संविधानमै राज्यकाे नीतिले भन्छ अल्पसंख्यक समुदायकाे पहिचान कायम गर्न विशेष व्यवस्था गरिने छ तर पहिचान मेटिसकेकाे अल्पसंख्यक कुसुन्डा समुदाय राज्यकाे उपक्षामा पर्दा अहिले अस्तित्व नामेट हुने अवस्थामा गुज्रिरहेका छन्।
दाङ घाेराही-लमही सडकखण्डकाे एक छेउमा वर्षौंदेखि बसिरहेछ, कुलमाेहर गाउँ। लमही नगरपालिका-६ मा पर्ने कुलमाेहर घरहरूले भरीभराउ छ। किराना पसलदेखि खाजा पसलसम्म मानिसकाे चहलपल छ, जसरी छेवैकाे सडकमा हतारमा गुड्ने सवारीसाधन दौडिरहेका हुन्छन्।
तर यही कुलमाेहरमा ६ वर्षदेखि एउटा घर भने सुनसान छ। घरमा काेही त छ, तर जसरी ज्ञानीमैया कुसुन्डा हुने समयमा चहलपहल हुन्थ्याे त्यसरी चहलपहल छैन। ज्ञानीमैयाकाे ६ वर्षअघि ११ माघ २०७६ मा ८२ वर्षकाे उमेरमा मृत्यु भएसँगै घरमा हुने चहलपहल ठप्प छ। उनकाे मृत्युअघि उनी बस्ने यस कुलमाेहर घरमा कुसुन्डा समुदायकाबारेमा बुझ्न आउनेकाे राम्रै चहलपहल हुन्थ्याे। किनकी कुसुन्डा समुदायकाबारेमा जान्ने उनी मात्र थिइन्।
उनकाे मृत्युपछि कुसुन्डा समुदायकाबारेमा जान्ने र भन्ने काेही छैन। जसले कुलमाेहर घरमा हुने चहलपहल पनि राेकिएकाे हाे। अहिले कुलमाेहर घरमा ज्ञानीमैयाका बुहारी नातिनातिना बस्छन्। भएकाे एक छाेराकाे ज्ञानीमैया भन्दाअघि नै करेन्ट लागेर मृत्यु भएकाे थियाे। छाेराबुहारी पनि कुसुन्डा जातिका नभएर मगर जातिका हुन्। ज्ञानीमैयाले मगरसँग विवाह गरेकी थिइन्। जसबाट जन्मिएका छाेरा नातिनातिनालाई कुसुन्डा समुदायकाबारेमा जानकारी हुने भएन।
कुसुन्डा समुदायकाेबारेमा जसलाई ज्ञान थियाे, उनै ज्ञानीमैयाकाे मृत्युसँगै कुलमाेहरबाट कुसुन्डा समुदायकाे अस्तित्व पनि नामेट भएकाे छ। कुलमाेहरबाट मात्र हाेइन, लमही नगरपालिकामै कुसुन्डा समुदायकाे अस्तित्व भेटिदैनन्। लमही नगरपालिकाभित्र बस्ने कुसुन्डा मध्येमा उनी एक मात्र थिइन्। उनले कुसुन्डा समुदायलाई एक ठाउँमा बसाउने, लाेप भएकाे भाषा, संस्कार, संस्कृत सिकाउने सपना पूरा नहुँदै संसार छाडिन्।
०००
देशमै धेरै कुसुन्डा जातिकाे बसाेबास दाङमा छ। जसमध्ये दाङकाे लमहीमा त कुसुन्डा जातिकाे अस्तित्व मेटिनै गएकाे छ। घाेराही, तुलसीपुर लगायत पालिकामा अहिले पनि कसुन्डा जातिकाे निकै न्यून संख्यामा बसाेबास छ। कुसुन्डा जातिकाे बसाेबास रहेकाे मध्ये घाेराही-१८ सुपैलाखुटी गाउँ एक हाे। जहाँ ३ घर परिवारकाे बसाेबास छ। उनीहरू ज्ञानीमैयाकै भदैहरू (दाइभाइका छाेराहरू) पर्दछन्।
सुपैलाखुटीमा पनि कुलमाेहरमा जस्तै कुसुन्डा समुदायकाे अस्तित्व संकटमा छ। कार्तिक १ गते बिएल नेपाली सेवाकाे टीम यहाँ पुग्दा एक घरमा मात्र कुसुन्डा जातिकाे बसाेबास भएकाे पाइयाे। बाँकी दुई घरमा ताला लगाइएकाे छ। ताला लागेकाे घरमध्ये एक घर नेपाल कुसुन्डा विकास समाजका अध्यक्ष धनबहादुर कुसुन्डाकाे हाे।
उनी हाल घरपरिवारसहित नजिकै (करिब ५ किमी तल) घाेराही बजारमा काेठा भाडामा बस्ने गरेका छन्। अटाे रिक्सा चलाएर घरपरिवार चलाउँदै आएका धनबहादुर जीविकाेपार्जनका लागि सुपैलाखुटी छाडेका हुन्। कहिलेकाँही सुपैलाकुटीमा बस्ने गरेकाे भए पनि राेजगारीका लागि घाेराहीमा बस्नुपर्ने बाध्यता रहेकाे धनबहादुरले बताए।
उनी जस्तै सुपैलाखुटीमा अर्का एक परिवारले पनि गाउँ छाडेकाे छ। उनीहरू पनि राेजगारी खाेज्दै घर-गाउँ छाड्न छाड्न बाध्य भएकाे धनबहादुरले बताए। सुपैलाखुटीमा धनबहादुरका भाइ सालिग्राम कुसुन्डाकाे परिवार मात्र बस्दै आएकाे छ। उनीहरूले पनि एकपछि अर्काे गर्दै घर छाड्नुपर्ने बाध्यतामा छन्। सालिग्रामका एक छाेराले राेजगारी खाेज्दै सुपैलाखुटी छाडेर काेठा भाडा लिएर घाेराहीमा बसेका छन्।
सुपैलाकुटीमा जमिनकाे नाममा घर बसेकाे मात्र जमिन हाे। खेति गरेर खानका लागि एक टुक्रा पनि जमिन नभएपछि सबै विस्तापित हुने अवस्था आएकाे धनबहादुरले बताए। ‘राेजगारी छैन। हाम्राे समुदायकाे एक जनाले पनि कतै जागिर पाएकाे छैन। अनि सबै राेजगारी खाेज्दै बिस्तापित हुनुपर्ने अवस्था भएकाे छ’, धनबहादुरले भने।
सुपैलाखुटी गाउँ देशभर रहेका लाेपउन्मुख कुसुन्डा समुदायलाई एकीकृत रूपमा बसाउन खाेजीएकाे गाउँ पनि हाे। माघ २०८० मा यस गाउँमा एकीकृत रूपमा बस्नका लागि कुसुन्डा समुदायका व्यक्तिहरूले सहमति पनि जनाएका थिए। जुन सहमतिमा घाेराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीकाे पनि सहभागिता थियाे। त्यस समयमा उनले कुसुन्डा समुदायलाई एकीकृत रूपमा बसाउन आफूहरू तयार रहेकाे बताएकी थिइन्।
तर सुपैलाखुटीमा कुसुन्डा समुदायकाे एकीकृत रूपमा बसाेबास त हुन सकेकाे छैन नै भएका बस्तीहरू पनि हराउँदै गएका छन्।
वनबाट बस्ती पसे, पहिचान मेटियाे, अहिले जाति नै संकटमा
वन राजाका रूपमा रहेकाे कुसुन्डा जाति समुदायमा बस्न थालेकाे धेरै भएकाे छैन। स्वर्गीय ज्ञानीमैया कुसुन्डासमेत ९-१० वर्षकाे उमेरसम्म वनमै जीवन बिताएकी हुन्। समुदायका मान्छेकाे जंगलमाथि अतिक्रमण बढ्न थालेपछि उनकाे बुबा पुस्ता सुरक्षा खाेज्दै समुदायमा बस्न थालेका हुन्।
विशेष गरेर गुल्मी, अर्घाखाँचीबाट कुसुन्डा समुदाय अन्य जिल्लामा पुगेकाे बताइन्छ। जङ्गलबाट समुदायमा बस्न थालेकाे सताब्दी नपुग्दै यस समुदायकाे पहिचान मेटिसकेकाे छ। संस्कार संस्कृति, भाषा हराइसकेकाे छ। आफ्नै घरमा भाषा जानेकी ज्ञानीमैया र कमला कुसुन्डा मात्र यस समुदायमा थिए। जसमा ज्ञानीमैयाकाे मृत्यु भएसँगै अब कमला कुसुन्डा मात्र भाषाकाे ज्ञान भएकी एक मात्र हुन्।
पछिल्लाे समय भाषा सिकाउँदा यस समुदायका २० जना बढीले भाषा जान्ने भएका छन्। तर एकीकृत रूपमा कुसुन्डा समुदायकाे बसाेबास नहुँदा सिकेकाे भाषा पनि बिर्सने अवस्था रहेकाे छ। ‘भाषा त सिकाइएकाे छ। तर हामी एकै ठाउँमा नहुँदा भाषा बाेल्ने अभ्यास भएकाे छैन। यसले सिकेकै भाषा पनि बिर्सने अवस्था रहेकाे छ’, नेपाल कुसुन्डा विकास समाजका अध्यक्ष धनबहादुरले भने।
उनले एकीकृत बस्ती बसाउनका लागि सरकार उदासिन भएकाे बताए। ‘कुसुन्डा समुदायकाे संरक्षणका लागि हामीले एकीकृत बस्ती माग गरेकाे एक दशक बढी भइसक्याे’, उनले भने, ‘तर सरकारले आश्वसनमात्र बाँड्याे एकीकृत बस्तीमा बसाएन।’ एकीकृत बस्ती नहुँदा उनीहरूकाे अस्तित्व नै संकटमा पुगेकाे छ नै आफ्नाे हकअधिकारका लागि बाेल्नसमेत यस समुदायलाई समस्या छ।
राष्ट्रिय जनगणना २०७८ काे तथ्याङ्कअनुसार कुसुन्डा समुदाय देशभर २५३ जना मात्र छन्। याे जनसंख्या पछिल्लाे १० वर्षमा घटेकाे हाे। जनगणना २०६८अनुसार नेपालमा कुसुन्डा समुदायकाे कुल संख्या २७३ थियाे। १० वर्षमा कुसुन्डा जातिकाे संख्या २० जना घटेकाे तथ्याङ्कले देखाउँछ।
कुसुन्डा विकास समाजका अध्यक्ष धनबहादुर याे संख्यालाई सही मान्दैनन्। उनले देशभर कुसुन्डा जातिकाे संख्या १७० जना मात्र रहेकाे बताए। ‘देशभर कुसुन्डा जाति भनेकाे १७० जना मात्र हाे। याे पनि बढेकाे संख्या हाे। केही वर्ष पहिले १५८ मात्र थियाे। जनगणनामा जुन तथ्याङ्क देखाइएकाे छ, त्याे गलत हाे’, उनले भने।
धनबहादुरले सरकारकाे यस्तै उदासिनता रहि रहे कुसुन्डा जाति लाेप भएर जाने अवस्थामा रहेकाे बताए। ‘आज राेजगारी खाेज्दै गाउँबाट सहर पस्छ। भाेलि विदेश पस्छ। काेही फर्किन्छ। काेही फर्किँदैन’, उनले भने, ‘यसरी एकपछि अर्काे गर्दै कुसुन्डा समुदायकाे अस्तित्व नै लाेप पाएर जाने देखिन्छ।’
नेपालमा कति कुसुन्डा जाति थिए भन्ने आधिकारिक लिपीहरू छैन। सन् १८५७ मा ब्राइन एच हज्सनले प्रकाशित गरेकाे एक रिपाेर्टअनुसार कुसुन्डा जाति मध्यमाञ्चलकाे घना जंगलबीच र उपत्यकाकाे पश्चिमतिर थाेरै संख्यामा भेटिएकाे भनिएकाे छ। जसमा कति संख्या हाे खुलाइएकाे छैन।
यसअर्थ पहिले पनि याे जातिकाे संख्या धेरै थिएन। भएकाे संख्या पनि सेवा सुविधा खाेज्दै भारतसँगै तेस्राे मुलुक पस्दा लाेप हुने अवस्थामा पुगेकाे धनबहादुर बताउँछन्। ‘काेही अहिले पनि भारतकाे विभिन्न ठाउँमा भेटिन्छन्, उनीहरू यहाँ आउँदैनन्’, उनले भने, ‘नेपालमा राेजगारी र उचित रूपमा बसाेबासकाे व्यवस्था भएन भने हामी यहाँ भएका पनि विस्तापित हुँदै भाग्नुपर्ने अवस्था छ।’
हाल नेपालमा कुसुन्डा समुदायकाे बसाेबास दाङमा सबैभन्दा धेरै रहेकाे छ। घाेराही १८ सुपैलाखुटीमा २, अखबरेमा २, अम्बापुर (काेठाभाडा)मा १ घर छ्न्। घाेराहीकाे नैनवारमा १ घर, झक्रेडाँडा (हाल भारत)मा १ घर छन्। तुलसीपुरकाे खाद्रेमा ३, राजपुरकाे गाउँपालिकाकाे भित्रिसिक्टामा ३, गढवा गाउँपालिका डगमरा नाकामा १ घर, पत्रिङ्गामा १ घर रहेकाे धनबहादुरले बताए।
यस्तै उनकाअनुसार राेल्पामा १ घर, प्युठानकाे तीन ठाउँ सरूमारानी, ऐरावती र स्वर्गद्वारीमा गरी ३ घर, सुर्खेतमा ४ घर, तनहुँमा १ घर, गाेरखामा २ घर, कपिलवस्तुमा १ घर, अर्घाखाँचीकाे नरपानी (हाल भारत)मा १ घर रहेका छन्।
राज्यकाे नीति छ, नियत भइदिएन
संविधानमै राज्यले गर्नुपर्ने महत्वपूर्ण नीतहरूकाे व्यवस्था गरिएकाे छ। संविधानकाे धारा ५१मा व्यवस्था गरिएका १३ वटा नीतमध्येमा सामाजिक न्याय र समावेशीकरण सम्बन्धि नीति ‘ञ’ नम्बरमा व्यवस्था गरिएकाे छ।
जसकाे ८ नम्बर बुँदामा आदिवासी जनजातिको पहिचान सहित सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न अवसर तथा लाभका लागि विशेष व्यवस्था गर्दै यस समुदायसँग सरोकार राख्ने निर्णयहरूमा सहभागी गराउने तथा आदिवासी जनजाति र स्थानीय समुदायको परम्परागत ज्ञान, सीप, संस्कृति, सामाजिक परम्परा र अनुभवलाई संरक्षण र संवर्धन गर्ने भनिएकाे छ। तर जुन आदिवासी कुसुन्डा जाति छ्न्, उनीहरूले माग गर्दै आइरहेकाे एकीकृत बस्तीका विषयमा राज्यले वास्ता गरेकाे छ।
यी कुसुन्डा आदिवासीकाे ज्ञान, सीप, संस्कृति, सामाजिक परम्परा र अनुभवलाई संरक्षण र संवर्धन गर्न त राज्य चुक्दा अहिले उनीहरूले सबै गुमाउनु परेकाे छ।
यस्तै साेही व्यवस्थाकाे ‘९’ नम्बर बुँदामा अल्पसंख्यक समुदायलाई आफ्नो पहिचान कायम राखी सामाजिक र सांस्कृतिक अधिकार प्रयोगको अवसर तथा लाभका लागि विशेष व्यवस्था गर्ने भनिएकाे छ। सरकारले पनि हरेक वर्षमा ल्याउने बजेट तथा कार्यक्रममा यी विषय समावेश पनि हुने गरेकाे हुन्छ तर लाेपउन्मुख समुदाय कुसुन्डा समुदायप्रति सरकारले देखाएकाे उदारताले याे समुदाय संकटतर्फ धकेलिरहेकाे छ।
कुसुन्डा जाति नेपालमा रहेका जातजातिमध्ये पृथक छ। यस जातिसँग विश्वमा कसैसँग पनि नमिल्ने भाषा छ। बगेकाे पानी नखाने, मुलकाे पानी मात्र खाने, दुध, दही नखाने जस्ता परम्परा यस जातिका विशेषतामा पर्दछन्। तर अहिले यी सबै लाेप भएका छन्। सबै एकै ठाउँमा हुन सके हराएका परम्पराकाे संरक्षण हुने विश्वस व्यक्त गर्छन् अध्यक्ष धनबहादुर।
नामेट को अर्थ के हो? https://www.skultech.com