बिएल संवाददाता
नेकपा एमालेका नेता ऐन महरद्वारा पीडित भनिएकी एक महिलाले उच्च अदालत पाटन परिसरमा आत्मदाहकाे प्रयास गरेकी छिन्।
ऐन महरलाई पक्राउ गर्न माग गर्दै उनले शरीरमा पेट्राेल छर्किएर आत्मदाहकाे प्रयास गरेकी हुन्।
ऐन महर यौन प्रकरणमा मुछिएका थिए। पार्टीप्रति शुभेच्छा राख्ने एक महिलालाई ‘सेक्स्यूअल ह्यारेसमेन्ट’ गरेको महरमाथि आरोप लागेकाे थियो।
उक्त प्रकरणमा महरलाई पक्राउ गरेर छानबिन गर्नुपर्ने माग गर्दै ती महिलाले उच्च अदालतमा मुद्दा दर्ता गरेकी थिइन्।
करिब वर्षदिन देखि उक्त मुद्धा पेशी चढ्दै स्थगित हुने गरेको थियो। बुधबार फेरि फेशी चढेको मुद्धा स्थगित नहोस् भन्ने दबाब दिन पाटन पुगेकी ती महिलाले आत्मदाहको प्रयास गरेकी हुन्।
पीडित पक्षले सत्ताकाे आडमा महरलाई अनुसन्धानमा नलिइएको र पीडितलाई थप पीडा दिने गरेको बताएको छ। वर्षदिन देखि महरमाथि छानबिन नभएर उल्टै ती महिलामाथि विभिन्न आरोप लगाउँदै पक्राउ पूर्जीसमेत जारी भएपछि उनले आत्म दाहको प्रयास गरेकी हुन्।
विवाहको प्रलोभन देखाएर महरले यौन शाेषण गरेको ती महिलाको आरोप छ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यस विषयमा थाहा भए पनि उनी नै बचाउन लागेको पीडित पक्षको भनाइ छ।
यद्यपि यौन शोषणको आरोपपछि एमालेले महरलाई केही समय केन्द्रीय सदस्यबाट निलम्बित गरेको थियो। पछि एमाले महासचिव शंकर पाेखरेलकाे दबाबमा कारबाही फुकुवा गरिएकाे स्रोत बताउँछ।
.jpg)

अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया