विवादमा नेपाली सेना, यस्तो छ इतिहास
नयाँ पत्रिका दैनिक
सन्त कविर वाणी भन्छ– ‘पाहन पुजे हरि मिले तो मैं पुजु“ पहार। अर्थात्, पत्थर (मूर्ति)को पूजा गर्दैमा भगवान् मिल्ने भए म पहाडै पुजिदिन्थेँ।’ कविर १५औँ शताब्दीका रहस्यमयी सन्त, कवि थिए। सन् १३९८ मा भारत उत्तरप्रदेशको वाराणसीमा जन्मिएका उनी समाजमा फैलिएका कुरीति, अन्धविश्वास, कर्मकाण्ड तथा सामाजिक विकृतिको निन्दा, विरोध गर्थे । यसैले कविरको जीवनकालमा हिन्दू तथा मुस्लिम दुवै समुदाय धार्मिक अतिवादीहरूद्वारा प्रताडित बन्नुपर्यो।
सन् १९७७, २० जुनको दिन चितवनस्थित जुगेडीमा ‘जुगेडी किसान काण्ड’ भयो । नेपाल कम्युनिस्ट पार्टी, किसान संघर्ष समिति चितवनको योजनाअनुसार सामन्त धर्मलाल मुल्मी र अर्का साहु सानुलाल जोशीको धानको गोदाम कब्जा गरी गरिब, किसानलाई बाँड्ने योजना बन्यो। साहु धर्मलाल घरमा नभेटिएपछि करिब चार सयको संख्यामा उपस्थित आमसर्वसाधारणको समूहले सानुलालको धान–गोदाम तथा कपडा पसल कब्जा गरी लुट्यो।
घटना भएको सूचनापश्चात् प्रहरी कारबाहीमा दशरथ चेपाङ र सन्तबहादुर चेपाङको गोली हानी घटनास्थलमै हत्या गर्यो। पक्राउ गरेका नन्दलाल चेपाङको यातनाका कारण जेलभित्रै र रुद्रबहादुर चेपाङको जेलबाट छुटेलगत्तै मृत्यु भयो । यसरी जुगेडी काण्डमा चारजना सहिद भए। उक्त कुराको स्वीकारोक्ति तत्कालीन समयमा टुक्रा–टुक्रामा बाँडिएका विभिन्न कम्युनिस्ट समूहहरूले विभिन्न समयमा गरेका छन्। जुगेडी काण्ड कम्युनिस्ट विद्रोहको एक उदाहरणीय काण्ड बन्न पुग्यो।
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया