राज्यकलाको राजनीति र टपरीवादमा लाजनीति

Break n Links
Break n Links

मानव विकासको प्रारम्भका दिन धेरै लामो यकिन गर्न ज्यादै कठिन छ। अध्ययन ज्यादै खुकुलो छ। यद्यपि मानव विकासको प्रारम्भिक युगका शिक्षा, कला, युद्ध, इन्जिनियरिङ आदिलाई मान्दा पूर्ववैदिककाललाई हाम्रो पूर्वआधुनिक कालका लागि प्रारम्भका दिन मान्न सकिने केही आधारहरु छन्। यस युगलाई आधार मान्दा राजनीतिलाई राज्यको कला भनिन्थो।

वैदिककालको राजनीति मुलत: जनजाति आधार अथवा प्रधान थियो। जनजातिमा जनजाति प्रमुखलाई राजन भनिन्थ्यो। राजनले सभा र समितिको सहयोगमा जनजातिको मामिलाको हेरचाह गर्थे। सभामा ज्येष्ठ सदस्यहरू थिए भने समितिले मुख्यतया नीतिगत निर्णयहरू र राजनीतिक कार्यहरू गर्ने गर्दथे। सभा र विधाताको कारबाहीमा महिला सहभागी हुन्थे।

राजनले दैनिक प्रशासनमा पुरोहिता (वसिष्ठ र विश्वामित्र) ले सहयोग र सिफारिस गरेका हुन्थे। राजनको राज्यकला सेवाभावी थियो। राजन सूत्रमा पुरोहिता अर्थात्मक व्याख्यामा रमाउथे। अर्थ र व्याख्या पछि गएर हाँगा र दस्तावेज बने। बेदका हाँगा र दस्तावेज राज्यकलामा टपरीवादका ‌औजार भए।

ऋग्वैदिक लोकप्रिय सभाहरूले आफ्नो महत्त्व गुमाएपछि शाही शक्ति वृद्धि भयो। विधाता पूरै गायब भयो। सभा र सार्नियाले मैदानलाई निरन्तरता दिए। तिनीहरूको चरित्र परिवर्तन भयो। सार्नियाभन्दा सभा महत्त्वपूर्ण भयो। तिनीहरूमा प्रमुखहरू र धनी कुलीनहरूको प्रभुत्व थियो। महिलाहरूलाई सभामा उपस्थित हुन अनुमति थिएन। उच्च ब्राह्मणहरूको प्रभुत्व थियो।

पूर्व वैदिकबाट पुरोहिताको व्याख्याले वैदिककालको राज्यकला रूपान्तरण भयो। 'राष्ट्र' क्षेत्रको रुपमा देखा पर्‍यो। ऋग्वैदिक युगका राजन्याहरू पछि क्षेत्रीय भइ इलाकाहरूमा शक्ति राखेका थिए। युद्धको कारण पहिले गाईवस्तु, पछि जमिन भयो। वैदिककाल पछि शासकहरूको शक्तिलाई धार्मिक वैधानिकता प्रदान गराएको देखिन्छ। यो प्रशासनिक संयन्त्रको सुरुवात थियो। राजाले रत्निस भनेर चिनिने सल्लाहकार परिषद् राखेका थिए। प्रारम्भिक कर प्रणाली सङ्ग्रहित्रीलाई करको कोषाध्यक्ष र भगदुघाबाट कर सङ्कलकको रूपमा सुरु गरियो।

ठूला राज्यहरूको गठनले राजालाई थप शक्तिशाली बनायो। प्रत्येक क्षेत्र पहिले बसोबास गर्ने जनजातिको नामबाट नामाकरण गरिएको थियो। सुरुमा पञ्चाल जनताको नाम थियो, पछि क्षेत्रको नाम भयो। प्रारम्भमा राजासँग सेना थिएन किनभने त्यहाँ कुनै राज्य थिएन। राजाले जनपदमा शासन र जनतामा राज्य गरेका थिए।

ऋग्वेदिक राजाले राज्यमा नभइ जनजाति एकताको लागि शासन गरेका थिए। यसबेलासम्म राजा र जनताका बीच कुनै वैरभाव थिएन। पुरोहिताको सल्लाह बमोजिम राजाले सेना राख्न थालेपछि राजा सेना प्रमुख हुने तथा शानमान र त्रासबाट राजा र जनताको दूरी बढ्न थाल्यो। सेनापछि कर्मचारीतन्त्रको विकास भयो।

रोहिताले राजसंस्थालाई दैवी चरित्रको दर्जा दिइएको थियो। वैदिककाल पछिको राजनीतिक व्यवस्थामा राज्य गर्ने राजनलाई राजा वा शासक बनाउने राजतन्त्रतर्फ वैदिक पुरोहिताले गरेका थिए। यो अवधिमा राजन अवधारणा उदय अन्त्य भइ राजाको अवधारणाको उदय भयो।

राजसंस्था राजतन्त्रमा तथा राजन राजामा रुपान्तरित हुँदै वैदिक समाज सूत्रभन्दा अर्थ र व्याख्यामा निर्भर रहेको देखिन्छ। यस्तो क्रिया पुरोहिताको ज्ञान र राजनको सहनताबाट भएको थियो। यसले वेदको व्याख्यामा विस्तार हुँदै राजाको चरित्र निरङ्कुसतासँग जोड्ने भाष्य तयारमा पुरोहिताको भूमिका राजाले बुझ्न नसक्नु राजाको कमजोरी राजतन्त्रको अन्त्यको मुख्य कारण भयो। तर यसमा कसैले पनि अध्ययन अनुसन्धान नगरी टपरी व्याख्यामा मात्र समाज रमाएको देखिन्छ।

टपरीवादको खण्डीकृत व्याख्यामा राजनको भूमिका राजामा रुपान्तरित भयो। प्राचीन साम्राज्य राजतन्त्र, गणतन्त्र, र आदिवासी प्रणालीमा आधारित थियो। राजतन्त्र शासन प्रणालीमा एकल शासक सामान्यतया एक राजाले पूर्ण शक्ति राखी राजाको निर्णय अन्तिम र बाध्यकारी थियो। मौर्य र गुप्त साम्राज्य प्राचीन राजतन्त्रका उदाहरण थिए।

गणतन्त्रहरू शासन प्रणाली जहाँ शक्ति निर्वाचित प्रतिनिधिहरूमा बसेको थियो। निर्णय प्रक्रियामा प्रतिनिधिबीच बहस र छलफल समावेश थिए। वैशाली गणतन्त्र नेतातन्त्रमा आधारित थियो। निर्णय लिने प्राय सहमति र आपसी सहमतिमा आधारित थियो। पञ्चायतका पाँच सदस्यीय पञ्चायत परिषद्ले विवाद समाधान, शान्ति र व्यवस्थाको रखरखाव सुनिश्चित गरेका थिए। प्रत्येक सदस्यको समान आवाज थियो। निर्णयहरू समुदायको हितद्वारा निर्देशित थिए। तिनीहरूले स्थानीय समुदाय र शासक अधिकारीहरूबीच पुलको रूपमा सेवा गरेका थिए।

धर्मले प्राचीन राजनीतिमा गहिरो प्रभाव पारेको थियो। प्राचीन राजनीतिमा राजनले सर्वोच्च सत्तामा रही कानुन र व्यवस्था कायम राख्न, राज्यको रक्षा गर्न र आफ्ना प्रजाहरूको कल्याण सुनिश्चित गर्न जिम्मेवारीमा थिए। प्रशासनमा मन्त्रीहरू, पार्षदहरू र अधिकारीहरू थिए, जसले राजालाई राजन भूमिकामा रहन सहयोग गरेका थिए।

प्राचीन कालको न्याय प्रणालीमा राजा वा स्थानीय शासकहरूले विद्वान न्यायविद् परिषद्को सहायताबाट गठित सर्वोच्च न्यायिक अधिकारको रूपमा काम गरेका थिए। कानुनी प्रणाली धार्मिक ग्रन्थ र ग्रन्थहरूबाट व्युत्पन्न सिद्धान्तहरूमा आधारित थियो। वैदिककालमा राजनीतिक व्यवस्था मुख्यतया जनजाति संगठनमा आधारित थियो।

जनजातिको प्रमुखलाई राजन भनेर चिनिन्थ्यो। राजन पर्याप्त अधिकार राख्थे। बुढापाकाहरूको परिषद्मार्फत शासन हुन्थो। समाज चार वर्ण वा सामाजिक वर्गहरूमा संगठित थियो। ब्राह्मण (पुजारी र विद्वान), क्षेत्रीय (योद्धा र शासक), वैश्य (व्यापारी र किसान) र शूद्र (मजदूर र सेवक) को परभाषा टपरीवाल पुरोहिताले गरेका थिए।

चन्द्रगुप्त मौर्यपछि सम्राट अशोकको साम्राज्यले एक केन्द्रीकृत प्रशासन र उच्च कुशल नोकरशाही स्थापना गरेको थियो। मौर्य प्रशासन कल्याण, व्यापार र सार्वजनिक सुरक्षामा केन्द्रित थियो। गुप्त साम्राज्यले कला, संस्कृति र विज्ञानमा जोड दिएको थियो। प्रभावकारी शासन सुनिश्चित गर्न साम्राज्यले बलियो केन्द्रीय प्रशासन कायम गरेको थियो।

साम्राज्यलाई प्रान्तहरूमा विभाजन गर्न टपरीवादले भित्री भित्ति अर्तात तीन फुकवादको भूमिका निर्वाहको गरेको तथ्य कसैले नबुझ्दा राजनीतिक प्रणाली अत्यधिक विकेन्द्रीकृत तथा क्षेत्रीय स्वायत्ततामा रुपान्तरित भयो। गुप्त साम्राज्यको पतनपछि धेरै क्षेत्रीय राज्यहरूको उदय भएको देखिन्छ।

साम्राज्यलाई खण्डित गरी स्थानीय राजाहरूको विकासमा टपरीवाद नेतृत्वमा राजनीतिसहित राज्यहरु खण्डित हुन पुगे र क्षेत्रीय सामाज्यका राजन राज्यका राजामा सीमित भए। सबै राजन, राज्य र राजा टपरीवादको तीनफुक विधिले खण्डीकृत बनायो। यो तथ्य शासक हुँ भन्ने दुईखुट्टे पशुले बुझेनन्। धेरै शासकको परिणाम अन्त्य भयो।

पुरोहिताको टपरीवादले सामाजिक वर्गीकरण र जातीय व्यवस्थाको जगलाई भाइरस सरह फैलाउन सफल भएको देख्न सकिन्छ। पुरोहिताले सृजना गरेको शासन संरचनाहरू समय र क्षेत्रको आधारमा भिन्न थिए। राजा र जनताको बीच विभाजन ल्याउन राजालाई शासक र प्रशासकीय भूमिकामा पनि टपरीवादको सूत्र व्याख्याको कष्ठमुल्लावादले महत्त्वपूर्ण भूमिका खेलेको थियो।

ब्राह्मणवादको खोलमा टपरीवादको प्रतिशोध नै राज्य विघटनको आधार हो। ब्रमाण्डवाद भनेको बह्रम सरह ब्रमाण्डको ज्ञान हो। ज्ञानको शिराबाट विज्ञानको खेती गर्ने प्रभाही ब्रह्राण हो। राजनको छेउमा बसेर सूत्र व्याख्याबाट उत्साइरहेको राजनले राजाको भूमिका रही गरेको रोमान्सको प्रतिशाेधबाट टपरीवाद जन्म भएको हो। वेदमा जरा गाडिएको ब्राह्मणवादी परम्पराले रहेको राजनीतिक संरचनामा ब्राह्मणहरू सर्वोच्च जातिको रूपमा सम्मानित थिए। शासन र निर्णय गर्ने मामिलामा पर्याप्त प्रभाव प्राप्त राखेका थिए।

राजनको आडमा राज्यकलाका सबै भूमिकामा टपरीवादको साम्राज्य थियो। राजनीतिमा महिलाको भूमिका बहुआयामिक व्याख्या थियो तर रानी पद्मिनी, रजिया सुल्ताना, र रानी रुद्रमा देवीहरु मुमिकाहिन र समाज पितृसत्तात्मक थियो। प्राचीन राजनीतिमा व्यापार र वाणिज्यले सांस्कृतिक आदानप्रदान, आर्थिक वृद्धि र राजनीतिक गठबन्धनको स्थापनालाई सहज बनाइ राज्य र साम्राज्यहरूको समृद्धिमा योगदान दिएका थिए।

विश्वका जोड्ने व्यापक व्यापारिक मार्गहरू थिए। सिल्क रोड र समुद्री व्यापार मार्गहरूले मध्य एसिया, चीन र भूमध्यसागर जस्ता क्षेत्रहरूसँग आर्थिक र राजनीतिक अन्तरक्रियालाई बढावा दिएका थिए। शिक्षाको ज्ञानशिक्षाले प्राचीन राजनीतिमा महत्त्वपूर्ण भूमिका खेलेको थियो। राजनीतिक परिदृश्यलाई आकार दिन प्राचीन गुरुकुल शिक्षा प्रणाली थियो। विद्यार्थीहरू आफ्ना गुरुहरूसँग बसेर राजनीति र शासनलगायत विभिन्न विषयहरू समावेश गरी शिक्षा प्राप्त गरेका थिए।

शिक्षाले व्यक्तिहरूलाई राजनीति र शासनमा प्रभावकारी रूपमा भाग लिन आवश्यक सीप र ज्ञान प्रदान गर्दछ। युद्धको पुरातन राजनीतिसँग नजिकको सम्बन्ध थियो। शक्ति गतिशीलता र क्षेत्रीय नियन्त्रणलाई प्रभाव पार्दै राज्यहरूले पैदल सेना, घोडचढी, रथ र हात्तीहरू समावेश गरी सुव्यवस्थित सेनाहरू राखेका थिए। प्राचीन युद्धले विभिन्न रणनीति र प्रविधिहरू प्रयोग गर्‍यो, जसमा किल्लाहरू, घेराबन्दी युद्ध, र उन्नत हतियारको प्रयोग समावेश थियो। यी पक्षहरूले द्वन्द्वको परिणाम निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन्।

प्राचीन आर्थिक प्रणाली कृषि र करको वरिपरि घुमेको थियो। कृषि अर्थतन्त्रको मेरुदण्ड थियो। बहुसंख्यक जनसंख्या खेतीपातीमा संलग्न थिए। अतिरिक्त उत्पादनले प्रशासन र अर्थव्यवस्थालाई समर्थन गरेको थियो। राज्यहरूले कृषि उत्पादन, व्यापार, र अन्य आर्थिक गतिविधिहरूमा कर लगाइ करबाट हुने राजस्वले सुशासन, पूर्वाधार विकास र रक्षामा योगदान पुर्याएको थियो।

प्राचीन कला र वास्तुकला राजनीति र शक्तिसँग घनिष्ठ रूपमा गाँसिएको थियो। स्तूपहरू, मन्दिरहरू र दरबारहरू जस्ता स्मारकहरू र संरचनाहरू शक्ति, धार्मिक संरक्षण र राजनीतिक वैधता प्रदर्शन गर्न निर्माण गरिएका थिए। पुरातन सांस्कृतिक र राजनीतिक परिदृश्यमा योगदान गर्दै तिनीहरूको संरक्षणमा कलात्मक अभिव्यक्ति थियो।

राज्यका सबै कलामा टपरीबाद हावी थियो। राजन र राजामा अप्रत्यक्ष र अन्यमा प्रत्यक्ष भूमिकामा टपरीवाद थियो। पूर्व र पश्चिमको भिन्नता यही हो। पश्चिममा टपरीवाद विशेष गरी पुन:जागरणपछि लिन खोजेको थियो तर लिन नदिएकै कारण आज पश्चिम कस्तो र कहाँ छ? हामी कहाँ छौँ? हेर्न र बुझ्न जरुरी छ।

प्राचीन राज्यकलाको पतन तथा रूपान्तरण विदेशी आक्रमण भनिएतापनि टपरीवादको फुकवादी चरित्र र चिन्तनका कारण नयाँ शासक, राजवंशको स्थापना, साम्राज्यको पतनले धेरै क्षेत्रीय राज्यको उदय, शासक वंश र उत्तराधिकारीका विवाद, प्रशासनिक संरचना र अभ्यासहरूले आधुनिक नोकरशाही प्रणालीको जग नै मुख्य थिए।

नेपाल सन्दर्भमा टपरीवाद

नेपालको एकीकरण हुनुभन्दा अघि काठमाडौँ उपत्यकालाई नेपाल भनेर चिनिन्थ्यो। नेपाल शब्दको वास्तविक उत्पत्ति अनिश्चित छ। नेपाल शब्द चौथो शताब्दी इसापूर्वमा पुरानो साहित्यिक ग्रन्थहरूमा देखा परेको थियो। सबैभन्दा पुराना ग्रन्थमा अज्ञात योगदान भएको मानिन्छ।

हिन्दु पौराणिक कथाअनुसार नेपालले यसको नाम ने भन्ने पुरातन हिन्दु ऋषिबाट लिएको प्राप्त गरेको थियो। जुन विभिन्न प्रकारले 'ने मुनि' वा 'नेमी' भनेर चिनिन्छन्। पशुपति पूर्णाका अनुसार नेद्वारा सुरक्षित गरिएको स्थानको रूपमा हिमालयको मध्य भागमा रहेको देशलाई नेपाल भनेर चिनिन्थ्यो।

नेपाल महात्म्यका अनुसार पशुपतिले नेमीलाई देशको सुरक्षामा खटाएका थिए। बौद्ध पौराणिक कथाअनुसार मञ्जुश्रीले काठमाडौँ उपत्यकामा रहेको दहको पानी चोभारबाट बाहिर पठाएर बस्ती बसालेको किंवदन्ती पाइन्छ भने नेले यहाँ बसोबास गर्ने समुदायको हेरचाह गर्ने घोषणा गरेका थिए। ने ऋषिले पालन अर्थात् संरक्षण गरेको हुनाले यो भू-भागको नाम नेपाल रहन गएको मानिन्छ।

नेपाली दस्तावेजअनुसार सन् १३०० ताका तयार पारिएको गोपाल राजवंशावली र सोही समयका अन्य वंशावलीमा नेपालको व्याख्या पाइँदैन। पछि आउने स्थानीय वंशावलीमा भने नेपाल नामको व्याख्या र विश्लेषण पाउन सकिन्छ। पछिल्ला हिन्दु र बौद्ध दस्तावेजमा नेपाल शब्दको उत्पत्ति 'ने' नाम गरेको गाई नामको आदिबुद्धबाट भएको भन्ने दाबी रहेको छ।

नर्वेली संस्कृत विद्वान क्रिस्चियन लासेनले नेपाल निपा पहाडको फेद र आला अलायको सङ्क्षिप्त प्रत्यय अर्थात् निपालयबाट आएको भन्ने कुराको प्रस्ताव गरेका थिए। यसको अर्थ 'पहाडको फेदमा बस्नु' भन्ने हुन्छ। उनले नेमुनिको संरक्षणबाट नेपाल शब्द आएको हो भन्ने मिथकलाई तथ्यसङ्गत ढङ्गले खारेज गरेका थिए।

फ्रान्सेली विद्वान सिल्भा लेभीले नेवार शब्दको उत्पत्ति नेपालबाट भएको हो। या त स्थानीय नाम संस्कृतिकरणद्वारा नेपाल भएको हो भन्ने मान्यता राखेका थिए। नेपा तिब्बती-बर्मेली शब्द हो, जुन ने (गाईवस्तु) र पा (संरक्षक) मिलेर बनेको छ भन्ने कुराको प्रस्ताव पनि गरिएको छ। यसले उपत्यकाका प्रारम्भिक बासिन्दाहरू गोपाल (गोठाला) र महिस्पाल (भैँसी बथान) थिए भन्ने कुरा झल्काउँदछ। सुनीति कुमार चटर्जी भने नेपाल शब्द भोट-बर्मेली जराबाट उत्पन्न भएको हो भन्ने विश्वास गर्छन्।

सबैभन्दा प्रारम्भिक ज्ञात आधुनिक मानव अवशेष दक्षिण एसियामा लगभग ३० हजार वर्ष पहिलेको हो। नेपालमा मानव बस्तीको सबैभन्दा पुरानो पत्ता लागेको पुरातात्विक प्रमाण लगभग सोही समयको हो।

६५०० ईसापूर्व पछि, खाद्य बाली र जनावरहरूको पालनपोषण, स्थायी संरचनाहरूको निर्माण र कृषि अतिरिक्त भण्डारणको प्रमाण मेहरगढ (अहिले बलुचिस्तानमा) रहेका अन्य क्षेत्रहरूमा देखा परेको छ। जसबाट सिन्धुघाँटीको सभ्यतामा विकसित भएको मानिन्छ। जुन दक्षिण एसियाको पहिलो सहरी संस्कृति हो।

दाङ जिल्लाको शिवालिक पहाडमा पुरापाषाण, मध्यपाषाण र नियोलिथिक उत्पत्तिका प्रागैतिहासिक स्थल फेला परेका छन्। आधुनिक नेपाल र आसपासका क्षेत्रका प्रारम्भिक बासिन्दाहरू सिन्धुघाँटी सभ्यताका मानिसहरू हुन् भन्ने विश्वास गरिन्छ। भारतीय उपमहाद्वीपमा कास्य युगको सुरुवात भएको द्रविडेली मानिसहरू (ईसापूर्व लगभग ६३००) पहिले नै तिब्बत-बर्मेली र हिन्द-इरानीहरू सिमाना पारबाट अन्य जातीय समूहहरूको आगमनअघि यस क्षेत्रमा बसोबास गरेको हुन सक्छन्।

ईसा पूर्व ४००० मा तिब्बत-बर्मेलीहरू तिब्बतबाट सोझै हिमालय पार गरेर वा म्यानमार र उत्तर-पूर्वी भारत वा दुवै हुँदै नेपाल आइपुगेका थिए। स्टेला क्राम्रिचले पूर्व-द्रविड र द्रविडहरूको जातिको एक अंश उल्लेख गरेकी छिन्। जो नेवारहरूभन्दा पहिले पनि नेपालमा मानिस रहेको देखिन्छ।

वैदिककालको उत्तरार्धमा नेपाललाई वैदिक अथर्ववेद परिशिष्ट र उत्तर-वैदिक अथर्वशीर्ष उपनिषद्हरू जस्ता ग्रन्थहरूमा उल्लेख गरिएको थियो। गोपाल वंश 'नेपाल' नामले चिनिने मध्य हिमालय राज्यको प्रारम्भिक शासकहरूको रूपमा ग्रन्थहरूमा उल्लेख गरिएको सबैभन्दा पुरानो राजवंश थियो। गोपाल पछि किराँत थिएँ। जसले १६औँ शताब्दीभन्दा बढी समयसम्म शासन गरेका थिए।

महाभारतका अनुसार तत्कालीन किराँत राजा कुरुक्षेत्रको युद्धमा भाग लिन गएका थिए। दक्षिण-पूर्वी क्षेत्रमा जनकपुरधाम विदेह वा मिथिलाको समृद्ध राज्यको राजधानी थियो।  जुन गङ्गासम्म फैलिएको थियो। नेपालको राष्ट्रिय विभूति राजा जनक र उनकी छोरी सीताको घर थियो। ईसापूर्व ६०० तिर नेपालको दक्षिणी क्षेत्रहरूमा साना राज्य र वंशको उदय भएको थियो। शाक्य राजतन्त्रमा तपस्वी जीवन बिताउने बुद्ध धर्मको स्थापना गरेका थिए।

गौतमबुद्ध परम्परागत रूपमा ईसापूर्व ५६३-४८३ का भनेर चिनिएका थिए। नेपाल मध्यवर्ती शताब्दीमा आध्यात्मिकता र शरणभूमिको रूपमा स्थापित भएको थियो। काठमाडौँ उपत्यकामा किराँतलाई लिच्छवीले पूर्व भागतिर लखेटेपछि लिच्छवी वंश सत्तामा आएको थियो। सन् ४०० मा लिच्छवी शिलालेखहरूको शृङ्खला छोडेर स्मारकहरू बनाएका थिए। नेपालको समयावधिको इतिहास लगभग पूरै यिनीहरूबाटै जोडिएको छ।

सन् ६४१ मा तिब्बती साम्राज्यका स्रोङ्चन गम्पोले नरेन्द्रदेवलाई सेनासहित नेपाललाई आफ्नो प्रत्यक्ष प्रभावमा परेको थियो। ८औँ शताब्दीको उत्तरार्धमा लिच्छवी वंशको पतन भयो। त्यसपछि ठकुरीहरूको शासन भएको थियो। ठकुरी राजाहरूले ११औँ शताब्दीको मध्यसम्म देशमा शासन गरेका थिए।

नेपालको प्राचीनकालमा टपरीवादको हालीमुहाली थियो। आडमा राजा र हातमा हिन्दु दर्शन लिएर बसेका टपरीलालहरुको साम्राज्य थियो। उनको व्याख्याको विरुद्ध कोही गएमा जिउज्यानको क्षति हुने गरेको प्रयाप्त उदारण छन् तर टपरीहरु आपराधिक उन्मुक्तिमा थिए।

मध्यकाल ११औँ शताब्दीमा खस साम्राज्य पश्चिमी नेपालमा देखा पर्‍यो। जसमा पश्चिमी तिब्बत र भारतको उत्तराखण्डका केही भागहरू समावेश थिए। १४औँ शताब्दीमा साम्राज्य बाइसे राज्यहरूमा विभाजित भएको थियो। खस जातिको समृद्ध संस्कृति र भाषा नेपालभर र भारत-चीनसम्म फैलियो। तिनीहरूको भाषा पछि नेपाली भाषाको नाम परिवर्तन भयो।

नेपालको उत्तर-पूर्वी भारतको सम्पर्क भाषा बन्यो। दक्षिण-पूर्वी नेपालमा सिम्रौनगढले ११०० ईस्वीतिर मिथिलालाई कब्जा गर्यो। एकीकृत तिरहुत २०० वर्षभन्दा बढी शक्तिशाली राज्यको रूपमा खडा भयो। यहाँसम्म कि एक समयको लागि काठमाडौँमा शासन गर्यो। ३०० वर्षको मुस्लिम शासनपछि तिरहुत मकवानपुरको सेनहरूको नियन्त्रणमा आयो।

पूर्वी पहाडहरूमा किराँत रियासतहरूको एक सङ्घले काठमाडौँ र बङ्गालबीचको क्षेत्रमा शासन गर्यो। १३औँ शताब्दीको पूर्वार्द्धमा संस्कृत शब्द 'मल्ल' थर भएका नाइकेहरूको उदय हुन थाल्यो। सुरूमा उनीहरूको सत्ता उदयमान भयो तर त्यसपछिका २०० वर्षहरूमा राजाहरूले उनीहरूको शक्ति एकमुष्ट पार्ने मात्र काम गरेका थिए।

१४औँ शताब्दीको उत्तरार्धमा देशका धेरैजसो भागहरू एकीकृत राज्यको अधीनमा आउन पुगेको थियो तर यो एकीकरण छोटो समयसम्म मात्र टिकेको थियो। सन् १४८२ मा यक्ष मल्लको समयमा आफ्ना छोराहरूलाई अंशवण्डामा काठमाडौँ उपत्यकाका तीन राज्य बाँडेर दिने निर्णयपछि यो राज्य तीन भागमा टुक्रियो। कान्तिपुर, पाटन र भादगाउँ जसको बीचमा शताब्दीयौँसम्म खिचातानी र दुश्मनी थियो। मध्यकाल पनि प्राचीनकाल सरहजस्तै टपरीवादको चलिढली थियो। समय फरक तर टपरी सामाज्य प्राचीन सरह थियो।

इतिहासको दिग्दर्शन पाएका गोरखाका राजा पृथ्वीनारायण शाहले शिल्पजातीलाई पहिलो प्रथामिकता राखी लडाँकु क्षमता भएकालाई दाेस्रो र टपरीलाई उनीहरुको स्थानमा राखेका थिए। जसको परिणाम आज नेपाल र हामी नेपाली छौँ। उनले वि.सं. १७६५ मा थोरैमात्र हतियार र सहयोग जुटाएर छिमेकी राज्यहरू खास गरेर लमजुङ, कास्की र तनहुँको तटस्थता आफ्नो पक्षमा उपयोग गर्न सफल भएपछि देश एकीकरणका निमित्त अघि बढेका थिए।

रक्तरञ्जित लडाइँहरूपश्चात उनी ३ वर्षपछि काठमाडौँ उपत्यकालाई विशाल नेपालभित्र एकीकरण गर्ने अभियानमा सफलता प्राप्त गरेका थिए। नेपाल एकीकरणको सिलसिलामा सम्पूर्ण साना राज्यहरू जितेपछि गोरखाली सेना पूर्वमा पल्लो किराँत लिम्बूवान राज्य पुगेका थिएँ। लिम्बूवान राज्यमा १७ पटकसम्म हमला गरेपछि वि.सं. १८३१ साउन २२ गते लिम्बूवानको केन्द्रीय राजधानी विजयपुरमा लालमोहरसहित तम्रपत्रमा लेखेर गरेको सन्धिले वर्तमान नेपालको जन्मको आधारशिला तय गरेको थियो।

राजा पृथ्वीनारायण शाहदेखि सुगौली सन्धिसम्मका दिनमा देश लडाइँमा रहेकाले मुख मात्र बजाउने र हात नचलाउने टपरीवाद सुषुप्त थियो। टपरीवादभन्दा युद्धवाद राजाको नजिक भएकाले टपरीवादले स्थान पाएको थिएन। तिब्बतसँग हिमाली मार्गको नियन्त्रणको निम्ति भएको विवाद र त्यसपश्चातको युद्धमा चीन तिब्बतको सहायताको लागि आएपछि नेपाल पछि हट्नु परेको थियो।

नेपालको सीमा नजिकका स-साना राज्यहरूलाई हडपेका कारण सुरू भएको इस्ट इन्डिया कम्पनीसँगको दुश्मनीका कारण रक्तरञ्जित नेपाल अङ्ग्रेज युद्ध (सन् १८१४–१६) भयो। जसमा नेपालले हालको सीमा रक्षा गर्न सफल भएपनि महाकाली नदीको पश्चिम तथा मेची नदीको पूर्वका आफ्ना क्षेत्रहरू गुमाउनु परेको थियो।

आफ्नो स्वाधीनताका लागि नेपालले इस्ट इन्डिया कम्पनीसँग सुगौली सन्धि गरेर तराईका केही भू-भाग र एक तिहाइभन्दा बढी भू-भागसहित सिक्किम, दार्जिलिङ पनि गुमाउनु परेको थियो। ती क्षेत्रहरू हालको भारतको उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा पनि पर्दछन्। काँगडासम्म पुगेका नेपाली र सतलजदेखि टिस्टासम्मको विशाल नेपाल मेची र कालीबीच सीमित हुन पुग्यो तर पनि पछि सन् १८६० मा प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुर राणासँग खुसी भएर अङ्ग्रेजले नेपाललाई राप्तीदेखि कालीसम्मको तराई फर्काइदिएका थिए।

सुगौली सन्धिका हस्ताक्षरकर्ता को थिए र हस्ताक्षर कहाँ र किन गरिएको थियो? भन्ने सबैमा छर्लङ्ग छ। यो नै आधुनिक कालको टपरीवादको आधुनिक प्रयोग थियो। सन् १९४० को दशकको उत्तरार्धमा लोकतन्त्र-समर्थित आन्दोलनहरूको उदय हुन थाल्यो र राजनीतिक पार्टीहरू राणा शासनको विरुद्धमा उत्रेका थिए। यसैको फलस्वरूप राजा त्रिभुवनलाई भारतले समर्थन गरी सन् १९५१ मा सत्तामा फर्काए र नयाँ सरकारको निर्माण भयो। जसमा धेरैजसो नेपाली कांग्रेसको सहभागीता थियो।

नेपालको अन्तरिम शासन विधान २००७ लागु गरियो। राजा र सरकारबीच वर्षौंको शक्ति खिचातानीपश्चात राजा महेन्द्रले वि.सं. २०१५ फागुन ७ गते नेपाल अधिराज्यको संविधान २०१५ जारी गरेका थिए। जसअनुसार संसदकाे निर्वाचन भयो र नेपाली कांग्रेसले अत्यधिक बहुमत ल्याई विश्वेश्वरप्रसाद कोइरालाको अध्यक्षतामा एकमना सरकार बन्यो।

राजा र सरकारबीचको एक दशकको शक्ति झगडापछि राजा महेन्द्रले २०१७ मा लोकतान्त्रिक प्रयोगलाई खारेज गरे र नेपालमा शासन गर्न पञ्चायत प्रणाली बनाइयो। राजनीतिक दलहरूलाई प्रतिबन्ध लगाइयो र राजनीतिज्ञहरूलाई जेल वा निर्वासन गरियो। पञ्चायत शासनले देशलाई आधुनिकीकरण गर्‍यो, सुधारहरू ल्यायो र पूर्वाधारको विकास गर्‍यो। तर स्वतन्त्रतामा कटौती गर्‍यो र भारी सेन्सरशिप लगायो।

सन् १९९० मा जनआन्दोलनले राजा वीरेन्द्रलाई संवैधानिक सुधार स्वीकार गर्न र बहुदलीय प्रजातन्त्र स्थापना गर्न बाध्य तुल्यायो। सन् १९९६ मा माओवादी पार्टीले शाही संसदीय प्रणालीलाई जनगणतन्त्रले प्रतिस्थापन गर्न हिंसात्मक प्रयास सुरु गर्यो। यसले लामो माओवादी जनयुद्ध र १७ हजार बढीको ज्यान लियो।

शाही दरबारमा भएको दरबार हत्याकाण्डमा राजा र युवराज दुवैको मृत्यु भएपछि राजा वीरेन्द्रका भाइ ज्ञानेन्द्रले सन् २००१ मा गद्दी सम्हालेका थिए र पछि माओवादी विद्रोहलाई आफैँलाई ध्वस्त पार्ने उद्देश्यले पूर्ण कार्यकारी अधिकार ग्रहण गरेका थिए।

सन् २००६ को शान्तिपूर्ण लोकतान्त्रिक क्रान्तिको सफलतापछि माओवादी पार्टी मूलधारको राजनीतिमा सामेल भयो। नेपाल एक धर्मनिरपेक्ष राज्य बन्यो र २८ मे २००८ मा यो विश्वको एकमात्र हिन्दु राज्यको रूपमा आफ्नो समय-सम्मानित स्थिति समाप्त गर्दै एक सङ्घीय गणतन्त्र घोषणा गरियो।

एक दशकको अस्थिरता र आन्तरिक द्वन्द्वपछि दुईवटा संविधानसभाको निर्वाचनपछि २०१५ सेप्टेम्बर २० मा नयाँ संविधान जारी भयो र नेपाललाई सात प्रदेशमा विभाजन गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र बनेको थियो। राणा शासन उदयमा कसको के भूमिका थियो, राणा विरुद्धमा राजनीतिक दलका नायकहरु को-को थिए र कसको जुठोपिरोमा आन्दोलन उठान गरिएको थियो? राणा शासनपछि गण्डकी, कोशी र टनकपुर तथा महाकाली सन्धिसम्मका कर्ता को थिए? भन्ने तथ्यले टपरीवादले अवसर पायो भने देश, जनता, सार्वभौमसत्ताविरुद्ध के गर्दछ स्पष्ट छ।

नेपाली भूमिमा विदेशी सैनिक बस्न दिने, मन्त्रिपरिषद्को बैठकमा विदेशी सचिव बसाल्ने र नेपाल संयुक्त राष्ट्र संघको सदस्य हुनु हुँदैन भनेर छिमेकीको पाउमा लम्पसार पर्ने पनि टपरीवाद नै हो। पुँजीवादी, साम्राज्यवादी र विस्तारवादीको दलाल र खेलौना भएर जनयुद्ध गरी नेपालको मौलिक सनातनका विरुद्धको आयतित लोकतन्त्र, दुर्जन प्रजातन्त्र र आतंकवादी गणतन्त्रका लागि १७ हजारको रगत बगाउने टपरीवादको हर्कतको पुनरावृति शून्यवादको आलोचना मात्र हुन्छ। यो देशको लागि दानव र राक्षस भनेकै टपरीवाद हो। पातक टपरीवालहरु नै हुन् भन्दा अन्याय हुँदैन। बुझ्न नसक्नेहरु महापातक हुन् भन्नेमा कुनै दुविधा छैन।

निष्कर्ष
टपरीवाद जात, धर्म, वर्ण र समुदाय होइन। यो आचरण, व्यवहार, स्वभावको फुकवादी हर्कत हो। चाहे वेद होस्, चाहे वर्ण होस्, चाहे जात होस्, चाहे समाज होस्, चाहे विचारमा होस् सधैँ र सबैमा फुकवादबाट विभाजन ल्याइ आफूलाई सधै र सबैबाट केन्द्रमा राखीराख्ने चरित्र र अभ्यास टपरीवाद हो। टपरीवादमा जन्मेको, हुर्केको र बढेको टपरीवाल पैसाकालागी जुनसुकै हर्कत गर्न पनि पछि नपर्ने हुन्छ।

कुरा मात्र गर्ने र काम नगर्ने कामचोर, ठग, किर्ते र जाली नक्कलीवाल, आग्रही पूर्वाग्रही र प्रतिशोधी, पाखन्ड, दुषित कलुषित र कुच्छित भावना हो। नेपालमा राजनीतिका अस्थायी तथा स्थायी दुबै सत्तामा टपरीवादको विशेष साजिस योगदान भएकै कारण मुलुक यो गतिमा छ।

लोभका कारण बिकाउ, ढाँट र नक्कली विधिमा टपरीवाद सक्रिय हुन्छ। टपरीवाल कार्यलय प्रमुख भएको कार्यालय हेर्दा सबै सत्यतथ्य थाहा हुन्छ। टपरीवाद मुख चलाउने तर हात नचलाउने, आफ्नो फाइदाका लागि र अर्कोलाई समाप्त गर्ने, सामन्तवाद, पुँजीवाद र विस्तारवादको चाकडी, चाप्लुसी, दलाली, खरिदबिक्री र घुसमार्फत राज्यसत्तामा आसिन भइ नवसामन्तवाद, नवपुजीवाद, नवविस्तारवाद, आत्मसमर्पणवाद, लम्पसारवाद र कठपुतलीको साधन बनी देशको हित, सुरक्षा, स्वाभिमान र सार्वभौमसत्ताको विरुद्ध फुकवादी, ठगवादी, झुटवादी, कण्ठमुल्लाबादी, रशमुल्लाबादी, रोमान्सवादी, अवसरवादी, राजपुँजीवादी, सारसंग्रहवादीको मैमत्तावादीको विचार, संगति गर्दछ।

टपरिवादीवाद लोभ, स्वार्थ, रिस, डाह, द्दैष र कुल्षित भावनाको रसाइनिक पुनउत्पादित हो। फाइदाका निमित्र पाइजामावादी विचार बोकेको प्रवृति, स्वभाव र हर्कत हो। सम्रगमा टपरिवादीवाद कामचोर, कमिसनखोर, प्रतिशोधी, पूर्वाग्रही, यौनचोर, अन्यायी, अत्याचारी, जालसाची, किर्ते, नक्कली र अपराधी हुन्छ। प्राचीनकालको बह्मवादको ब्रमाण्डवादबाट उत्पति भएको टपरीवादकै कारण आजको सच्चा परिणाम हो भनेर बुझ्न नसक्नु नै राज्यकलाको राजनीति होइन, टपरीवादको लाजनीति हो।

प्रकाशित मिति: : 2024-07-18 19:40:00

प्रतिकृया दिनुहोस्