बिएल संवाददाता
नेकपा एमालेका नेता ऐन महरद्वारा पीडित भनिएकी एक महिलाले उच्च अदालत पाटन परिसरमा आत्मदाहकाे प्रयास गरेकी छिन्।
ऐन महरलाई पक्राउ गर्न माग गर्दै उनले शरीरमा पेट्राेल छर्किएर आत्मदाहकाे प्रयास गरेकी हुन्।
ऐन महर यौन प्रकरणमा मुछिएका थिए। पार्टीप्रति शुभेच्छा राख्ने एक महिलालाई ‘सेक्स्यूअल ह्यारेसमेन्ट’ गरेको महरमाथि आरोप लागेकाे थियो।
उक्त प्रकरणमा महरलाई पक्राउ गरेर छानबिन गर्नुपर्ने माग गर्दै ती महिलाले उच्च अदालतमा मुद्दा दर्ता गरेकी थिइन्।
करिब वर्षदिन देखि उक्त मुद्धा पेशी चढ्दै स्थगित हुने गरेको थियो। बुधबार फेरि फेशी चढेको मुद्धा स्थगित नहोस् भन्ने दबाब दिन पाटन पुगेकी ती महिलाले आत्मदाहको प्रयास गरेकी हुन्।
पीडित पक्षले सत्ताकाे आडमा महरलाई अनुसन्धानमा नलिइएको र पीडितलाई थप पीडा दिने गरेको बताएको छ। वर्षदिन देखि महरमाथि छानबिन नभएर उल्टै ती महिलामाथि विभिन्न आरोप लगाउँदै पक्राउ पूर्जीसमेत जारी भएपछि उनले आत्म दाहको प्रयास गरेकी हुन्।
विवाहको प्रलोभन देखाएर महरले यौन शाेषण गरेको ती महिलाको आरोप छ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यस विषयमा थाहा भए पनि उनी नै बचाउन लागेको पीडित पक्षको भनाइ छ।
यद्यपि यौन शोषणको आरोपपछि एमालेले महरलाई केही समय केन्द्रीय सदस्यबाट निलम्बित गरेको थियो। पछि एमाले महासचिव शंकर पाेखरेलकाे दबाबमा कारबाही फुकुवा गरिएकाे स्रोत बताउँछ।
.jpg)

यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया