति वा निर्णयलाई प्रभाव पारेका थिए।

प्राचीन ग्रीसको एथेन्समा ईसापूर्व ५औँ शताब्दीमा विभिन्न नेतासँग सम्बन्धित अनौपचारिक गुट थिए तर कुनै औपचारिक संरचना थिएन। राजनीतिक जीवन अधिक तरल थियो। नेताहरूले समर्थनको लागि नागरिकको विभिन्न समूहलाई अपील गर्ने गरेका थिए। प्राचीन रोमका गणतन्त्र अन्त्यको समयमा गुट थिए। विशेष गरी ती राजनीतिक समूह थिए, उदारणको लागि पोपुलसर सामान्य जनताको प्रतिनिधित्व गर्ने र ओटिमट कुलीनको प्रतिनिधित्व गरेका थिए। केही हदसम्म तिनले पार्टीको जस्तै काम गर्थे तर औपचारिक संरचना बिनाका राजनीतिक दल थिए।

विश्वमा आधुनिक राजनीतिक दलको प्रारम्भ बेलायतबाट १७ र १८औँ शदाब्दीमा भएको हो। राजनीतिक गुटबाट नै दलको प्रारम्भ भएको हो।  बेलायतको संसदीय प्रणालीको विकासको क्रममा राजनीतिक दलहरूले आफ्नो आधुनिक आकार लिएका हुन्। प्रारम्भमा व्हिग्स र टोरीज दुई प्रारम्भिक राजनीतिक दलहरू १७औँ शताब्दीको अन्ततिर इङ्गल्याण्डमा देखा परेका थिए। व्हिग्सले संसदीय सर्वोच्चतालाई समर्थन गरेको थियो।

प्रोटेस्टेन्ट उत्तराधिकारप्रति सहानुभूति राखेका थिए भने टोरीहरूले शाही विशेषाधिकार र एङ्गलिकन चर्चलाई समर्थन गरेका थिए। १७औँ शताब्दीमा राजतन्त्र, धर्म र सरकारका मुद्दाहरूमा छुट्टाछुट्टै अडान अपनाएपछि व्हिग्स र टोरीजबीचको प्रतिस्पर्धा बढ्यो। कालान्तरमा यी गुटहरू थप औपचारिक र राजनीतिक दलहरूको रूपमा मान्यता प्राप्त पाए। संसदीय लोकतन्त्रको ढाँचाभित्र राजनीतिक स्वार्थ र शक्ति व्यवस्थापन गर्न संगठित समूहहरूको बढ्दो आवश्यकताबाट बेलायतमा दलहरूको विकास प्रभावित भएको थियो।

फ्रान्समा राजनीतिक दल क्रान्ति र राजनीतिक क्लबबाट विकास भएका हुन्। फ्रान्सेली क्रान्ति (१७८९) ले राजनीतिक दलको औपचारिकीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको थियो। क्रान्ति अघि फ्रान्सको राजनीतिमा राजतन्त्र र कुलीन वर्गको प्रभुत्व थियो। क्रान्तिले धेरै संगठित राजनीतिक आन्दोलनको उदय देख्यो। धेरैले राजनीतिक क्लबहरू जस्तै ज्याकोबिन क्लबको रूप लिएका थिए। जहाँ राजनीतिक विचारलाई औपचारिक विचारधारामा रुपान्तरण गरायो।

क्रान्तिको समयमा, जिरोन्डिन्स र जेकोबिन गुट क्रान्तिको गतिलाई आकार दिन महत्त्वपूर्ण थिए। म्याक्सिमिलियन रोबेस्पियरको नेतृत्वमा ज्याकोबिन अझ कट्टरपन्थी गुट बनेको थियो। यी प्रारम्भिक क्लबले आधुनिक राजनीतिक दल विशेष गरी वामपन्थी कट्टरपन्थी पार्टीको लागि आधार तयार गरेका थिए। संयुक्त राज्य अमेरिकामा राजनीतिक दलको सुरुवात १७९० को दशकमा आकार लिन थाल्यो।

अमेरिकामा संघीयतावादी र विरोधी संघीयतावादी १७८७ मा अमेरिकी संविधान अपनाएपछि अलेक्ज्याण्डर ह्यामिल्टनको नेतृत्वमा संघीयतावादीको बलियो केन्द्रीय सरकार बनाएर थप औद्योगिक अर्थतन्त्रलाई समर्थन गरेका थिए। संघीयता विरोधीपछि थोमस जेफर्सनको नेतृत्वमा प्रजातान्त्रिक-रिपब्लिकन पार्टी बनाएका थिए। यो संयुक्त राज्य अमेरिकामा पार्टी राजनीतिको सुरुवात थियो। जहाँ संघीयतावादी पछि व्हिग्सद्वारा प्रतिस्थापित र प्रजातान्त्रिक-रिपब्लिकन जुन डेमोक्रेटिक पार्टीमा विकसित भयो।

विश्वव्यापी राजनीतिक पार्टी गठनको प्रक्रिया १९औँ शदाब्तीबाट भएको हो। राजनीतिक दलहरू विश्वका धेरै भागहरूमा, विशेष गरी संसदीय वा प्रतिनिधि प्रणालीको विकास गरिरहेका देशहरूमा औपचारिक बनिसकेका थिए। युरोपमा १९औँ शताब्दीको दौडान, समाजवादी र उदारवादी आन्दोलनहरूको उदयले थप संरचित राजनीतिक दलहरूलाई जन्म दिएको थियो। जर्मनीमा सोसल डेमोक्रेटिक पार्टीको स्थापना १८७५ मा भएको थियो।

बेलायतमा श्रमिक-वर्ग आन्दोलनको प्रतिनिधित्व गर्न १९०० मा लेबर पार्टी गठन गरिएको थियो। ल्याटिन अमेरिकामा १९औँ शताब्दीमा देशहरू औपनिवेशिक शासनबाट मुक्त हुँदा राजनीतिक दलहरू गठन भएका थिए। कन्जरभेटिभ र उदारवादी पार्टीहरूले १९औँ शताब्दीको धेरैजसो धेरै देशहरूमा विकास र शासनका लागि प्रतिस्पर्धात्मक दृष्टिकोणका साथ राजनीतिमा प्रभुत्व जमाइसकेका थिए।

एसिया र अफ्रिकामा १९ र २०औँ शताब्दीको प्रारम्भमा युरोपेली शक्तिहरूले एसिया र अफ्रिकाका केही भागहरूमा उपनिवेश गरेपछि औपनिवेशिक शासनको प्रतिरोधको सन्दर्भमा राजनीतिक दलहरू गठन हुन थाले। उदाहरणको लागि भारतमा भारतीय राष्ट्रिय कांग्रेस १८८५ स्थापित भएको थियो। भारतीयहरुको लागि नागरिक अधिकारको लागि एक मञ्चको रूपमा सुरूवात भएको थियो। पछि विस्तारै स्वतन्त्रता आन्दोलनको नेतृत्व गर्ने पार्टीमा विकसित भयो। २०औँ शताब्दीमा राजनीतिक विस्तार र विचारधारात्मक पार्टी प्रणालीको थप विस्तार भएको हो।

नेपालमा राजनीतिक दल

नेपालमा हालको निर्वाचनबाट कठपुतली ढंगबाट पहिली पार्टी नेपाली कांग्रेस भएको छ। यो पार्टी विशेष गरी साम्राज्यवादी, विस्तारवादी र पुँजीपतिसमक्ष लम्पसार हुने दलाल पार्टीका रुपमा रहेको छ। यसको विचारधारा सामाजिक लोकतन्त्र भएतापनि बेलायती फेवियन फासिस्टको प्रजतान्त्रिक समाजवादी विवादास्पद विचारधारा हो।

नेपाली कांग्रेस नेपालको सबैभन्दा पुरानो र प्रमुख लोकतान्त्रिक भनिने दलहरूमध्ये एक हो। यसको जन्म भारतमा नेपालविरूद्धको हर्कत गर्न भारतीय आड भरोसामा जन्म दिएको पार्टी हो। नेपालको राष्ट्रियताविरूद्धको हर्कतमा यस पार्टीको महत्वपूर्ण भूमिका छ। दलालीकरणबाट नेपालमा प्रमुख राजनीतिक शक्ति बनेको छ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) ले विचारधारामा मार्क्सवाद-लेनिनवादसहितको समाजवाद बोकेको पुँजीपतिको दलालको पार्टी हो। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को विचारधारामा साम्यवाद, मार्क्सवादी-लेनिनवादी, माओवाद राखेर आतंकवादबाट तस्कर गर्ने पार्टी हो। राष्ट्रिय जनता पार्टी नेपालको विचारधारामा क्षेत्रीयवादी, सीमान्तकृत समूह, विशेष गरी तराई जनताको अधिकारको वकालत गर्ने भनिएपनि मसिह पार्टी हो।

जनता समाजवादी पार्टी नेपाल पनि राष्ट्रिय जनता पार्टी सरह नै छ। समाजवादी पार्टी नेपालको विचारधारा समाजवाद र संघीयता भनिएको छ तर वैचारिक नरमपन्थ यसको विषेशता हो। यी सबै पार्टी टपरीवादी पार्टी हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीको राजतन्त्र, राष्ट्रवाद, रूढीवाद भनिएतापनि यो अवसरवादी र टोरीवादी पार्टी हो। सीमित प्रभाव भएका धेरै साना दलहरू छन्। तर तिनीहरूले प्राय गठबन्धनको अवसरमा भूमिका खोजेका अवसरवादी हुन्।

दलीय हर्कत: टपरीवाद वा टोरीवाद

टपरीवाद: नेपालको राजनीतिक दलको राजनीतिलाई टपरीवाद र टोरीवादले लाजनीतिको दुर्गतिमा पुर्याएको छ। टपरीवाद शब्दको उत्पति गर्ने श्रेय पत्रकार माधव बस्नेतलाई जान्छ। उनले कसै जात र वर्गमा रहेको व्यक्तिलाई टपरे भनी सम्बाेधन गरेबाट यो शब्दको सुरुवात भएको हो। त्यही टपरे शब्दको वैज्ञानिक अध्यायन म लेखकले पूर्वीय सभ्यताको अधिनमा रही गरेको हुँ।

भारतीय साहित्यका अनुसार टपरीवाद भनेको सानो स्तरको सडकको छेउमा झुपडीमा रहेको रहेको चिया पसलमा हुने सहकर्मीबीच हुने कुराकानीलाई जनाउछ। टपरीवाद सामाजिक सन्दर्भमा चिया पसलमा केही समय निकालेर आरामसँग बस्ने, चिया पिउने र कुराकानी गर्न समय र बिताउने ठाउँ हो। यो टपरीवाद समाजको दर्पणका रुपमा पनि रहेको हुन्छ।

टपरीवाद शब्द कहिलेकाहिँ व्यंग्यात्मक आलोचनामा पनि प्रयोग गरिन्छ। जब एक व्यक्ति कुनै कुरामा रिस वा असन्तुष्टिमा बोल्छ भने त्यो पनि टपरीवाद हो। कलात्मक र सांस्कृतिक संदर्भमा टपरीवाद कहिलेकाही कवि सम्मेलन या लोक साहित्य पनि देख्न सकिन्छ। कसैले मुद्दा विशेषलाई पनि टपरीवादको प्रतीकका रुपमा मानेका छन्। कसैले ढाट र नक्कली हर्कतका लागि पनि टपरीवादलाई प्रयोग गर्ने गरेका छन्। यसरी टपरीवादको गहिरो अर्थ रहेको छ। कुनै स्थानको सामाजिक, सांस्कृतिक, राजनीतिक र आन्तरिक पक्षलाई अभिव्यक्त गर्ने माध्यम टपरीवाद हो। जसले मानिसहरूको पहिचान र संवादलाई जन्म दिन्छ।

यसर्थ, टपरीवाद जात, धर्म, वर्ण र समुदाय होइन। टपरीवादी आचरण, व्यवहार, स्वभावको फुकवादी हर्कत् हो। चाहे वेद होस्, चाहे वर्ण होस्, चाहे जात होस्, चाहे समाज होस्, चाहे विचार होस्–सँधै र सबैमा फुकवादबाट विभाजन ल्याई आफूलाई केन्द्रमा राखिराख्ने चरित्र र अभ्यास टपरीवाद हो।

टपरीवादमा जन्मेको, हुर्केको र बढेको टपरीवाला पैसाका लागि जस्तोसुकै हर्कत गर्नपनि पछि नपर्ने खालका आपराधिक हुन्छन्। यो राजनीतिक नेतृत्वमा छ भने कर्मचारी तथा सैनिकको निर्माण कसरी गरेको हुन्छ भने टपरीवादको दलालले कुरा मात्र गर्ने र काम नगर्ने कामचोर, ढाट, ठग, किर्ते र जाली नक्कली, आग्रही–पूर्वाग्रही, प्रतिशोधी, पाखन्ड, दूषित, कलुषित र कुत्सित हुन्छ।

नेपालमा राजनीतिका स्थायी तथा अस्थायी दुवै सत्तामा टपरीवादी साजिसको विशेष योगदान छ र परिणाम मुलुक यो गतिमा छ। लोभका कारण विकाउ, ढाँट र नक्कली विधिमा टपरीवाद सक्रिय हुन्छ। टपरी कार्यालय प्रमुख भएको कार्यालय हेर्दा सबै प्रष्ट हुनुपर्ने विषय त्यसको भष्ट्रचार र किनबेचको चरित्र सत्य र तथ्यताबाट प्रमाणित हुन्छ।

टपरीवादले मुख चलाउने तर हात नचलाउने, आफ्नो फाइदाका लागि अर्कोलाई समाप्त गर्ने, सामन्तवाद, पूँजीवाद र विस्तारवादको चाकडी, चाप्लुसी, दलाली, खरिदबिक्री र घुसमार्फत् राज्य सत्तामा आसिन भई नवसामन्तवाद, नवपूँजीवाद, नवविस्तारवाद, आत्मसमर्पणवाद, लम्पसारवाद र कठपुतलीको साधन बनेर देशको हित, सुरक्षा, स्वाभिमान र सार्वभौमसत्ताको विरुद्ध फुकवादी, ठगवादी, झुटवादी, कण्ठमुल्लावादी, रशमुल्लावादी, रोमान्सवादी, अवसरवादी, राजपूँजीवादी, सारसंग्रहवादीको मैमत्तावादीको विचारसहितको संगति कायम गर्दछ। टपरीवाद लोभ, स्वार्थ, रिस, डाह, द्दैष र कलुषित भावनाको रसायनिक पुन: उत्पादन हो।

फाइदाका निमित्त पाइजामावादी विचार बोकेको प्रवृत्ति, स्वभाव र हर्कत हो। समग्रमा टपरीवाद कामचोर, कमिसनखोर, प्रतिशोधी, पूर्वाग्रही, यौनचोर, अन्यायी, अत्याचारी, जालसाची, किर्ते, नक्कली र अपराधी हुन्छ। प्राचीनकालको बह्मवादको ब्रह्माण्डवादबाट उत्पति भएको टपरीवादकै कारण आजको सच्चा परिणाम हो भनेर बुझ्न नसक्नु नै राज्य कलाको राजनीति होइन, टपरीवादको लाजनीति हो। यसमा नेपालका गणतन्त्रबादी राजनीतिक दल र तिनका कामचोर कर्मचारी छन्।

टोरीवाद: टोरी शब्द ऐतिहासिक सन्दर्भमा ब्रिटिश इतिहासको टोरी शब्दसंग छ। यसको उत्पत्ति १७औँ शताब्दीमा राजनीतिक समूहसँग थियो। यसले बेलायतमा संसदको विरुद्धमा राजतन्त्रलाई समर्थन गर्ने शाहीवादीहरूको गुटलाई जनाउँछ। यो शब्द सुरुमा अपमानजनक रूपमा प्रयोग गरिएको थियो तर पछि कन्जरभेटिभ पार्टीसँग सम्बन्धित भयो।

आधुनिक सन्दर्भमा कन्जरभेटिभ पार्टीका सदस्य वा समर्थकहरूको लागि बोलचाल शब्द हो। कन्जरभेटिभहरूलाई प्राय दैनिक कुराकानीमा 'टोरी' भनिन्छ। क्यानाडामा 'टोरी' शब्द कहिलेकाहिँ क्यानाडाको कन्जरभेटिभ पार्टीका सदस्यहरूलाई पनि जनाउन प्रयोग गरिन्छ। टोरी शब्दको इतिहास बेलायती राजनीतिक दलहरू, विशेष गरी कन्जरभेटिभ पार्टीको विकाससँग गहिरो रूपमा जोडिएको छ।

सन् १६०० को दशकको अन्तमा बेलायतमा राजनीतिक समर्थकहरूको गुटलाई बुझाउँछ। यो आयरिश शब्दबाट व्युत्पन्न भएको हो, जसको अर्थ 'अनुसरणकर्ता' वा 'बहिष्कारको पछि लाग्ने' हो। यो शब्द राजा जेम्स दितियको शाही समर्थकहरूलाई वर्णन गर्न अपमानजनक तरिकामा प्रयोग गरिएको थियो।

शाहीवादीविरूद्धको व्हिग्सहरु विशेष गरी अंग्रेजी गृहयुद्ध (१६४२-१६५१) र गौरवशाली क्रान्ति (१६८८) को सन्दर्भमा राजनीतिक विभाजनहरू स्पष्ट भए। टोरीहरूले राजतन्त्र र वंशानुगत उत्तराधिकारको विचारलाई समर्थन गरे तर व्हिगहरूले संसदीय सार्वभौमसत्ताको वकालत गरे। टोरी शब्दलाई यसको इतिहासभरि विशेष गरी राजनीतिक विरोधीहरूले घृणा वा आलोचनाका साथ प्रयोग गरेको छन्।

टोरीलाई लुटेरा, गलतफहमी, रबर्स कन्डम र टाइपोपनका रुपमा हेरिन्छ। टोरीहरुको परिचय जस्तै टोरीहरू सजिलैसँग अनुकूलन गर्न सकिने 'टोरीहरू रबर हुन्' ले तिनीहरूको नीतिहरूमा लचिलो वा असंगत छन्। कमजोर वा अप्रभावी रूपमा टोरीहरू छन्। यसको मतलब तिनीहरू अविश्वसनीय छन् वा ठोस विश्वासको अभाव छ।

सुरक्षाको रूपमा टोरी रबर हुन यो आत्म-संरक्षण वा यसलाई सुरक्षित हुनको निमित्र रूपक मात्र हुन सक्छन् भन्ने प्रवृतिलाई नेपालका राजसंस्थावादी बाछो पार्टी राप्रपाले प्रमाणित गरेको छ। राप्रपा तथा केही आत्मारोगीको बाछोवादी हर्कतले राजसंस्थाको मुद्दा जीवित तर स्थापित नहुने गरी अड्किएको छ।

नेपालको दृश्य: आपराधिकता

टोरी र टपरी हर्कतबाट दलीय वातावरण निकै तरल रहेको छ। राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको संक्रमणले नेपालले महत्वपूर्ण अराजनीतिक अनुभव गरेको छ। नेपालका धेरै राजनीतिक दल कम्युनिष्ट, समाजवादी र लोकतान्त्रिक विचारधारामा जरा गाडेका छन् तर वास्तवमा दल नभइ विदेशीका दलाल र भरिया हुन्। जसले जातीय, क्षेत्रीय र वर्गीय विभाजनको देशको जटिल इतिहासलाई झल्काउँछ।

राजनीतिक दलले बहुमतको सरकार बनाउनको लागि गठबन्धन बनाउँछन्। यी दलहरूभित्रको आन्तरिक शक्ति संघर्षले राजनीतिक गठबन्धन र नेतृत्वमा परिवर्तन ल्याउन सक्छ। नेपालको राजनीतिमा वामपन्थी र दक्षिणपन्थी समूहबीचको तीव्र प्रतिस्पर्धाका साथै विशिष्ट जातीय र सामाजिक समुदायहरूको प्रतिनिधित्व गर्ने क्षेत्रीय दलहरूको बढ्दो प्रभावले नेपालमाथी चिन्ह लगाइएको छ। नेपालमा बहुदलीय व्यवस्था छ, जसमा विचारधाराको भूमिका नभइ आपराधिक चासोको मात्र प्रतिनिधित्व हुन्छ।

नेपालमा राजनीतिक अस्थिरताको लामो इतिहास छ र राजनीतिक आपराधिकता प्राय त्यो अस्थिरतासँग गाँसिएको छ। नेपालमा राजनीतिक अपराधले भ्रष्टाचार, चुनावी जालसाजी, हिंसा र शक्तिको दुरुपयोगलगायत राज्य र गैरराज्य पक्षबाट बारम्बार हुने गैरकानुनी गतिविधिहरूको व्यापक दायरालाई समेट्छ।

नेपालमा व्यापक भ्रष्टाचार छ। भ्रष्टाचार नेपालको राजनीतिक परिदृश्यमा सबैभन्दा व्यापक मुद्दाहरूमध्ये एक हो। यो स्थानीय नगरपालिकादेखि राष्ट्रिय संसदसम्म सरकारका सबै तहमा फैलिएको छ। सार्वजनिक अधिकारीहरू, राजनीतिज्ञहरू र सरकारी कर्मचारीहरू घुसखोरी, अपमान र व्यक्तिगत लाभको लागि सार्वजनिक पदको दुरुपयोगमा संलग्न हुन्छन्।

सरकारी ठेक्का र खरिदमा सबैभन्दा बढी देखिएको छ। सरकारी ठेक्काहरू प्रदान गर्दा भ्रष्टाचार विशेष रूपमा व्याप्त छ, धेरै टेन्डरहरू प्राय योग्यताको आधारमा नभई राजनीतिक सम्बन्ध भएकाहरूलाई जाने गर्दछ। पूर्वाधार परियोजनाहरू सडक, बाँध र विद्यालयहरूको निर्माण प्राय अकार्य क्षमता, ढिलाई र भ्रष्टाचारको आरोपले भरिएको हुन्छ।

ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार धारणा सूचकाङ्क जस्ता अन्तर्राष्ट्रिय भ्रष्टाचार सूचकाङ्कहरूमा नेपाल लगातार कमजोर रहेको छ। उदाहरणका लागि २०२२ मा नेपाल १८० देशहरूमध्ये १०७औँ स्थानमा थियो। जसले सार्वजनिक र निजी दुवै क्षेत्रमा भ्रष्टाचारसँग चलिरहेका मुद्दाहरू मात्र झल्काउँछ तर दण्डहिनता हेरियो भने के होला?

सामान्यतया चुनाव शान्तिपूर्ण भएतापनि नेपालको चुनाव ऐतिहासिक रूपमा मतपत्रमा धाँधली, मत खरिद र हेरफेरलगायतका चुनावी दुर्व्यवहारहरूद्वारा प्रभावित भएको छ। राजनीतिक दलहरूले प्राय आफ्नो प्रभाव प्रयोग गरेर चुनावलाई आफ्नो पक्षमा प्रभाव पार्ने गर्छन्। कतिपय चुनावी नतिजालाई नियन्त्रण गर्ने हिंसात्मक प्रयासमा संलग्न भएका छन्।

कतिपय अवस्थामा राजनीतिक दल र नेताहरूले मतदाताको संख्यालाई दबाउन वा विशेष उम्मेदवारहरूलाई मतदान गर्न नागरिकहरूलाई जबरजस्ती गर्न धम्की प्रयोग गरेका छन्। स्थानीय नेता तथा कार्यकर्ताले स्थानीय र राष्ट्रिय दुवै निर्वाचनमा आफ्नो पार्टीको पक्षमा भोट हाल्न जनतालाई दबाब दिने गरेको समाचार आएको छ।

प्रतिनिधित्वमा धाँधली आधारभूत चरित्र हो। नयाँ गणतन्त्र प्रणालीमा संविधान सभाको पहिलो निर्वाचन भए पनि धाँधली र अनियमितताको आरोप लागेका थिए। निर्वाचनको गैरप्रतिनिधित्वपूर्ण प्रकृति र भोट धाँधलीको आरोपजस्ता मुद्दाहरूले नेपालको निर्वाचन प्रक्रियालाई निरन्तरता दिइरहेको छ। नेपालमा राजनीतिक हिंसाको विशेष गरी माओवादी विद्रोहको परिणाम हो।

शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि विभिन्न रूपहरूमा राजनीतिक हिंसा जारी छ। चुनाव र राजनीतिक विरोधको समयमा हत्या, कुटपिट र शारीरिक धम्कीका अन्य प्रकारहरू सामान्य थिए। माओवादी विद्रोहको समयमा सेना र विद्रोही दुवै राजनीतिक हिंसाका लागि जिम्मेवार थिए। जसमा हत्या, यातना र बेपत्ताहरू समावेश थिए। गृहयुद्ध समाप्त भएपछि पनि प्रतिद्वन्द्वी राजनीतिक गुटहरूबीचको राजनीतिक हिंसा जारी छ।

राजनीतिक विपक्षीहरूलाई प्राय उत्पीडन, आक्रमण वा हत्याको माध्यमबाट लक्षित गरिन्छ। विभिन्न राजनीतिक समूह र दलहरूले असहमतिलाई दबाउन, शक्ति एकीकरण गर्न वा प्रतिद्वन्द्वीहरूलाई सजाय दिन हिंसाको प्रयोग गरेको आरोप लगाइएको छ। दलीय मिलिसिया राजनीतिक सङ्घर्षमा विपक्षीलाई धम्की दिन, आन्दोलन दबाउन र स्थानीय क्षेत्रमा नियन्त्रण गर्न आबद्ध मिलिसिया प्रयोग हुने गरेका छन्।

माओवादी पार्टीले शान्ति सम्झौताको एक भागको रूपमा आफ्नो मिलिसिया विघटन गरे पनि यस्ता समूहहरूको प्रयोग विभिन्न प्रकारका प्रोक्सी हिंसा र धम्कीमार्फत जारी छ। राजनीतिको आपराधिकीकरण नेपालका धेरै राजनीतिक व्यक्तित्वहरूको आपराधिक गिरोह र स्थानीय माफियासँग सम्बन्ध छ। स्थानीय बलियाहरूले अक्सर धम्की र हिंसाको माध्यमबाट राजनीतिक गतिविधि र चुनावमा हेरफेर गर्छन्।

नेपालको चित्र कानुनको कमजोर शासन र दण्डहीनतामा पनि छ। नेपालमा कानुनको शासन कमजोर छ। अपराध गर्ने सत्तामा बस्नेहरू तथा उच्च सैनिकका लागि व्यापक दण्डहीनता छ। राजनीतिक नेताहरू र सैनिक व्यक्तिहरू न्यायपालिका, प्रहरी वा राज्यका अन्य संस्थाहरूसँगको सम्बन्धका कारण कानुनी नतिजाबाट बचेका छन्।

नेपालमा कानुन प्रवर्तनलाई राजनीतिकरण गरिएको छ। राजनीतिक दलहरूले प्रहरी र अभियोजनकर्ताहरूलाई नियन्त्रणमा राखेर न्याय पाउन गाह्रो बनाउँछ। धेरै अवस्थामा, राजनीतिक आपराधिक मुद्दाहरू राजनीतिक दबाबका कारण ढिलाई वा खारेज हुन्छन्। कानुनी सुधारमा ढिलाई छ।

नेपालमा संगठित अपराध समूहहरू विभिन्न गैरकानुनी गतिविधिहरूमा संलग्न छन्, जसमा सामान, लागूपदार्थ र मानव बेचबिखनलगायतका गतिविधिहरू छन्। मानव बेचबिखन, विशेष गरी श्रम र यौन बेचबिखनको लागि नेपालमा एक प्रमुख मुद्दा हो। केही राजनीतिक अभिनेताहरु र सैनिक अधिकारीहरुलाई यी अपराधहरुले आँखा चिम्लेर हेरेको छ।

नेपाल अवैध लागूऔषध ओसारपसार हुने क्षेत्रमा पर्दछ। राजनीतिज्ञहरू र प्रभावशाली व्यक्तिहरू लागूपदार्थसम्बन्धी गतिविधिहरूमा संलग्न छन्। तिनीहरूको शक्ति प्रयोग गरी यी कार्यहरूलाई सुरक्षा र सुविधा पाएका छन्। नेपालमा सुशासनको कमजोरी छ। नेपालको शासन व्यवस्थामा राजनीतिक आपराधिकताको प्रत्यक्ष असर परेको छ। भ्रष्टाचार, चुनावी धाँधली र हिंसाले राजनीतिक प्रणाली र आधारभूत सार्वजनिक सेवाहरूको वितरणलाई कमजोर बनाउँछ। फलस्वरूप, नेपालले गरिबी, बेरोजगारी, र प्राकृतिक प्रकोपहरूलाई पर्याप्त रूपमा सम्बोधन गर्न नसक्ने लगायतका दीर्घकालीन विकासका मुद्दाहरूसँग संघर्ष गरिरहेको छ।

नेपाल अन्तर्राष्ट्रिय सहायतामा धेरै निर्भर छ। भ्रष्टाचार र अकुशल शासनको कारणले वैदेशिक सहायताको दुरुपयोग निरन्तर समस्या भएको छ। दाताहरूले रकम कसरी प्रयोग गरिन्छ भन्ने पारदर्शिता र जवाफदेहिताको बारेमा चिन्ता व्यक्त गर्छन्। विशेष गरी जब तिनीहरू पूर्वाधार र विकास परियोजनाहरूको लागि छुट्याउँछन्।

वर्षौंको अस्थिरता, शक्तिशाली राजनीतिक दलहरूको प्रभाव र प्रभावकारी कानुनी कार्यान्वयनको अभावले बढेको नेपालमा राजनीतिक अपराधिकता गहिरो रूपमा गाँसिएको मुद्दा बनेको छ। सुधारको दिशामा केही सकारात्मक प्रगति भए पनि राजनीतिक अपराधले देशको लोकतान्त्रिक संस्था र आर्थिक विकासलाई कमजोर बनाइराखेको छ। यी समस्याहरूलाई सम्बोधन गर्न दीर्घकालीन संरचनात्मक सुधारहरू, विधिको शासनलाई सुदृढ गर्न, र सरकारका सबै तहहरूमा पारदर्शिता र जवाफदेहिता प्रवर्द्धन गर्न आवश्यक छ। नेपालको परिदृस्य नै अपराधिकता बनेको छ।

निष्कर्ष

नेपालमा लोकन्त्रका निमित्त राजनीतिक दल छैनन्। भनिएका दल राजनीतिक दलको परिभाषाभित्र पर्दैनन्। यी त टोरीको र टपरीको लागि गठन भएका आपराधिक समूह हुन्। नेपाली राजनीतिक परिदृश्यमा देखिएका टोरी र टपरीबाट मुलुक समाप्तको बाटोमा छ। मनोरोगी अभियानहरु रोइरहेका छन्।

राजावादी राजनीतिक दल टोरीवादी र गणतन्त्रवादी टपरीवादी भएकाले राजनीतिक दलको स्थापना बाध्यता र विवशता हो। केहीको टोरीवादी सिद्धान्त, व्यवहार र हर्कत तथा केहीको टपरीवादी सिदान्त, व्यवहार र हर्कतले मुलुकलाई आपराधिक पातकतामार्फत नरकमा पुर्याएका कारण नयाँ राजनीतिक दल बनाउन बाध्यता छ। मनोरोगीहरुको बिटुलिएको हर्कतले नेपाल झन भड्खालोमा जाने निश्चित छ। 

प्रकाशित मिति: : 2024-10-26 20:07:00

प्रतिकृया दिनुहोस्