जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
सन्ताेष बराइली
गत पुस ३ गते शुक्रबारका दिन समसाँझै चकमन्न भयो, वलक्बा गाउँ। एक तमासले कुकुर भुकिरहेका थिए। टाढाटाढा स्यालहरू समूहमा कराएको आवाज सुनिन्थ्यो। यही गाउँको मुटुमा अवस्थित महोउद्दिन खानको घरमा त्रसित भएर बसिरहेका थिए, सपरिवार।
बिहीबार बिहान सोधपुछका लागि ईलाका प्रहरी कार्यालय गोलबजार बोलाइएका महोउद्दिनका माईला छोरा शमशेर खान घर फर्किएका थिएनन्। र, यहि दिन बेलुका महोउद्दिनको घरमा एक समूहले आक्रमण प्रयास गर्यो।
सम्भावित आक्रमणले भयभित थियो, महोउद्दिनको सपरिवार अनि आक्रमणपछि निम्तिनसक्ने भिडन्तले त्रसित थियो सिँगो बल्कवा गाउँ। मानौ शीतलहर सहितको चिसोले सिँगो गाउँ कठ्याग्रिँएको छ, गाउँबासी हातखुट्टा बाउँडिएर थला परेका छन्।
सिरहाको गोलबजार नगरपालिका–११ मा पर्छ, वलक्बा गाउँ। गोलबजार चोकबाट करिब ३ किलोमिटर दुरीमा रहेको वलक्बा गाउँमा हिन्दु समुदायका ६० र मुस्लिम समुदायका ४० प्रतिशत बसोबास रहेको वडाध्यक्ष रामदेव यादवको भनाई छ।
.jpg)
यहाँका मुसलमान समुदाय अधिकांश व्यापार गर्छन्। गोलबजारमा धेरैको कपडा पसल छ। वल्कबामा हिन्दु र मुस्लिम समुदायबीच लडाएर आफ्नो स्वार्थसिद्द गर्ने बिचौलियाहरू सक्रिय हुँदा धेरैपटक अप्रिय घटना घटेका प्रशस्त उदाहरण छन्।
यस पटक पनि वल्कबामा साम्प्रदायिक दङ्गा भड्किनसक्ने सम्भावित एउटा घटना कालो बादल बनेर मडारिइरहेको छ।
१ पुषमा वल्कबाका एक मुस्लिम समुदायका युवाले यहीकै हिन्दु समुदायकी एक युवतीलाई भगाए। सजाद खान र बिनिता कुमारी पासवानले प्रेमलाई मुर्तरूप दिँदै भागी विवाह गरेका थिए। दुवै ब्याचलर होल्डर हुन्।
छोरीलाई साजिदले भगाएपछि छोरी खोजिदिन आग्रह गर्दै आमाले ईलाका प्रहरी कार्यलयमा निबेदन दिइन्। उनले दिएको निबेदनमा भगाउन सहयोग गर्नेहरू भनेर उजाले खान, वसिम खान, जाकिर खान, दीलिप कुमार यादव र शमशेर अलिको नाम उल्लेख गरिएको थियो।
प्रहरीले उनीहरूलाई सम्पर्कबिहिन रहेका सजाद र बिनितालाई पत्ता लगाउन र उनीहरूको अवस्था बुझ्न सोधपुछका लागि ईप्रका बोलाएको थियो।
केटी पक्षको अनुरोधमा उनीहरूलाई बोलाएर सोधपुछ गरि छोडिएको ईप्रका गोलबजारका ईञ्चार्ज प्रहरी निरीक्षक सन्तोष कुमार राईले बिएल नेपाली सेवालाई बताए।
बिएल नेपाली सेवाका पत्रकार इलाका प्रहरी कार्यालय पुग्दा केटीका दाजु दीपक पासवान भागेर सम्पर्कबिहिन बनेकी बहिनी खोज्नभन्दा सोधपुछका लागि बोलाइएकाहरूलाई थुनामै राखिदिन प्रहरी निरीक्षक राईसँग अनुरोध गरिरहेका थिए। बहिनी खोजी गर्न जान आफू नभ्याउने बताइरहेका उनी अन्तिममा खोजीका लागि काकाको छोरा भाई सन्तोष पासवानलाई पठाउन सहमत भएका थिए।
सम्प्रदायिक दंगाको संकेत
केटा र केटी बेपत्ता भएको भोलिपल्ट साँझ बल्कवास्थित मोहिउदिन खानको घरमा केटीपक्षिय समूहले आक्रमण प्रयास गर्यो।
मुस्लिम समुदाय संलग्न गाउँ सुधार समितिका अगुवासमेत रहेका महोउद्दिनका अनुसार केटीका दाई दीपक पासवान, मनोज यादव, सरोज यादव, मनिष पासवान, सन्तोष पासवानलगायत २५ देखि ३० जनाको समूहले उनको घर तोडफोडको प्रयास गरेका थिए।
महोउद्दिनको घरमा किन गरियो त आक्रमण प्रयास?
महोउद्दिनका जेठा छोरा लालु खान भन्छन्, ‘मेरो माइलो भाई शमशेरले गोलबजारमा सञ्चालन गरेको आशिफ कम्प्युटर सेन्टरमा सजाद खानले भगाएको केटी कोर्ष गरिरहेकी थिइन। उनीहरूलाई भगाउन मद्धत गरेको भन्दै घर तोडफोड गर्ने प्रयास भयो। जबकी त्यही बिहान यही बिषयमा सोधपुछ गर्न भनेर प्रहरीले मेरो भाई शमशेरलाई प्रहरीले नियन्त्रणमा लिइसकेको थियो।
प्रहरीले केहीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहँदा महोद्दिनको घरमा आक्रमण प्रयास गर्ने त्यही समूहले बिनितालाई लिएर सम्पर्कबिहिन भएका सजाद खानको वल्कबास्थित घरमा तोडफोड मच्यायो। र यहि समूहले शनिबार बिहान वल्कबाकै अर्का एक मुस्लिम समुदायका युवामाथी आक्रमण प्रयास पनि गर्यो। यी घटनाले केटी भगाएको रिस साँधेजस्तो देखाए पनि भित्री नियत भने धार्मिक सद्भाव खलबल्याउने दुष्प्रयास भइरहेको शंका उत्पन्न गराउँछ।
वल्कबाको यस घटनालाई शूक्ष्मभन्दा शूक्ष्म ढंगले प्रत्यक्ष नियाली रहेका सशस्त्र प्रहरी बल, गोलबजारका ईञ्चार्ज प्रहरी निरीक्षक दीपक कोइरालाले बिएल नेपाली सेवासँगको भेटमा भने, ‘भाग्ने, भगाउने र भगाउन सहयोग गर्ने त्रिपक्षिय मिलोमतो देखिन्छ भने अर्को एउटा समूहचाहीँ हिन्दु–मुसलमानलाई जुधाएर आफूलाई चर्चामा ल्याउन उद्दत देखिन्छ। तर स्थिती भड्काउन खोज्ने र भागेका जोडीका पक्षमा हिन्दु–मुसलमान दुवै समूह बराबरी देखिन्छन्।’
यतास्थिति भड्किन सक्ने सूचना पाएरै टार्गेटमा परेकालाई सोधपुछ पनि गर्ने र प्रहरीको नियन्त्रणमा राखेर उनीहरूलाई सुरक्षा पनि दिने काम प्रहरीले गरेको प्रहरी निरीक्षक राईको भनाई छ।
केटाकेटी भगाउन मद्दत गरेको बहानामा शमशेर र माथी उनको कम्प्युटर इन्सच्यूटमा हुने सम्भाबित आक्रमणलाई टार्न तत्काललाई भने प्रहरी सफल भएको छ। र योसँगै हाललाई घट्न सक्ने अप्रिय घटना पनि टरेको छ।
पर्दा पछाडिका गेम प्लानर
हिन्दु–मुस्लिम समुदायबीच भागेर प्रेम विवाह हुँदा वल्कबाका हिन्दु र मुस्लिम धर्मालम्बिका अगुवाको सक्रियता अचाक्ली बढ्छ। यसरी सक्रिय हुनेमा कतिपय राजनीतिक र जनप्रतिनिधिका आवरणका छन्। जस्तो वल्कबाको यस घटनामा नेपाली कांग्रेस निकट वल्कबाका स्थानीय नेता बृक्षिया साह र गोलबजार–११ का वडाध्यक्ष रामदेव यादव बढिनै सक्रिय देखिए।
४ पुस शनिबार बिहान ईलाका प्रहरी कार्यालय गोलबजारको प्रांगणमा बृक्षियासँगै भेटिएका वडाध्यक्ष रामदेव यादव भन्दैथिए,‘हिन्दुको छोरीचेली मुस्लिमलाई लान कहाँ दिइन्छ!’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया