डा. महेन्द्रजंग शाह
ब्राह्मणवादबाट वर्णच्युत
ब्राह्मण जात र बर्ग विषेश शब्द होइन। आज चलनचल्तीमा रहेका बाहुनवाद र टपरीवाद प्रचीनकालीन ब्राह्मण वर्णसँग जोडिएर आएका शब्द हुन्। ब्राह्मणवादबाट बाहुनवाद र बाहुनवादबाट टपरीवाद भएको भन्ने बुझाइ छ।
ब्राह्मण शब्दको प्रयोग ब्राह्मण वर्ण जातिको रूपमा, ब्राहमण ग्रन्थको रूपमा र ब्रह्मको ज्ञान राख्ने व्यक्तिको रूपमा अर्थाइएको छ। भगवान् बुद्धले भनेका छन्, ‘भिक्षुहरू हो, कुनै मानिस जन्मको आधारमा ब्राह्मण हुन सक्दैन। उसले ब्राह्मणचित्त कर्तव्य गरेमात्र ब्राह्मण हुनसक्छ।’
गोत्रले वा जन्मले कोही ब्राह्मण हुँदैन, जसको सत्य छ, जसमा धर्म छ र जो पवित्र छ, त्यो मात्र ब्राह्मण हुन्छ भन्ने बुझिएको थियो। बुद्धको प्रचार गर्ने पाँच भिक्षु ब्राह्मण परिवारका थिए। बुद्धजस्तै सत्यको खोजीमा गृहत्याग गरेका थिए। वर्ण विभाजनको आधार ऋग्वेद पुरुष सूक्तमा उल्लेख छ। विद्वान जनकलाल शर्माका अनुसार वैदिक साहित्यमा वर्ण रंगको अर्थमा प्रयुक्त भएको छ। पौरस्त्य दर्शनमा मानव समाज, ज्ञान र विज्ञान, जीवनका कर्तव्य, व्यक्तित्व विकासका आधारमा चारवर्गमा विभाजन गर्ने परम्परा रहेको देख्न पाइन्छ।
सवर्ण, असवर्ण, व्रात्य र वर्णको रुपान्तरण हेर्दा सुरुमा केवल एक वर्ण थियो। संस्कार नलिने असवर्ण र संस्कार लिने सवर्ण थिए। ब्राह्मणबाट क्षत्रीय र वैश्य वर्ण बने। म्याक्समुलरका अनुसार ब्रह्मचर्य आश्रम सबैलाई अनिवार्य थियो। जसले ब्रह्मचर्याश्रम पूरा नगरी अन्य आश्रममा गए तिनीहरू परित्यक्त भए। वर्णका परित्यक्तहरू व्रात्य कहलाइए। निश्चित यज्ञकर्म गरेपछि आ-आफ्नो वर्णमा फर्कन पाउँथे।
कर्तव्यच्यूतहरूलाई नै वर्णच्युत गराइएको थियो। कुनै-कुनै स्थानमा वर्णच्यूतहरूलाई पाँचौं वर्णको रुपमा समेत उल्लेख गरिएको छ। यो विभाजनको मुख्यकर्ता ब्राह्मणको ज्ञानबाट भएको थियो।
ब्राह्मणवादबाट बाहुनवाद
ब्राह्मण समाजको इतिहास प्राचीन वैदिक धर्मबाट आरम्भ हुन्छ। मनु-स्मृतिका अनुसार आर्यवर्त वैदिक व्यक्तिहरूको भूमि हो। ब्राह्मण व्यवहारको मुख्य स्रोत वेद हो तर ब्याख्या आफ्नो हुने गरेको देखिन्छ। ब्राह्मणका सबै सम्प्रदाय वेदबाट प्रेरणा लिन्छन। वेद अपौरुषेय वा कुनै पनि मानव र देवताले नलेखेको, अनादि र श्रुति हो। श्रवण हेतु मौखिक परम्पराको द्योतक हो। सूत्रकाल लगभग १००० ई.पू देखि २०० ई.पू'सम्म धार्मिक तथा सांस्कृतिक रीतिहरू एवम् व्यवहारमा विविधताको कारण, ब्राह्मण समाज विभिन्न उपजातिहरूमा विभाजित थियो र आजको विभाजन त्यसको कारण हो।
प्रतिष्ठित विद्वानहरूको नेतृत्वमा एकै वेदका विभिन्न नामहरूमा पृथक-पृथक शाखाहरू बन्न लागे। यी प्रतिष्ठित ऋषिहरूका शिक्षाहरूलाई सूत्र भनिन्छ। प्रत्येक वेदका आफ्नै सूत्र छन। सूत्र विभाजनको मुख्यकर्ता ब्राह्मणको ज्ञानबाट भएको थियो।
सामाजिक, नैतिक तथा शास्त्रानुकूल नियमहरूका सूत्रहरूलाई धर्म सूत्र भनिन्छ। आनुष्ठानिकहरूलाई श्रौत सूत्र तथा घरेलु विधिशास्त्रहरूको व्याख्या गर्नेलाई गृहशूत्र भनिन्छ।
ब्राह्मणका कर्तव्यहरूमा ‘यस अध्यापनम् अध्ययनम् यज्ञम् यज्ञानम् तथा। अध्यापनम् अध्ययनम् यज्ञम् यज्ञानम् तथा। दानम् प्रतिग्रहम् चैव ब्राह्मणानामकल्पयात। दानम् प्रतिग्रहम् चैव ब्राह्मणानामकल्पयात॥’ श्लोकबाट शिक्षण, अध्ययन, यज्ञ गर्ने, यज्ञ गराउने, दान लिने तथा दान दिने ब्राह्मणका ६ कर्तव्य भनिएको छ।
ब्राह्मण वर्णको परम्परा र संस्कारमा अन्य वर्णमा जस्तै ब्राह्मण वर्णमा गर्भाधान, पुंसवन, सीमन्तोन्नयन, सीमन्तोनयन, जन्मानुष्ठान, नामकरण (न्वारन), निष्क्रमण, अन्नप्रासन, चुडाकर्म, कर्णवेध, उपनयन अर्थात् यज्ञोपवित (व्रतवंध), वेदारम्भ, केशान्त अथवा गोदान, तथास्नान, समवर्तनम् वा विवाह, अन्त्येष्टि आदी सबै संस्कारहरू विधिपूर्वक सम्पन्न गराउने रहेको देखिन्छ। सबै संस्कार टपरीका माध्यमबाट हुने गरेको थियो। ब्राह्मणका कर्तव्यबाट बाहुन र ब्राह्मणवादबाट बाहुनवाद जन्म भयो। बाहुनले बाहुनवादबाट टपरीवादमा पदचाप गरेको देखिन्छ। टपरी निर्माण र भूमिकालाई बाहुनले प्रवृत्तिका रुपमा ग्रहण गरेपछि टपरीवादको जन्म भएको हो।
आर्य मूलअन्तर्गत पर्ने पूजाआजा, समाज सेवा र शिक्षा आर्जनमा रुची राख्ने ब्राह्मण जातिलाई नेपाली भाषाको जनजिब्रो शैलीमा बाहुन भनिन्छ। बाहुनहरूको विषेश चरित्र बाहुनवाद भयो। नेपाल भाषामा जुजु-बाजे (राजा बाजे) वा द्य: ब्राह्मण (देव ब्राह्मण) भनिन्छ। ब्राह्मणको अपभ्रंश भई नेपालीहरूमा बाहुन शब्द प्रचलित भएको हो। नेपाली बाहुनहरू खस जाति भारतको कस्मीरदेखि भुटानसम्मको हिमालयको दक्षिणी पाखोमा बस्ने जातिका हाँगा हुन। यसका मुनिको निरुक्त शास्त्रका अनुसार ब्राह्मण त्यो हो जो ब्रह्म अन्तिम सत्य, ईश्वर या परमज्ञानलाई जान्दछ। अतः ब्राह्मणको अर्थ ’ईश्वर ज्ञाता’ तर हिन्दू समाजमा एतिहासिक स्थिति यो छ कि पारम्परिक पूजारी तथा पण्डित नै ब्राह्मण हुन्छन।
आजकल धेरै ब्राह्मणहरू धर्म-निरपेक्ष व्यवसाय गर्छन् तथा उनीहरूको धार्मिक परम्परा उनीहरूको जीवनबाट लुप्त हुँदै गइरहेको छ। नेपाललाई राष्ट्रको रूपमा निर्माण, एकीकरण, आधुनिकीकरण र अन्तर्राष्टिय क्षेत्रमा नेपालको पहिचान बनाउन अन्य बर्गले कामले र बाहुनले ढाट र नक्कली योगदान गरेको छ। यो नै बाहुन चरित्र हो।
बाहुन चरित्रकै कारण बाहुनबाट शब्दको बढी प्रयोग दलित मुक्ति आन्दोलन, जातीय मुक्ति आन्दोलन र कतिपय अवस्थामा कम्युनिस्टहरूले समाजवादी आन्दोलनमा प्रयोग गरिएको पाइन्छ। बाहुन जाति वास्तवमा मागीखाने र ठगीखाने जात हो। तथ्य इतिहासमा बाहुनले आफैं काम गरिखान थालेको ५-७ दशकभन्दा बढी भएको छैन।
कृषिप्रधान देशमा बाहुनले हलो समाउनै नहुने भनेपछि कल्पना गर्नुहाेस् बाहुनले के गरेर पेट पाल्थ्यो होला र श्रम नगरेपछि बाहुनको बाँच्ने आधार भनेकै अर्काको शोषण थियो भन्नेमा दुई मत छैन।
बाहुनवाद भन्नाले पैसामा आस्था राख्ने, जातीय भेदभावमा विश्वास राख्ने, रुढीवादी एवम् कर्मकाण्डको वकालत गर्ने, नारी–पुरुषबीच भेदभाव गर्ने, राजा तथा नेताको वरिपरि रमाउने, स्वयंपाकेवाद एवम् परिवारभित्रै छुवाछुत गर्ने, विज्ञानलाई विरोध गरिहिँड्ने, अग्रगमणलाई विरोध गर्ने, जातीय स्वायत्तताको विरोध गर्ने आदि गलत विशेषता बोकेका मानिसलाई सम्झिनुपर्ने समय आयो। बाहुनवादको अन्त्य नै स्वच्छ समाज निर्माणको लागि मार्गनिर्देश बन्न सक्छ।
बाहुनवादको लुकामारीमा टपरीवाद
आफैँ मात्रै खाउँ। आफैं मात्रै लाउँ। सबै स्वार्थ आफैँमात्रै सिद्ध गरौँ। सबै नेतृत्वमा आफैँ मात्रै पुगौं। अरुको बारेमा पटक्कै नसोच्ने। आफू केन्द्रित आत्मकेन्द्रित जुन स्वार्थ सिद्ध गर्ने एउटा प्रवृत्ति हो, त्यो बाहुनवादको रुपमा बुझिन्छ। यो कुनै जाति, भाषा, धर्म, संस्कृतिलाई इङ्गित गर्दैन। आफूबाहेक अरु कसैको भलो नचिताउने, आफैंमात्रै स्वार्थ सिद्ध गर्ने प्रवृत्तिलाई टपरीवादका रुपमा बुझ्न सकिन्छ। बाहुन संस्कारको समग्र रुपलाई गणेशमानले बुझेरै विपीलाई ‘बाहुनवाद’ भनेका थिए।
डोरबहादुर बिष्टले प्रयोग गरेको ’बाहुनवाद’ले लामो समय पश्चिमा समाजशास्त्रिसित संगत गरिसकेपछि जानेको ज्ञान मुताविक नेपाली समाजको व्यवस्थित अध्ययनपछि निकालेको निचोड थियो।
राजनीतिमा बाहुनवादलाई प्रवेश गराउने श्रेय गणेशमानलाई दिन उपयुक्त मानिन्छ। जब गिरिजाप्रसादले नातावाद, कृपावाद र चाकडी प्रथालाई प्रश्रय दिएर गणेशमानलगायत तत्कालीन कांग्रेसका त्यागी नेता कार्यकर्तालाई पाखा लगाउन थाले, तब गणेशमानले ठाडै बाहुनवादको आरोप लगाए।
त्यसपछि यो मुद्दा राजनीतिको केन्द्रमै घुस्यो र बिस्तारै तल्लो तहसम्म नै फैलिँदै गयो। आज आएर ‘बाहुनवाद’ समस्या होइन भनेर प्रतिवाद नै गर्न नसकिने विन्दुमा पुग्यो। जब बाहुनवादमाथि चौतर्फी आलोचना र बिरोधको ओइरो लाग्यो, यसलाई बाहुन समुदायले सशक्त प्रतिकार गर्न सुरु गरे। यो नै टपरीवादको आवाज बोल्ने मैना भएको छ।
यसरी सुरुवातमा बाहुनको नेतृत्वमा रहेको सामाजिक जड संरचना र त्यसले ल्याएको बिकृतिको विश्लेषण गर्दै उठान गरिएको यो मुद्दा हाल राजनीतिक हतियारको रुपमा बाहुन उच्चता वा बाहुन-सर्वसत्तावाद कायम गर्ने वा ध्वस्त पार्ने भन्नेतिर फर्किएको छ।
केही समय अगाडिसम्म यो हतियारलाई जनजातीका प्रवक्ताहरूले बाहुन-सर्वसत्तावादको बिरोधमा सशक्त प्रयोग गरे। तर, अहिले आएर बाहुन सर्व-सत्तावादको बिरोध गर्न बाहुन नै अघि सर्ने, बाहुनवादी मेडियामा छाउने र बाहुनवादको प्रखर बिरोधी भई टोपल्ने प्रक्रिया धमाधम सुरु भएको छ। कहिले बाहुनले बाहुनवाद च्याप्ने र कहिले बाहुनवादको ओंठे बिरोध गरी टोपल्ने एक किसिमको लुकामारी खेलमा टपरीसरह टपरीवाद देखिएको छ। बाहुनको सर्वसत्तावादलाई बोकेर हिँड्ने टपरीवादी नै हुन। जसले नेपालको सत्तामा लामो समय हालीमुहाली गरे तर देश कङ्गाल पारे।
यो देश सतिले सरापेको देश होइन, टपरीवादले बिगारेको हो। बाहुनले बिगारेर उभो लाग्न नसकेको देश हो। टपरीवादमा खुरापातीको गुटबन्दीको झ्याल र चाल छ। खुराफाती र गुटबन्दीको इतिहास वर्ण व्यवस्थाको सुरुवातसँगै भएको हो। राजाविरुद्ध उनकै भाइहरूलाई उक्साउने, रानीहरूका बिचमा बैमन्यस्यता सिर्जना गर्ने, राजकुमारहरूलाई विष खुवाई मार्न लगाउने र शासकलाई खुसी पार्न आफ्नै छोरी-भाञ्जी भोगविलासका लागि सुम्पने, सरकारमा गएको बेला राजालाई पदच्युत गराउने र आफ्नो स्वार्थ पूरा गर्ने एउटा संस्कार बस्यो।
त्यसो गर्ने सबै गुरुपुरोहित नामका टपरीवालाहरू नै थिए। शाहकालका बहादुर शाहसम्मको इतिहासमा निरन्तर युद्धको कारणले गुटबन्दी ओझेल परेतापनि रणबहादर शाहको कालदेखि पुन: खुरापाती सुरु भयो। त्यो विशेष जाति राज्यको राज्यको मूल मुद्दालाई छोडेर शक्ति, भक्ति र सत्ताको खेलमा लागिरह्यो।
आज पनि तिनकै सन्तानहरू यथास्थितिमा शक्ति, भक्ति र सत्ताकै खेलमा टपरीवालहरू लागिरहेका छन्। संविधान बनाउन धेरै वर्ष गुज्रिसक्दा पनि अधिकांश समय सत्ता परिवर्तन र शक्ति प्राप्त गर्नेमै बितिरहेको थियो।
संविधान लेखनको कुराभन्दा मन्त्री, प्रधानमन्त्रीको बन्ने खेल र दाउपेचमै समय गुमिरहेको थियो। त्यो बाहुनको गुटबन्दी र खुरापातीमा टपरीवाद नै हावी थियो। खुराफाती टपरेको टपरीवादकै कारणले मुलुक अब जातीय द्वन्द्धमा फस्न लागेको छ। तिनै बाहुनवाद अनि टपरीवादका कुरै कुराको जञ्जालमा मुलुक बर्बादीतिर धकेलिएको छ।
टपरीवाद अन्त्यको आव्हान
चाहे वेद होस, चाहे वर्ण। चाहे जात होस, चाहे समाज, सधैं विभाजन गरी आफूलाई सधैं र सबै पक्षबाट केन्द्रमा राखीराख्ने चरित्र ब्राह्मणवाद, बाहुनवाद र टपरीवादमा रहिआएको देखिन्छ। यही चरित्रबाट जन्मेको हुर्केको र बढेको टपरीवादले पैसका लागि जुनसुकै हर्कत गर्न पनि पछि नपर्ने जातको रुपमा रहेको छ। कुरामात्र गर्ने र काम नगर्ने ठग, जाली, नक्कली प्रवृत्ति टपरीवादमा छ।
नेपाली राजनीतिमा यस जातिको र यो चरित्रको विषेश योगदान छ। लोभी हुनुका कारण विकाउ तथा ढाट विधिमा टपरीवाद सक्रिय हुन्छ। टपरीवादी कार्यालय प्रमुख भएको कार्यालय हेर्दा नै सबै तथ्य थाहा हुन्छ। टपरीवाद मुख चलाउने तर हात नचलाउने, आफ्नो फाइदाका लागी र अर्कोलाई समाप्त गर्ने, सामन्तवाद, पुँजीवाद र विस्तारवादको चाकडी, चाप्लुसी, दलाली र खरिद-बिक्री विधिमार्फत् राज्यसत्तामा समाहित भई आफू नवसामन्तवाद, नवपुँजीवाद, नवविस्तारवाद, आत्मसमर्पणवाद, लम्पसारवाद र कठपुतलीको साधन बनेर देशको हित, सुरक्षा र स्वाभिमानको विरुद्ध कण्ठमुल्लाबादी, रशमुल्लाबादी, रोमान्सवादी, अवसरवादी विचार, संगति र कार्य हो।
टपरीवाद लोभ, स्वार्थ, रिस, डाह, द्दैष र कुल्षित भावनाको रसानिक पुन:उत्पादित हो। फाइदाका निमित्त पाइजामावादी विचार बोकेको प्रवृत्ति, स्वभाव र हर्कत हो। टपरीवाद कामचोर, कमिसनखोर, प्रतिशोधी, पूर्वाग्रही, अन्यायी, अत्याचारी, जालसाझी, किर्ते, नक्कली र अपराधी हुन्छ। यसको अन्त्यबिना देश बन्दैन।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया