‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
मन्दिरा अधिकारी
साेमबार काठमाडाैंकाे तारकेश्वर नगरपालिका– २ पदमसालमा एकै परिवारका चार जनाको शव वीभत्स अवस्थामा भेटियाे।
गोरखाको भीमसेन थापा गाउँपालिका– ६ अश्राङ स्थायी घर भई विगत चार वर्षदेखि काभ्रेस्थली बस्दै आएका दिनेश पाण्डे, उनकी पत्नी सुनीता काप्री (पाण्डे), ११ वर्षका छोरी आशिका र ७ वर्षकी छोरा आशिकको शव एउटा कोठामा भेटिएको हाे।
आशिक काभ्रेस्थलीकाै युनाइटेड स्कुलमा पढ्थे भने छोरी आशिका आर्मी स्कुलमा पढ्ने गर्थिन्। सधैँझै सोमबार पनि आशिकालाई लिन आर्मी स्कुलको गाडी घर अगाडि आयाे। तर, उनी बाहिर आइनन्। नजिकै घर भएका साथीले बोलाउँदा पनि काेही नबाेलेपछि स्थानीय भेला भएका थिए।
करिब १२ वर्ष वैदेशिक रोजगारीका सिलसिलामा कुवेत बसेर साढे ४ वर्षअघि नेपाल फर्किएका थिए, दिनेश तर सुनिता भने दुई दिनपछि बेलायत उड्ने तयारीमा थिइन्। तर, उनकाे सपना अधुराै रह्याे। उनकाे सपना उनीसँगै मरेर गयाे।
स्थानीयवासीका अनुसार दिनेश र सुनिताबीच पछिल्लो समय पारिवारिक विवाद हुने गरेको थियो। उनीहरूले मिलाउने प्नयास पनि गरेका थिए तर उक्त विषय प्रहरी समक्ष पुगेकाे थियाे। तर, विवाद नमिलेपछि दिनेशले सम्बन्धविच्छेद मागेका थिए। तर, सुनिताले भने छोराछोरीका लागि भए पनि सम्बन्धविच्छेद नगर्ने बताएकी थिइन्।
घरमा विवाद चलिरहेकाै थियाे, यसै क्रममा दिनेशले घर बेच्न खोजे तर सुनिताले मानिनन्। जसले गर्दा विवाद झन् उग्र बन्याे। घर बेच्ने कुरा नमिलेपछि श्रीमतीलाई थाहै नदिई दिनेशले घर बेच्न १० लाख बैना गरे। र, सोही घर धितो राखेर बैंकबाट १८ लाख ऋण पनि लिए।
उनीले पारिवारिक विवादलाई वेवास्ता गर्दै बेलायतको सिजनल भिसाका लागि निवेदन दिएकी थिइन्, उनको भिसा पनि आयो यसकाै लागि उनले चलाउदै आएकाे फेन्सी पसल बेचिन् र सहकारीमा राखेको रकम झिकेर खाता बन्द गरिन्। उनी दुईपछि बेलायत जाने तयारीमा थिइन्, तर बेलायत जाने तयारी हुँदै गर्दा परिवार नै सखाप बन्न पुग्याे।
घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेकाे छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया