एमाले उम्मेदवारले भने– काजु नेतासँग लड्ने मेराे नैतिकताले दिएन

तस्बिर: वडाध्यक्षमा निर्वाचित काजु र उम्मेदवारी फिर्ता लिएका रोकाकाे प्रेस विज्ञप्ति
तस्बिर: वडाध्यक्षमा निर्वाचित काजु र उम्मेदवारी फिर्ता लिएका रोकाकाे प्रेस विज्ञप्ति

नेकपा एमालेबाट रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ काे अध्यक्षमा उम्मेदवारी दिएर फिर्ता लिएका जीवन राेकाले माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती (काजु)सँग प्रतिस्पर्धा गर्न नैतिकताले पनि नदिएको बताएका छन्। 

उम्मेदवारी फिर्तापछि उनले प्रेसविज्ञप्ति जारी गर्दै काजु पुरानाे नेता स्थापित नेता, सबैकाे अभिभावक भएकाले आफ्नो नैतिकताले प्रतिस्पर्धा गर्न नदिएकाे रोकाले बताएका छन्। 

‘हाम्रो वडाकाे समग्र विकास र जनभावनाकाे सम्बाेधन गर्न सक्ने निर्विकल्प समाजसेवी नेतासँग निर्वाचनमा प्रतिस्पर्धा गर्न मेराे राजनीतिक सामाजिक र नैतिक दृष्टिले पनि उपयुक्न नभएकाले मैले उम्मेदवारी फिर्ता लिएकाे छु’,उनले विज्ञप्तिमार्फत भनेका छन्। 

वडा नम्बर २ मा काँग्रेस–एमाले गठबन्धनबाट उम्मेदवार भएका रोका र स्वतन्त्र उम्मेदवार शुक्रराज विकले उम्मेदवारी फिर्ता लिएपछि माओवादीका उम्मेदवार काजु निर्विराेध वडाध्यक्ष बनेका छन्। 

यही मंसिर १६ गते रुकुम पूर्वसहित देशका वभिन्न जिल्लाका स्थानीय तहमा ४२ पदका लागि उपनिर्वाचन हुँदैछ। 

विज्ञप्ति–

प्रकाशित मिति: : 2024-11-20 13:51:00

प्रतिकृया दिनुहोस्