न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
बिएल संवाददाता
तिहारको पहिलो दिन आज काग तिहार मनाइँदैछ।
धार्मिक मान्यता अनुसार यमराजको सन्देश वाहकको रुपमा मानिएको कागलाई यमदूतकै रुपमा लिई पूजा अर्चना गरेर चोखो खानेकुरा दिने गरिन्छ।
अन्नबालीमा लाग्ने किरा फट्याङ्ग्रा खाइदिने कागलाई कागलाई सन्देश प्रवाहक प्राणीको रुपमा लिइन्छ। काग कराउँदा सन्देश दिएकाे प्रचलन नेपाली समाजमा अझै पनि कायम नै छ।
यस दिन कागलाई खान नदिईकन आफूले खाएमा पापको भागी भइने र खानेकुरा दिएर कागलाई प्रशन्न गराए यमदण्डरुपी संकटबाट मूक्ति हुने धार्मिक मान्यता छ। त्यसैले काग तिहारमा कागलाई घरआँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ।
यस दिनमा विहानैदेखि कागको पूजा गरिन्छ, घरबाहिर पात या दुना टपरीमा विभिन्न खाना राखेर कागलाई खान दिइन्छ।
कागको पूजाआजा गर्दै आँउदो वर्षभरि कागले आफ्नो घरआगनमा राम्रो र सुखद खबरमात्रै ल्याओस भनेर कामना गरिन्छ। र, वर्षभरि आफ्नो घरमा दुःखद सन्देश ल्याँउदैन भन्ने विश्वास रहेको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया