घटना र परिवर्तन
पूर्वीय दर्शनलाई थाती राखेर पश्चिमी दर्शनलाई राजनीतिको जग मान्दा आधुनिक राजनीतिक मार्गको पहिलो घटना ईस्वी ४७६ को रोमन साम्राज्यको पतन हो। ईसाईकरणको राष्ट्रिय घोषणा र मानवीयताको नक्कली व्याख्या रोमन साम्राज्य पतनको मुख्य कारण थियो। रोमन साम्राज्यको पतनले युरोपलाई मध्य युग प्रवेश गरेको थियो।
साम्राज्य पतनपछिको उदयमान सामन्तवादको एकताबद्ध शक्तिले पश्चिमी युरोपमा शक्ति शून्यतामार्फत फ्रेन्च, जर्मनी र स्पेनिस कठपुतली साम्राज्यको उदय गरायो तर थेकिन सकेन। सामन्तवादको जगमा पश्चिम जगतले राजाको राजतन्त्रात्मक प्रणालीको जन्म दिएको थियो। पश्चिमी जगतका राजा पूर्वीय सभ्यता राजनभन्दा धेरै अर्थमा भिन्न छन्।
पश्चिमका राजाले शासनमार्फत दमन गर्थे तर पूर्वीय राजनले राज्यमार्फत एकता कायम गर्थे। पूर्वीय राजन जनपथको रक्षा गरेकै कारण सेनाको प्रमुख हुन्थे। पश्चिमका राजा लडाइँ र नियन्तणको लागि जनतामाथि दमन गर्न सेना गठन गरेका थिए। पश्चिमी ज्ञानको जगबाट पूर्वीय प्रणालीलाई धेरै हदसम्म हेर्न मिल्दैन।
रोमन साम्रज्यको पतनपछि स्थापित सामन्तवादी राजतन्तलाई बेलायती ठालुहरुले घुँडा टेकाएको म्याग्ना कार्टा (१२१५) दाेस्रो घटना थियो। म्याग्ना कार्टाले सामन्तवादी राजतन्त्रलाई सीमित गरी जनतालाई निश्चित अधिकार दिएको थियो। यो नै कथित लोकतान्त्रिक प्रणालीको संवैधानिक सिमा र सीमित सरकारको धारणाको जग थियो।
गौरवमय क्रान्तीको जगमा भएको अमेरिकी क्रान्ति (१७७५-१७८३) ले ग्रेट ब्रिटेनबाट तेह्र उपनिवेश अमेरिकी राज्यले स्वतन्त्रता पाएको घटनाले प्रजातान्त्रिक आदर्शहरूको प्रसारलाई प्रेरित गर्यो। बेलायती संसदीय मार्गविरुद्ध रोमन क्याथोलिक शासन कार्यकारणी राष्ट्रपतीय प्रणालीको उदय संवैधानिक मार्गबाट स्थापित गरी अमेरिकी संविधान संसारभरका धेरै देशको लागि नमूना बन्न गयो।
फ्रान्सेली क्रान्ति (१७८९) ले सामन्तवादी पश्चिमी राजतन्त्रलाई पराजित गरी कट्टरपन्थी राजनीतिक विचारधाराहरूको उदय गरी आधुनिक राजनीतिक आन्दोलनहरूलाई शाहसी पौरख दियो। युरोपभरि लोकतान्त्रिक र गणतन्त्रवादी विचारबाट स्वतन्त्रता, समानता र भ्रातृत्वका सिद्धान्त प्रस्तुत भए।
अस्ट्रिया-हंगेरीका आर्कड्यूक फ्रान्ज फर्डिनान्डको हत्याबाट सुरू भएको द्वन्द्वले प्रथम विश्व युद्ध (१९१४-१९१८) को आगमन भयो। यसले विशाल भू-राजनीतिक परिवर्तन निम्त्यायो। साम्राज्य विघटनको आँधीबेरीबाट अस्ट्रो-हंगेरियन, ओटोम्यान, रुसी र जर्मन साम्राज्यको पतन भयो। दोस्रो विश्व युद्धको लागि वाताबरण तय गर्यो।
द्वितीय विश्वयुद्ध (१९३९-१९४५) मानव इतिहासको घातक लडाइँ थियो। यो नाजी जर्मनीद्वारा पोल्याण्डमाथि भएको आक्रमणबाट सुरू भएको लडाइँले युरोपेली साम्राज्य जग समाप्त गरी बेलायती साम्राज्यको अन्त्यले मूर्तरुप लियो। संयुक्त राष्ट्र संघको स्थापना, संयुक्त राज्य अमेरिका र सोभियत संघको उदय हुँदै शीतयुद्ध (१९४७-१९९१) ले पुँजीवादी संयुक्त राज्य अमेरिकासहितका नेटो सहयोगी र कम्युनिष्ट सोभियत संघसहितका वारसा सम्झौता सहयोगीबीच वैचारिक, राजनीतिक र सैन्य गठबन्धनको आकार दियो। कोरिया र भियतनाम प्रोक्सी युद्ध भए। बर्लिन पर्खालको पतन र सोभियत संघको अन्त्य यसैको परिणाम थियो। अफ्रिका र एसिया उपनिवेशीबाट मुक्ति प्राप्त गरेका थिए।
युरोपेली साम्राज्यवादी प्रभुत्वको अन्त्य र नयाँ राष्ट्र संयुक्त राष्ट्र संघमा सामेल भई बहुध्रुवीय संसारमा योगदान पुर्याएपछि सुरू भएको अरब वसन्त (२०१०-२०१२) ले ट्युनिसियाबाट सुरू भएर इजिप्ट, लिबिया र सिरिया जस्ता देशमा फैलिएको निरंकुश सरकार र आर्थिक असमानताविरुद्ध अरबभरि विरोध, विद्रोह र क्रान्तिहरूको श्रृंखलाबाट गृहयुद्ध, अस्थिरता र आतंकवादको जन्म भयो। ब्रेक्सिट जनमत सँग्रह (२०१६) ले युरोपेली एकीकरण परियोजनामा झटका दियो। विश्वका यी घटना शासन, अर्थतन्त्र, समाज र विचारलाई महत्त्वपूर्ण प्रभाव पारेको छ।
सभ्यता र चेतना
सभ्यताका चेतना र जोडिएका राजनीतिक घटनाले शताब्दीदेखिका इतिहास, विचारधारा र गतिशीलताको सरणीलाई समेट्ने गर्दछ। सभ्यता, राष्ट्र र विश्वव्यापी सम्बन्धको बारेमा चर्चा गर्नुपर्ने हुन्छ। जुन यहाँ सम्भव छैन, तथापि प्रमुख राजनीतिक आन्दोलन, युग र कोसेढुङ्गाको संक्षेपी सिंहावलोकन गर्ने प्रयास गरेको छु। प्राप्त प्रमाणका आधारमा प्राचीन सभ्यता लगभग ३००० ईसा पूर्व-५०० ईस्वी सम्मका मेसोपोटामियाभित्रका सुमेरियन, अक्कडियन, बेबिलोनियन, अश्शूरी सभ्यताबाट सुरू भएको मानिन्छ।
मेसोपोटामिया आधुनिक इराकले सुमेरियनलाई लिखित कानुनको पहिलो रूप उर-नम्मुको कोड सिर्जना गर्ने र उर, उरुक र लगास जस्ता ज्ञात राज्यको साम्राज्य स्थापना गर्ने श्रेय लिएको छ। अक्कडको सार्गोन (सि. २३३४-२२७९ बिसिई) को अधीनमा रहेको अक्कडियन साम्राज्यलाई विश्व इतिहासमा पहिलो साम्राज्य भनिन्छ। प्राचीन इजिप्टका फारो राजवंशले केन्द्रीकृत शक्ति र धार्मिक राजनीतिक संरचनाको साथ शासन गरेको मानिन्छ। ईश्वरीय शासनको धारणाबाट फारोलाई देवता मानिएको र मिश्र शासनको केन्द्रबिन्दु बनाइएको छ।
प्राचीन ग्रीसका एथेन्स, स्पार्टा र कोरिन्थ जस्ता ग्रीक शहर-राज्यले विभिन्न प्रकारका सरकार विकास गरेका थिए। स्वतन्त्र पुरुषमा सीमित एथेन्स प्रजातन्त्र दर्शन आविष्कारको लागि प्रख्यात छ। दर्शन र राजनीतिक विचारकमा प्लेटो र एरिस्टोटल जस्ता विचारकले न्यायको विचार, आदर्श राज्य र शासनका रूप खोजेका थिए। अलेक्जेन्डर द ग्रेट र हेलेनिस्टिक साम्राज्यको विजयले ग्रीक संस्कृतिलाई मध्य पूर्वमा फैलाई हेलेनिस्टिक राज्य सिर्जना गरी राजनीतिक परिदृश्यलाई रूपान्तरण गरेको थिए।
प्राचीन मौर्य साम्राज्य (सि. ३२२-१८५ ईसा पूर्व) ले भारतीय उपमहाद्वीपको धेरै भागमा शासन गरेका थिए। राजा अशोकको धर्म परिवर्तन र अहिंसा कल्याणकारी राज्य नीतिमा गरेको प्रयास उल्लेखनीय छ। गुप्त साम्राज्य (सि. ३२०-५५० सिई) विज्ञान, कला र राजनीतिमा उपलब्धिका लागि इतिहासमा स्वर्ण युग मानिन्छ। विकेन्द्रीकृत राजनीतिक संरचना कायम राखेको देखिन्छ।
प्राचीन चीनमा वंशीय शासनको राजनैतिक विचार थियो। इतिहास शाङ, झोउ, किन, हान र पछिका राजवंशमा उत्तराधिकारीको विशेषता थियो। सम्राट किन शी हुआंगको नेतृत्वमा चीनलाई विशेष रूपमा एकीकृत गरेको थियो। चीनका यी शासकबाट कन्फ्युसियसवाद र कानुनीवादको जन्म भएको थियो। कन्फ्युसियसवादले शासनलाई नैतिक नेतृत्वलाई जोड दिएर कानुनवादले कडा कानुन र कठोर सजायको वकालत गरेको थियो।
रोमन साम्राज्यमा गणतन्त्र (५०९-२७ ईसा पूर्व) मा रोम सिनेट र निर्वाचित मजिस्ट्रेटहरूसहित विभाजन र सन्तुलनको जटिल प्रणालीको साथ गणतन्त्रको रूपमा उत्पति गरेको थियो। कुलीन र प्रेबियनबीचको संघर्षले रोमन राजनीतिक जीवनलाई आकार दियो। रोमन साम्राज्य अगस्टसद्वारा स्थापित भएको थियो। साम्राज्य शासनमा परिवर्तन दावी गर्दै युरोप, उत्तर अफ्रिका र एसियाका केही भागमा विस्तार भएको राज्य इतिहासको सबैभन्दा शक्तिशाली राजनीतिक संस्था थियो।
ईसाइकरणको घोषणा र मानवीयता नक्कली व्याख्याबाट पतन भएको रोमन साम्राज्यबाट नै मध्य युग (५००-१५०० सिई) को सुरूवात भएको हो। बाइजान्टिन साम्राज्य पूर्वी रोमन साम्राज्यबाट ४७६ ईस्वीमा पतन भएको थियो। कन्स्टान्टिनोपलमा राजधानी भएको पूर्वी रोमन साम्राज्य १५३ सीईसम्म फस्टाउँदै गएतापनि पछि ओटोम्यानको अधीनमा परेको थियो।
पूर्वी युरोप र पूर्वी भूमध्यसागरमा ईसाई धर्मको प्रसारमा बाइजान्टिन साम्राज्यले खेलेको भुमिका महत्त्वपूर्ण थियो। ईसाइकरणले साम्राज्यको अन्त्य र युरोपमा सामन्तवादको विकासबाट नै राजाहरूले खण्डित क्षेत्रमा र कुलीनले स्थानीय स्तरमा नियन्त्रण गरेका थिए। कौटिल्यको अर्थ व्यवस्थासँग आधारित मनोरियालिजमको अर्थव्यवस्था थियो।
यस समयका इस्लामी खलीफाहरूले उमय्याद र अब्बासिद खलीफाहरूको जन्म भएको प्रचार गरेका थिए। ७औँ शताब्दी ईस्वीमा इस्लामको उदयले उमाय्याद र अब्बासिद खलीफाअन्तर्गत मध्य पूर्व र उत्तर अफ्रिकामा राजनीतिक एकता ल्याएका थिए। अब्बासिदले संस्कृति, विज्ञान र व्यापारको सुनौलो युगको स्थापना गरेका थिए।
ओटोमनले मध्य पूर्व, पूर्वी यूरोप र उत्तर अफ्रिकामा साम्राज्य (१२९९–१९२२ सीई) स्थापना गरेका थिए। मंगोल साम्राज्य (१२०६–१३६८ सीई) का चंगेज खान र तिनका सन्तानले इतिहासको सबैभन्दा ठूलो साम्राज्य सिर्जना गरेका थिए। यो सम्राज्य पूर्वी एसियादेखि युरोपसम्म फैलिएको थियो। मंगोलहरूले पूर्व र पश्चिमबीचको व्यापार र सञ्चारलाई सहज बनाएको थिए।
पवित्र रोमन साम्राज्यका मध्यकालीन जर्मन साम्राज्यले पवित्र रोमन साम्राज्य (८००-१८०६ सिई) एक जटिल राजनीतिक संस्थाको रुपमा लिइ पश्चिममा रोमन साम्राज्यलाई पुनर्जीवित गर्न खोजेको थियो तर सीमित शक्ति भएकाले सम्राटको अख्तियार प्राय स्थानीय राजकुमारसँगको प्रतिस्पर्धामा सिमित भएको थियो।
प्रारम्भिक आधुनिक युग (१५००-१८०० सिई) को पुनर्जागरणको मानवतावाद र राजनीतिक सिद्धान्तले शास्त्रीय शिक्षा र राजनीतिक चिन्तनमा पुनरुत्थान गरेको थियो। प्रारम्भिक आधुनिक युगमा विकसित म्याकियाभेलीले शक्ति, नेतृत्व र राज्यकलामा नयाँ दृष्टिकोण प्रस्तुत गरेका थिए। यसपछिको अन्वेषण र उपनिवेशवादले स्पेन, पोर्चुगल, इङ्गल्याण्ड, फ्रान्स र नेदरल्याण्डमा अन्वेषण र उपनिवेशीकरण सुरू गरेका थिए।
अमेरिका, अफ्रिका र एसियामा विशाल साम्राज्य स्थापना गर्दै, विश्वव्यापी राजनीतिक परिदृश्यलाई पुन आकार दिएको थियो। यसबाट आएको व्यापारिकता र साम्राज्यवादले औपनिवेशिक सम्पत्तिको खोजी र राजनीतिक प्रभावको विस्तारले व्यापारिक कम्पनि र उपनिवेशको स्थापना व्यापारिक प्रणाली जन्म भएको थियो। भारतमाथि बेलायती शासन यही विधिबाट सुरू भएको थियो।
पुनजागरणको प्रबुद्धताले दार्शनिक क्रान्तिको जन्मबाट स्वतन्त्रता, समानता र लोकतन्त्रका विचार प्रस्तुत गरेका थिए। जोन लक, मोन्टेस्क्यु र रुसो जस्ता विचारकले निरपेक्ष पश्चिमी राजतन्त्रमाथि प्रश्न उठाई संवैधानिक सरकार, शक्ति पृथकीकरण र सामाजिक सम्झौताको वकालत गरेका थिए।
बेलायती राजधर्म प्रोटेस्टेन्टमा सुधार गरी धार्मिक र राजनीतिक उथलपुथल ल्याएका थिए। मार्टिन लुथरको ९५ थेसिस (१५१७) ले क्याथोलिक चर्चको अधिकारलाई चुनौती दिँदै प्रोटेस्टेन्ट सुधारलाई जगायो। धार्मिक युद्धमार्फत युरोपभर प्रोटेस्टेन्ट राज्यको उदय भएको थियो। यसै समयको वैज्ञानिक क्रान्तिले राजनीतिक विचारमा परिवर्तन ल्याएको थियो। १६औँ र १७औँ शताब्दीमा विज्ञानमा भएको प्रगतिले ब्रह्माण्डको परम्परागत दृष्टिकोण र मानवतालाई चुनौती दिएर तर्क, सँगती र शासनको राजनीतिक विचारलाई प्रभाव पारेको थियो।
आधुनिक युग (१८००-वर्तमान) मा धेरै क्रान्तिबाट राज्यहरूको जन्म भयो। अमेरिकी क्रान्तिले लोकतान्त्रिक गणतन्त्र, फ्रान्सेली क्रान्तिले राजतन्त्रको पतन र धर्मनिरपेक्ष लोकतान्त्रिक शासनको उदयको नेतृत्व गरी आधुनिक गणतन्त्रको लागि पथ तय गर्यो। नेपोलियनका युद्धबाट फ्रान्सको विस्तार गरी नागरिकता र कानुनी समानता जस्ता क्रान्तिकारी आदर्श फैलाउँदै सैन्य विजयमार्फत युरोपको पुनर्संरचना भयो। नेपोलियन कोड आधुनिक कानुनी प्रणालीहरूको लागि आधार बन्यो। भियनाको कांग्रेस (१८१५) ले युरोपेली शक्तिले शक्ति सन्तुलन पुनर्स्थापना गर्न र क्षेत्रीय सीमा पुन कोर्नका लागि भेला गरी युरोपमा सापेक्षिक स्थिरताको अवधि सुरू भयो।
१९औँ शताब्दीको औद्योगिकीकरण, राष्ट्रवादले राजनीतिक, आर्थिक परिवर्तन र समाजलाई रूपान्तरण गर्यो। समाजवाद र राष्ट्रवादलगायत नयाँ राजनीतिक विचारधाराको उदय भयो। एकीकरण आन्दोलनमा इटाली र जर्मनी आधुनिक राष्ट्र-राज्यहरूमा एकीकृत भए। ओटोम्यान साम्राज्य र अस्ट्रिया-हंगेरी, राष्ट्रवादी आन्दोलनसँग संघर्ष गरेका थिए। प्रथम विश्वयुद्धले युरोपको नक्सालाई नयाँ आकार दियो। अस्ट्रो-हंगेरियन, ओटोम्यान, रुसी र जर्मन साम्राज्यको पतन भयो।
दोस्रो विश्वयुद्धले संयुक्त राज्य अमेरिका र सोभियत संघको गठन भयो। युरोपको पूर्वी (कम्युनिस्ट) र पश्चिमी (पूँजीवादी) क्षेत्रमा विभाजन भयो। शीत युद्ध निम्तोसहितको युद्ध थियो। द्विध्रुवी विश्व व्यवस्थामा प्रोक्सी युद्ध, आणविक हतियार दौड र विश्वव्यापी वैचारिक द्वन्द्वको उदय देखियो। युरोपेली साम्राज्यको अन्त्य पछिको दोस्रो विश्वयुद्धले एसिया, अफ्रिका र मध्य पूर्वका धेरै उपनिवेशहरूबाट स्वतन्त्रता प्राप्त गरे। विश्वव्यापी राजनीतिक परिदृश्यलाई पुन आकार दिँदै नयाँ राष्ट्र आन्दोलनहरूबाट जन्म लिन थाले।
समसामयिक राजनीति भूमण्डलीकरण नयाँ प्रजातन्त्र र अधिनायकवाद जन्म भएको छ। सभ्यताको चेतनाले राजनीतिक इतिहास अविश्वसनीय रूपमा सूक्ष्म बनाइ दिएको छ। विश्वभरको राजनीतिक विकास आयामिक छ। विश्वव्यापीकरण, प्राविधिक विकास, जलवायु परिवर्तन, आर्थिक परिवर्तन र शक्तिको गतिशीलता परिवर्तनका कारकद्वारा आकारमा द्रुत रूपमा विकसित भइरहेको छ।
आजको विश्व
विश्वव्यापी राजनीतिक विकासमा लोकप्रियताको उदय भएको छ। डोनाल्ड लोकप्रियता र ब्राजिलमा जैर बोल्सोनारोले दक्षिणपन्थ लोकवाद तथा हंगेरी र पोल्याण्डमा भिक्टर ओर्बान र जारोस्लाव काजिन्स्कीले राष्ट्रवादीर उदारवादी लोकतन्त्र झल्काउँछ। युरोपमा इटाली, फ्रान्स र जर्मनीमा लोकप्रियतावादी पार्टीले बिजय हासिल गरेका छन्। यद्यपि सफलता देश अनुसार फरक छ। आज चीनको उदय र विश्वव्यापी शक्तिमा परिवर्तन भएको छ।
विशेष गरी व्यापार, प्रविधि र सैन्य प्रभाव जस्ता क्षेत्रमा अमेरिकाको वर्चश्वलाई चुनौती दिँदै चीन प्रमुख विश्व शक्तिको रूपमा उभिएको छ। चीनको 'बेल्ट एण्ड रोड इनिसिएटिभ' पूर्वाधारमा लगानीमार्फत एसिया, अफ्रिका र युरोपमा प्रभाव विस्तार गर्ने रणनीतिको एक उदाहरण हो। अमेरिका र चीनबीचको बढ्दो प्रतिद्वन्द्वी भूराजनीतिको परिभाषित विशेषता हो। नेपालको मध्यवर्ति भुमिको महत्व बझै बढेर गएको छ।
आर्थिक विकासको सम्भावना बढेको, सैन्य तनाव, एआई र अन्तरिक्ष अन्वेषण क्षेत्रमा प्रतिस्पर्धा छ। जलवायु परिवर्तनमा वातावरणीय राजनीति जोडिएको छ। प्राविधिक परिवर्तन शासन व्यवस्थापनको आधार बनेको छ। चीन अनुहार पहिचान जस्ता संयन्त्रमार्फत सामाजिक नियन्त्रणको लागि एआई प्रयोग गर्दै निगरानी प्रविधिमा विश्वव्यापी नेता बनेको छ।
ईयुले सामान्य डेटा संरक्षण नियमनले डेटा गोपनीयता कानुनको लागि उदाहरण पेश गरेको छ। मध्य पूर्वमा सिरिया द्वन्द्व, इरान र साउदी अरेबियाको प्रोक्सी युद्द, इजरायल र प्यालेस्टाइन द्वन्द्व अन्तर्राष्ट्रिय कूटनीतिको केन्द्रबिन्दु बनेको छ। अब्राहम सम्झौता अरब-इजरायलका लागि कागती खोस्टो बनेको छ।
२०औँ शताब्दीको उत्तरार्धमा विश्वभर लोकतन्त्र र २१ औँ शताब्दी राजतन्त्रको विकल्पका नव राजतन्त्रको रुप अधिनायकवादको पुनरुत्थान भएको छ। रूसमा भ्लादिमिर पुटिनको नेतृत्व गरेका छन्। टर्कीमा रेसेप तैयप एर्दोगानले बढ्दो शक्तिलाई सुदृढ गरेर देशलाई संसदीय प्रणालीबाट राष्ट्रपति प्रणालीमा सार्दै नवराजबादको विकास गरेका छन्।
म्यानमारमा सैन्य जुन्टाको विद्रोहले वर्षौंको लोकतान्त्रिक प्रगतिलाई उल्टाएको छ। यूरोपीय संघ र ब्रेक्सिट सदस्य राष्ट्रबीचको एकीकरणलाई गहिरो बनाउन र राजनीतिक तथा आर्थिक सम्बन्धलाई सुदृढ पार्ने युरोपेली संघ विश्वव्यापी राजनीतिमा केन्द्रीय खेलाडी बनेको छ। ब्रेक्सिटले ईयू र बेलायतमा स्थायी प्रभाव पारेको छ। दुई संस्थाहरूबीचको राजनीतिक, आर्थिक र व्यापारिक सम्बन्धलाई पुन आकार दिँदै दुवैका लागि नयाँ चुनौती सिर्जना गर्दै लोकतान्त्रिक पुनप्रण भएको भएको छ।
संसारका धेरै भागहरूमा लोकतान्त्रिक मान्यता र संस्थाहरू क्षय भएका छन्। संयुक्त राज्य अमेरिकाले बढ्दो ध्रुवीकरणलाई लोकतान्त्रिक मानदण्डमा चुनौती देखेको छ। ल्याटिन अमेरिकाका ब्राजिल र अर्जेन्टिनाले आफ्नो लोकतान्त्रिक प्रणालीलाई कायम राखेका छन्। निकारागुआ र भेनेजुएलामा अधिनायकवाद बढ्दै गएको छ।
देशले अन्तर्राष्ट्रिय व्यापार र आपूर्ति शृङ्खलामा ट्रान्स-प्यासिफिक पार्टनरशिप वा क्षेत्रीय व्यापक आर्थिक साझेदारीको लागि व्यापक र प्रगतिशील सम्झौता प्रमुख हुँदैछन्। सामाजिक आन्दोलन र विरोधमा नागरिक अधिकार, लैङ्गिक समानता र आर्थिक न्याय प्रभावमा परेका छन्। असमानता, प्रहरी दमन र भ्रष्टाचारका विरुद्ध विश्वव्यापी रूपमा विरोध प्रदर्शन भइरहेका छन्। हङकङमा प्रजातन्त्र पक्षधर आन्दोलनमा छ।
विश्वमा अझै कोभिट महामारीको शासन छ। विश्वको राजनीतिक विकास जटिल र अन्तरसम्बन्धित छ। नयाँ चुनौतीहरूको सामना गर्दै केहीले लोकतान्त्रिक आदर्शहरूप्रति आफ्नो प्रतिबद्धतालाई पुन पुष्टि गरिरहेका छन। विश्वव्यापी शक्ति गतिशील परिवर्तनको रूपमा उदीयमान प्रविधिले शासनमा केन्द्रीय भूमिका खेल्न र छल्न खोजिरहेका छन्। जलवायु परिवर्तन, बसाइँसराइ र सुरक्षा जस्ता विश्वव्यापी मुद्दाहरूले अन्तर्राष्ट्रिय परिदृश्यलाई नयाँ आकार दिन खोजिरहेको छ।
विश्वमा भएका राजनीतिक घटनाले विश्वव्यापी प्रभावका आधार र कारण मध्यको एक कारण इजरायल-हमास द्वन्द्व (अक्टोबर २०२३) एक हो। अक्टोबर ७, २००७ मा हमासले इजरायलमा ठूलो आक्रमण सुरू गर्यो। जसको कारण हजारौँ मानिस मारिएका छन्। युद्धविराम, मानवीय सहायता र इजरायल-प्यालेस्टाइन द्वन्द्वको समाधानको लागि बढ्दो अन्तर्राष्ट्रिय आह्वानको स्थिति गम्भीर छ।
फेब्रुअरी २०२२ मा सुरू भएको युक्रेन र रूसबीचको चलिरहेको युद्धले महत्त्वपूर्ण राजनीतिक र आर्थिक परिणाम जारी राखेको छ। यसले अन्तर्राष्ट्रिय संस्था, विश्वव्यापी व्यापारलाई तनाव दिइरहेको छ। ऊर्जा सुरक्षा, नाटो विस्तार र विश्वव्यापी गठबन्धनको भविष्यका बारेमा बहस भइरहेको छ। शक्तिराज्य अमेरिकामा २०२४ मा हुने राष्ट्रपति चुनाव चुनावले लिएको गति र नतिजाले अमेरिकी घरेलु नीतिमा मात्र नभई जलवायु परिवर्तन, अन्तर्राष्ट्रिय व्यापार र सैन्य गठबन्धन जस्ता विश्वव्यापी मुद्दाहरूमा पनि महत्त्वपूर्ण प्रभाव पार्न सक्छ।
चीनको राजनीतिक नीति, असहमति, मानव अधिकारका मुद्दा र अडानलाई अन्तर्राष्ट्रिय समुदायले नजिकबाट हेरिरहेको छ। ताइवानको अवस्था द्वन्द्वको लागि सम्भावित ढोका बनेको छ। बढ्दो चिनियाँ सम्भावनालाई विश्वले नियालिरहेको छ। जलवायु नीति र विश्वव्यापी सम्मेलन जलवायु परिवर्तन दूरगामी राजनीतिक प्रभावको एक महत्वपूर्ण मुद्दा हो।
देशहरूले कार्बन उत्सर्जन घटाउने, हरित ऊर्जामा संक्रमण र जलवायु न्यायलाई सम्बोधन गर्ने प्रतिबद्धतालाई बलियो बनाउन दबाबको सामना गरिरहेका छन। यस सन्दर्भमा अधिनायकवाद र लोकप्रियताको उदय भएको छ। ब्राजिल, हंगेरी, टर्की र पोल्याण्ड जस्ता देशलगायत विश्वभरि, लोकतान्त्रिक र अधिनायकवादी सरकारले शक्ति सुदृढ गर्ने प्रवृत्ति बढ्दै गएको छ।
यी परिवर्तनले विश्वव्यापी गठबन्धन, मानवअधिकार र अन्तर्राष्ट्रिय मान्यताहरूलाई पुन: आकार दिइरहेका छन्। यी प्रत्येक घटनाले फराकिलो भू-राजनीतिक र सामाजिक-आर्थिक प्रवृति प्रतिबिम्बित गर्दछ। संलग्न क्षेत्र मात्र नभई विश्वव्यापी व्यवस्थालाई पनि असर गर्छ।
सम्भावनामा नेपाल
विश्वमा नेपालको राजनीतिक हैसियत यसको अद्वितीय भौगोलिक स्थान, ऐतिहासिक सन्दर्भ र सामाजिक-राजनीतिक विकासले निर्धारण गरेको छ। चीन (उत्तरमा) र भारत (दक्षिण, पूर्व र पश्चिम)बीचमा अवस्थित भूपरिवेष्ठित, पहाडी राष्ट्रको रूपमा, नेपालले दक्षिण एसियाको भूराजनीतिमा महत्त्वपूर्ण भूमिका खेल्छ। विशेष गरीबीचको मध्यवर्ती राज्यको रूप यसको रणनीतिक महत्त्वका कारण हो। दुई प्रमुख शक्तिकाबीचमा रहेको नेपाल विश्व मञ्चमा भूराजनीतिक महत्वको विम्वको रुपमा रहेको छ। नेपाल मध्यवर्ती राज्य हो।
नेपालले ऐतिहासिक रूपमा चीन र भारतबीचको मध्यवर्ती राज्यको रूपमा काम गरेको छ। भारतमा ब्रिटिस औपनिवेशिक कालमा नेपाललाई एक महत्वपूर्ण सहयोगीका रूपमा हेरिन्थ्यो। यो रणनीतिक स्थान आज पनि चीन-भारत प्रतिद्वन्द्वको सन्दर्भमा महत्त्वपूर्ण छ। नेपालले चीनसँग सिमाना छ। हालका वर्षहरूमा नेपालले व्यापार, पूर्वाधार परियोजनाहरू जस्तै बेल्ट एण्ड रोड इनिसिएटिभ र विभिन्न मुद्दाहरूमा सहयोगमार्फत चीनसँगको सम्बन्धलाई सुदृढ गर्दै आएको छ।
नेपालको भारतसँग गहिरो सांस्कृतिक, ऐतिहासिक र आर्थिक सम्बन्ध छ। तर, दुई देशबीचको सम्बन्ध खासगरी सीमा विवाद र नेपालमा भएका राजनीतिक घटनाक्रमका कारण वर्षौंदेखि उतारचढाव आएको छ। रणनीतिक स्थितिका रुपमा हिमालय रहेको छ। हिमालय नेपालको विश्वव्यापी सुरक्षाको लागि महत्त्वपूर्ण स्थान दिन्छ। धेरै देशहरूले यसको राजनीतिक घटनाक्रममा नजिकबाट नजर राख्छन।
नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा भारतसँगको सम्बन्ध नेपालको भारतसँग गहिरो ऐतिहासिक, सांस्कृतिक र आर्थिक सम्बन्ध छ। खुला सिमानाले दुई देशका जनतालाई स्वतन्त्र आवतजावत गर्न अनुमति दिन्छ। भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार र सहायता दाता हो। नेपाल र भारतबिच सीमा विवाद छ।
नेपाल चीनले सन् २०१७ मा चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा एक फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गरेपछि नेपालले पूर्वाधार विकास (सडक, रेलमार्ग, आदि) जस्ता बीआरआई परियोजनाहरूमा भाग लिन सहमत भएको थियो। चीन-नेपाल रेलमार्गको निर्माण र तिब्बत स्वायत्त क्षेत्रमा पूर्वाधारको सम्भावित विकास दुवै राष्ट्रका लागि चासोको बिन्दु हो।
नेपाल संयुक्त राष्ट्र संघ (यूएन), दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र असंलग्न आन्दोलनलगायत धेरै अन्तर्राष्ट्रिय संस्थाको सदस्य हो। नेपालले शान्ति मिसनमा पनि सक्रिय रहँदै आएको छ। विश्वभर संयुक्त राष्ट्रसंघको शान्ति स्थापना अभियानमा सेनालाई योगदान दिएको छ। कृषिले जनसंख्याको ठूलो हिस्सालाई रोजगारी दिएको भनिएतापनि पछिल्ला वर्षमा पर्यटन र विदेशमा रहेका नेपाली कामदारको रेमिट्यान्स आम्दानीको प्रमुख स्रोत बनेको छ।
नेपालले गरिबी, बेरोजगारी, अपर्याप्त पूर्वाधार र रेमिट्यान्समा निर्भरता जस्ता चुनौतीको सामना गरिरहेको छ। सन् २०१५ को भूकम्पजस्ता प्राकृतिक प्रकोपले देशको विकास प्रयासमा बाधा पुर्याएको छ। नेपालको अन्तर्राष्ट्रिय व्यापार सीमित छ। चिनियाँ बन्दरगाहमा पहुँच पनि व्यापार बढाउने माध्यमको रूपमा खोजिएको छ।
कूटनीतिक सम्बन्ध र उपस्थिति नेपालले शान्तिपूर्ण कूटनीति अवलम्वन गरेको छ। नेपालले सधैँ शान्तिपूर्ण सहअस्तित्व र असंलग्नताको नीति अवलम्बन गरेको छ। ठूला शक्तिसँग भौगोलिक निकटता भए पनि नेपालले चीन र भारत दुवैसँग सन्तुलित कूटनीतिक सम्बन्ध कायम राख्न नसकेको देखिन्छ।
नेपाल हिमनदी र प्राकृतिक प्रकोपलगायत भूगोलका कारण जलवायु परिवर्तनका प्रभावहरूबाट उच्च जोखिममा छ। नेपालले पेरिस सम्झौता जस्ता जलवायु वार्तामा साना, कमजोर राष्ट्रको आवश्यकताको वकालत गर्दै अन्तर्राष्ट्रिय जलवायु छलफलमा सक्रिय रूपमा भाग लिन्छ। नेपालको एक अद्वितीय सांस्कृतिक सम्पदा छ र यसले अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्न सांस्कृतिक कूटनीति प्रयोग गर्दछ। नेपालको परराष्ट्र नीतिमा पर्यटन महत्त्वपूर्ण भूमिका खेल्छ। धेरै देशहरूले नेपालको मूल्यलाई विश्वव्यापी सम्पदा स्थलको रूपमा मान्यता दिन्छन्।
नेपाल कमजोर शासन व्यवस्था, भ्रष्टाचार र कमजोर गठबन्धन सरकारहरूलगायतका आन्तरिक राजनीतिक चुनौतीहरूसँग संघर्ष गरिरहेको छ। स्थिरता विदेशी लगानीकर्ता र विश्वव्यापी साझेदारहरूको लागि निरन्तर चिन्ताको विषय बनेको छ। भारतसँगको नसुल्झे सीमा विवादले आफ्नो दक्षिणी छिमेकीसँगको सम्बन्धलाई तनावपूर्ण बनाउन सक्छ।
चीन र भारतले दक्षिण एसियामा प्रभावका लागि प्रतिस्पर्धा गर्दा नेपालबीचमा पर्न सक्छ। यद्यपि यसले दुबै सम्बन्धबाट फाइदा लिन खोज्छ तर यसको तटस्थता परीक्षण हुन सक्छ किनकि दुबै शक्ति यस क्षेत्रमा प्रभावको लागि बढ्दो प्रतिस्पर्धामा छन।
नेपालले विश्वव्यापी मञ्चमा अपेक्षाकृत कम प्रोफाइलमा छ। यसको रणनीतिक स्थिति, संयुक्त राष्ट्र शान्ति स्थापनामा भूमिका र चीन र भारतसँगको बढ्दो सम्बन्धले यसलाई दक्षिण एसियाको भूराजनीतिमा महत्त्वपूर्ण खेलाडी बनाउँछ। यसको शान्तिपूर्ण कूटनीति, क्षेत्रीय शक्तिबीच सन्तुलन कार्य, र शासन र विकासमा चुनौती विश्वमा यसको राजनीतिक स्थितिलाई प्रभाव पार्ने प्रमुख पक्ष हुन्। नेपालको राजनीतिक भविष्य आन्तरिक स्थायित्व र शक्तिशाली छिमेकी र विश्व समुदायसँगको सम्बन्धलाई कसरी कायम गर्छ भन्नेमा निर्भर रहनेछ।
रंगमञ्चमा नेपाल
नेपालको राजनीतिक इतिहास लामो र जटिल छ। अनुपम भूगोल, विविधतायुक्त संस्कृति र शक्तिशाली छिमेकी भारत र चीनबीचको रणनीतिक स्थितिबाट बनेको छ। देशले निरंकुश राजतन्त्रदेखि बहुदलीय प्रजातन्त्रसम्म विभिन्न प्रकारका शासन व्यवस्थाको अनुभव गरेको छ। नेपाल महत्वपूर्ण राजनीतिक उथलपुथल र क्रान्तिहरूबाट गुज्रिएको छ।
नेपालको एकीकरणबाट नेपाल राष्ट्रिय राज्यको हैसियत प्राप्त गरेको थियो। त्योभन्दा पहिले साना युद्धरत रियासत राज्यमा टुक्रिएको थियो। शाह वंशले दुई शताब्दीभन्दा बढी समयसम्म नेपालमा शासन गर्यो। शाहकालमा नै राणाकाल पनि थियो। राणा शासनको अन्त्यसँग संवैधानिक राजतन्त्रको स्थापना भयो।
संवैधानिक राजसंस्थात्मक काँग्रेस र एमालेको शासनमा नै जन्मेको माओवादी विद्रोह राजतन्त्रको काल भयो। राजतन्त्र पछिको अवधिमा संघीय गणतन्त्र राजनीतिक संक्रमणमा चलिरहेको छ। गणतन्त्रको संक्रमणका आधार संरक्षीत भ्रष्टाचार, सँगठित अपराध र तस्करी हो। यसले नेपाली राजनीति आपराधिकीकरणमा परिणत गरेको। कानुनको कमजोर शासन, दण्डहीनताको अवस्था, सुशासन र विकासको अभाव मुख्य जिम्मेवारीमा छन।
अस्थिरता, शक्तिशाली राजनीतिक दलको प्रभाव र प्रभावकारी कानुनी कार्यान्वयनको अभावले बढेको नेपालमा राजनीतिक संक्रमण अपराधिकतासँग गहिरो नाता सम्बन्ध रहेको प्रमाणित छ। यी समस्यालाई सम्बोधन गर्न दीर्घकालीन संरचनात्मक सुधार, विधिको शासनलाई सुदृढ गर्न र सरकारका सबै तहमा नैतिकता, पारदर्शीता र जवाफदेहिता प्रवर्द्धन गर्न आवश्यक छ।
गणतन्त्रको संक्रमण भ्रष्टाचारको अधिनमा छ। भ्रष्टाचारले नै राजनीतिक अस्थिरता दिएको छ। भ्रष्टाचारका घटनामा कमजोर शासन तथा शासकको संयोजन छ। शासक नै ले भ्रष्ट अभ्यासमा अनुकूलता सिर्जना गरेको छ। भ्रष्टाचारको संरक्षक सञ्जालमा नेपालका राजनीतिक दल सबै सहभागी छन। राजनीतिक नेताले प्राय व्यक्तिगत शक्तिको आधारबाट वफादारलाई पुरस्कृत गर्न राज्य स्रोत प्रयोग गरेका छन। यसले जवाफदेहिताको अभाव र नोकरशाहीको असक्षमता प्रमाणित गरेको छ।
भ्रष्टाचार घूसखोरी, घोटाला र दुरुपयोग, राजनीतिक भ्रष्टाचार, विकास सहायता, न्यायपालिका र सेनामा अध्याधिक रहेको छ। भ्रष्टाचारबाट प्रभावित मुख्य क्षेत्रहरू सार्वजनिक खरिद, शिक्षा, सेना, स्वास्थ्य, भूमि प्रशासन र प्रहरी र कानुन प्रवर्तन पर्दछन भने नेपाली सेनाको कल्याणकारी कोषको मात्र भष्ट्राचारको छानबिन हुने हो भने बम्राण्ड चकित पर्नेछ।
राजसंस्थाको अन्त्यपछि नेपालले सरकार परिवर्तनको सामना गरेको छ। गुठगत असहमति वा गठबन्धनको परिणाम राजनीतिक अस्थिरता छ। दशक लामो माओवादी आतंकवाद नेपालको राजनीतिक इतिहासमा राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनामा प्रमुख मोड थियो। शान्ति प्रक्रिया एक प्रमुख विश्वव्यापी चासो थियो। अन्तर्राष्ट्रिय दलालले शान्तिलाई संक्रमण बनाएका छन्। राजनीतिक प्रणाली भ्रष्ट भिडतन्त्रका साम्राज्यवादी विस्तारवादी र पुजिपतिका दलाल कुलिनको अल्पजनतन्त्र हो। यो नेपालको दुर्जन प्रजातन्त्र र आयतित लोकतन्त्रको मिश्रित आंतकवादी गणतन्त्र हो।
नेपालमा उल्लेखनीय र राजनीतिक नेतृत्व संलग्न तर कारवाही नहुने भ्रष्टाचार घटना हेर्दा राजस्व, खरिद र सार्वजनिक वित्त घोटाला, काठमाडौँ उपत्यका ट्राफिक व्यवस्थापन घोटाला, सहकारी घोटाला, नेपाल आयल निगम काण्ड, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल टेन्डर काण्ड, वन विभाग टिम्बर तस्करी काण्ड, स्पेक्ट्रम आवंटन घोटाला, माधव नेपालको अफिस स्क्यान्डल, द सेबर करप्शन केस, आप्रवासी श्रमिक कोष हिनामिना, द एभिएसन स्क्यान्डल, द ह्वाइट पेपर स्क्यान्डल, भीभीआईपी भूमि घोटाला, मेलम्ची खापानी संकटमा भाको घाटा, काठमाडौँ उपत्यका विकास घोटाला, मेलम्ची जलविद्युत समुद्री हिनामिना, वाग्मती सफाइ परियोजना भ्रष्टाचार, आकस्मिक कोष दुरुपयोग, नेपाल खाद्य निगम काण्ड, द फेक मेडिसिनल ड्रग स्क्याम, नेपाल प्रहरी भ्रष्टाचार काण्ड, नेपाल विद्युत प्राधिकरण भ्रष्टाचार काण्ड, अनाज खरिद घोटाला, काठमाडौँ उपत्यका ड्रेनेज परियोजना घोटालाले जनतालाई भ्रमित बनाएकाे छ।
यसैगरी भन्सार विभाग तस्करी काण्ड, नेपाली सेना कल्याण कोष घोटाला, आदिवासी भूमि अतिक्रमण काण्ड, भूकम्पपछिको पुनर्निर्माण घोटाला, नेपाल एयरलाईन्स खरिद घोटाला, चितवनमा खानेपानी काण्ड, शिक्षा क्षेत्र भ्रष्टाचार घोटाला, राहत कोष कु-प्रबन्धन, नेपाल प्रहरी भर्ती घोटाला, विराटनगर विकास समिति भ्रष्टाचार, स्विस दूतावास भिसा ठगी काण्ड, नेपाल आयल निगम (एनओसी) भ्रष्टाचार काण्ड, बालुवाटार जग्गा काण्ड, कोशी जलविद्युत आयोजना घोटाला, चुरे क्षेत्र वातावरणीय घोटाला, विद्यालय छाड्ने प्रमाणपत्र परीक्षा जालसाजी, भरतपुर नगरपालिका जग्गा अतिक्रमण, सार्वजनिक खरिद भ्रष्टाचार काण्ड, औषधि जडिबुटी घोटालामा राजनीतिक पहुँचबाट पारदर्शीता, प्रवर्तन र राजनीतिक प्रभावका प्रणालीगत मुद्दाले प्राय भ्रष्टाचारलाई निरन्तरता दिन, प्रगतिलाई सुस्त बनाउन र जनताको भ्रममा योगदान पुर्याएको छ।
अन्त्यमा नेपाल परिचय
सम्रगमा नेपालमा राजनीतिमा आपराधिक प्रवेशको संवैधानिकता २०४६ सालमा आएको दुर्जन प्रजातन्त्रबाट भएको हो। नेपाल दुर्जन प्रजातन्त्रको मतियार नेपालका काँग्रेस र एमाले नै हुन भन्नेमा कुनै शका र डर मान्नु पर्ने छैन। आयतित लोकतन्त्र र आंतकवादी गणतन्त्रको मतियार र हतियार माओवादी हो भन्नेमा पनि कुनै शंका छैन। कपालमा जेल लगाएर १७ हजारको रगतबाट होलि खेलेको माओवादी भर्खर गणतन्त्रमा रातो टाई लगाउन सिकेको छ।
मुलुक टपरीवाद, टोरीवाद र मनोरोगबाट ग्रसित छ। दुर्जन प्रजातन्त्र, आयतित लोकतन्त्र र आंतकवादी गणतन्त्र नै नेपालमा राजनीतिमा आपराधिक शुसासनबाट अघि बढेको छ। नेपालमा राजनीतिक अपराध भनेको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक उद्देश्य, कार्य वा व्यक्तित्वसँग जोडिएका गैरकानुनी भष्ट्राचारजन्य कार्य हुन्।
भष्टचारकै कारण नेपाली आमाको काख मध्य पूर्वका लागि कामदार उत्पादन गर्ने कारखाना सावित भएको छ। नेपालको इतिहास राजनीतिक आन्दोलन, शक्ति सङ्घर्ष र सामाजिक उथलपुथलमा आपराधिक कार्य प्रकट भएको छ। जसमा हिंसा, भ्रष्टाचार, चुनावी धाँधली र व्यक्तिगत वा दलीय लाभका लागि राज्य संयन्त्रको प्रयोग समावेश छ।
नेपालको राजनीतिमा अपराधिकताको सुरूवात बहुदलीय प्रजातन्त्रबाट सुरू भएको हो। यसलाई मलजल गर्ने काम दशक लामो माओवादी विद्रोह हो। माओवादी विद्रोहले राज्यसँगको दशक लामो द्वन्द्वको क्रममा बम विस्फाेट, जबरजस्ती फिरौती र अपहरण जस्ता हिंसात्मक कार्यमा संलग्न थिए। दुवै पक्षले यस अवधिमा विभिन्न मानवअधिकार उल्लङ्घन गरेका छन्। यसमा राजनीतिक हिंसा पनि समावेश छ।
वर्तमान राजनीतिक आपराधिकतामा भ्रष्टाचार सबैभन्दा प्रमुख हो। भ्रष्टाचार नेपालको स्थायी मुद्दा हो। यो राजनीतिक दलका नेता, उच्च सैनिक कर्मचारी र न्यायधिसका अपराधसँग सम्बन्धित छ। राजनीतिक दलहरूले प्रहरी वा न्यायपालिका जस्ता निकायहरूलाई राजनीतिक बदला लिन वा असहमतिलाई दबाउन प्रयोग गरेका छन्। यसले गलत गिरफ्तारी, पक्षपाती अनुसन्धान र कानुनी परिणामहरूको हेरफेर निम्त्याउन सक्छ। अदालत दलीय अधिनस्त छ।
नेपाली सेना भष्ट्राचारमा चुलुम्म डुबेको छ। प्रहरीमाथि राजनीतिक आस्थाबाट प्रभावित भएर कानुन कार्यान्वयनलाई निष्पक्ष बनाएको आरोप लागेको छ। राजनीतिक पार्टीमा आपराधिक नेटवर्क जोडिएका छन्। नेपालका कतिपय राजनीतिक दल आपराधिक सिन्डिकेटमा आबद्ध रहेका छन्। यी आपराधिक नेटवर्क फिरौती, स्थानीय समुदायलाई आतंकित गर्ने, अवैध गतिविधि तस्करी, लागूऔषध ओसारपसार, जग्गा कब्जा, र मानव बेचबिखन समावेश छन्।
कतिपय अवस्थामा, राजनीतिज्ञ र व्यवसायीले आपराधिक तत्वहरूसँग सहजीवी सम्बन्ध कायम राख्छन्, जसले राजनीति र अपराधलाई थप अलमलमा पारेको छ। राजनीतिक आपराधिकता विरुद्ध लड्न धेरै चुनौती छन। नेपालले राजनीतिक आपराधिकतालाई सम्बोधन गर्न महत्वपूर्ण चुनौती सामना गरिरहेको छ।
न्यायपालिका, कानुन प्रवर्तन निकायहरू कमजोर, घुस र राजनीतिक दबाबमा भएकाले अपराध नियन्त्रणमा प्रभावकारिता छैन। राजनीतिक नेता र प्रभावशाली व्यक्तित्व आपराधिक कार्यमा संलग्न हुँदा पनि दण्डहीनताको आनन्द लिइरहेका छन। पर्यवेक्षण निकाय र राजनीतिकरण गरिएको न्यायिक प्रणालीको अभावका कारण सांसद र राजनीतिक नेतालाई आफ्ना कार्यका लागि जवाफदेही बनाइँदैन। राजनीतिक ध्रुवीकरणले भ्रष्टाचार र राजनीतिक अपराधविरुद्ध लड्नका लागि कानुन प्रवर्तनका लागि बृहत्-आधारित गठबन्धन बनाउन वा संस्थाको सुधारमा जोड दिन गाह्रो बनाएको छ।
मिडिया र नागरिक समाजको भूमिकाको दलीय र भ्रष्ट छ तथापि राजनीतिक अपराधको पर्दाफास गर्न सञ्चारमाध्यम र नागरिक समाजको महत्वपूर्ण भूमिका हुन्छ। खोज पत्रकारिताले भ्रष्टाचार र शक्तिको दुरुपयोगका धेरै उच्च प्रोफाइलका घटना उजागर गरेको छ। यद्यपि पत्रकारले पनि शक्तिशाली राजनीतिक व्यक्तित्वबाट धम्की, उत्पीडन र हिंसाको सामना गर्छन्।
नागरिक समाज संगठन र कार्यकर्ताले पारदर्शीता, सुशासन र जवाफदेहिता प्रवर्द्धनमा काम गर्छन्। राजनीतिक अपराधका उदाहरणमा हत्यारा राजनीति एक हो। यसैमा भ्रष्टाचार घोटाला र स्थानीय शक्ति सङ्घर्ष पर्दछन्। यसका सुधार र उपायमा भ्रष्टाचार विरुद्धको पहल, कानुनी सुधार र अन्तर्राष्ट्रिय दबाब अनिवार्य सर्त हुन्।
नेपालमा राजनीतिक आपराधिकता एउटा गहिरो समस्या हो। देशको राजनीतिक द्वन्द्व, कमजोर संस्था र भ्रष्टाचारको इतिहासमा जरा गाडेको छ। यी चुनौतीलाई सम्बोधन गर्ने प्रयास गरिए पनि राज्यशक्तिको दुरुपयोग, अपर्याप्त कानुन कार्यान्वयन र प्रभावशाली व्यक्तिले भोगेका दण्डहीनतालगायतका कारकको संयोजनका कारण राजनीतिक आपराधिकता कायमै छ।
नेपालमा राजनीतिक अपराध न्यूनीकरण गर्न संस्थागत सुधार, विधिको शासन सुदृढ गर्न र पारदर्शीता र जवाफदेहिताप्रति सबै राजनीतिक दल र नेताको प्रतिबद्धता आवश्यक छ। आज विश्वमा नेपालको परिचय सबैभन्दा गरिब देश, खाडीमा कामदार उत्पादन गर्ने मेसिन, आपराधिक सुशासन भएको देश, चेतनहीन जनता भएको देशका रुपमा रहेको छ। यसको आधार नेपालका टपरीवादी र टोरीवादी नेतृत्व, मनोरोगी अभियानकर्ता र अज्ञानताका महारथी वौदिक वर्ग नै हुन। जनताले बुझ्न जरुरी छ।