नयाँ सरकार गठन

नयाँ सरकार गठनको लागि दिएको समय आज सकिँदै, दौडधुपमा नेताहरु

नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आज सकिँदैछ।

रमष्ट्रपतिले दलहरूलाई संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आज अपराह्न ५ बजेसम्मको समय दिएकी थिइन्।

संविधानको यो धाराअनुसार प्रतिनिधि सभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दाबी गर्न सक्नेछन्। तर, दाबी पेस गर्ने म्याद सकिन लाग्दा पनि दलहरूले भने सहमति गर्न सकेका छैनन्।

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न दिएको समय आज अपराह्न ५ बजे सकिदैछ। तर, अझै पनि कस्को पक्षमा १३८ सांसद पुग्छन्, भन्न सकिने अवस्था छैन, नेताहरूको दौडधुप जारी छ।

अहिलेकै सत्ता गठबन्धनले नयाँ सरकार बनाउने बलियाे सम्भावना रहे पनि काे प्रधानमन्त्री बन्ने भन्ने विषयमा सहमति जुटेकाे छैन। प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुबैले दाबी गरिरहेका छन्। आलोपालो प्रधानमन्त्री बन्ने भन्ने विषयमा सहमति जुटे पनि पहिलो कार्यकाल कसले चलाउने भन्ने विषयमा विवाद छ।

गठबन्धनका शीर्ष नेताहरूको बैठक आज बिहान बस्ने भनिए पनि अहिलेसम्म बस्न सकेको छैन । बालुवाटारमा अहिले कांग्रेसका नेताहरू के गर्ने भनेर अन्तिम छलफलमा बसिरहेको बताइएको छ।

प्रकाशित मिति: : 2022-12-25 07:32:00

प्रतिकृया दिनुहोस्